Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, June 14, 2014

जेपी गुप्ता खेतपातीमा ब्यस्त, ६० रु.केजीमा बेसार बेचेर मस्त

खेतमा काम गर्दै पुर्व मन्त्री गुप्ता
जयप्रकाश प्रसाद गुप्ताका बारेमा धेरै पछि ब्लग लेख्न बसेको छु । भ्रष्टचारको आरोपमा जेल परे पछि मुलधारको राजनीतिवाट अलग भएका गुप्ता तराई मधेस राष्ट्रिय अभियानमा छन् भन्ने कुरा सबैलाई थाहा भएको नै बिषय हो तर पछिल्लो समयमा गुप्ता आफनो खेतीपातीमा पनि ब्यस्त छन भन्ने कुरा कमैलाई थाहा होला । भ्रष्टचारको आरोपमा जेल परेर रिहा भएका जेपी गुप्ताले जेलवाट छुटे लगत्तै भनेका थिए, 'राजनीति बाहेक म खेतीपातीमा पनि संलग्न हुनेछु' भनेका चाँही थिए । (यहाँ क्लिक गर्नुहोस्)। नभन्दै गुप्ताले आजकाल खेतीपातीमा पनि संलग्न हुन थालेका छन् । हिजो साँझ गुप्ताले आफनो फेसबुक पेजवाट खेती किसानीमा संलग्न रहेको तस्बिरहरु सार्वजनिक गरेका छन । जहाँ उनले खेतमा काम गर्र्दै गरेको, चपरा (कोदालो) चलाई रहेको र आफुले उत्पादन गरेको फसल फेसबुकवाट सार्वजनिक गरेका छन । आज हेरौ, उनले सार्वजनिक गरेका तस्बिरहरु । एक ठाउँमा उनले भनेका छन– 'आजै सप्तरीको कृषि अफिसको अनुरोधमा रू। ६० प्रति केजीको दरमा बेसारको बिउ बेचे । पोखरीमा माछाका भूरा हुर्कदैछ ।'
र, यो पनि पढौ, गुप्ताले यो बिचमा कृर्षी कर्म के के गरे, उनकै शब्दमा- मेरो सुन्दरी फार्म (धरमपुर–८,सप्तरी) ओल (कन्दमूल तरकारी) लाउन थालेको छु । मज्जाले अंगुर फल्यो हैं, चम्पाले सगुनको थाल अंगुरले सजाइ । लिची पनि ढकमक्कै । आप यस पाली थोरै फले पनि सबै बेची सकें । आपको रूख मुनी धान फल्छ र ? भनेर अज्ञानीहरूले खिल्ली गरे पनि मैले थप आपको रूख मुनी मज्जैले बेसार पनि फलाएको छु । आजै सप्तरीको कृषि अफिसको अनुरोधमा रू. ६० प्रति केजीको दरमा बेसारको बिउ बेचे । पोखरीमा माछाका भूरा हुर्कदै छ । थोरैले मात्र खेती गर्ने गरेको मरिच पनि राम्रै फल्ने निश्चित छ । अब बेमौसमी तरकारीमा काम गर्दैछु । यो उखरमाउलो गर्मीमा अब थप १० दिन खेति किसानी, अनि अरू तिर । गर्मी मधेसको आफ्नै याम हो हैं ।
गुप्ताको बेसार खेती
गुप्ताको माछा पोखरी
गुप्ताको फार्ममा फलेको अंगुर, पृष्ठभुमीमा लिच्चि
गुप्ताको फार्ममा फलेको अंगुरको झुप्पो
गुप्ताको बेसार खेती
खेतमा काम गर्दै पुर्व मन्त्री गुप्ता
पाक्न तयार भएका अङ्गुर

No comments:

Post a Comment