Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, July 29, 2014

यस्ता भएछन पुर्व युवराज पारस: दुब्लो अनुहार, लामो कपाल

पुर्व युवराज पारस शाह यसै साता काठमाडौं फर्कने चर्चा परिचर्चा छ । २ सय ४० बर्षे शाह बंशीय राजतन्त्रको अन्त्यसँगै मुलुक छाडेर बिदेशमा (कहिले सिंगापुर, कहिले थाइल्यान्ड) बस्दै आएका शाह दुई साता अघि गाजाँ बोकेको आरोपमा थाइलान्डमा पक्राउ परे । लगत्तै, उनी नेपाल आउने कुरा पनि सुरु भयो । पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व महारानी कोमल शाह नागार्जुन बस्न पुगेका छन भने बुहारी हिमानी महाराजगञ्जस्थित निर्मल निवासमा नै छिन, आफना लालाबालासहित ।
नेपाल फर्कने तयारी गरिरहेका पारस शाह गत सोमवार शिव मन्दिर पुगेर पुजापाठ र आराधान गरेको तस्विरहरु सार्वजनिक भएको छ । त्यो पनि एनआरएनका सुमन अधिकारीको फेसबुक पेजवाट । नेपाल फर्कने तयारीमा रहेका पारस शाहले फेरी पनि कपाल पालेको देखिन्छ भने निकै दुब्लो देखिएका शाहका पछिल्ला केही तस्विर तपाईका लागि पनि भनेर यहाँ राखेको छु । 

गैर आवसीय नेपाली संघका उपाध्यक्षसमेत रहेका अधिकारीले आफनो फेसबुक पेजमा लेखेका छन- श्री ५ युवराजाधिराज पारस वीर बिक्रम शाह देव सरकार हिजो बैंकक स्थित शिव मन्दिरमा सवारी होईबक्सी पवित्र श्रावण महिनाको सोमबार आराध्य देव भगवान् शिवमा जल चढाई बक्स्यो, साथै नेपाल र नेपाली को सुख शान्ति र समृद्धि को कामना सहित प्राथना गरिबक्स्यो।










1 comment: