एकीकृत नेकपा माओवादीका पुर्व उपाध्यक्ष बाबुराम भट्टराईले पुजिवाँद (नवउदारबाद) र माक्र्सवादलाई घालमेल गरेर नयाँ शक्तिको आवश्यक्ता पुर्ति गर्न सकिने तर्क गरे पछि माओवादीमा त्यसको नयाँ बहस सुरु भइरहेको छ । त्यसका पक्ष र बिपक्षमा तर्क र कुतर्क आइरहेका छन् तर बहस भने अझै सकिएको छैन, सकिने छाँटकाट पनि देखिएको छैन । यसैबिच, पुष्पकमल दाहाल निकट नेता हरिबोल गजुरेलले भट्टराईमा बैचारिक बिचलन आएको मात्रै आरोप लगाएनन, उनका सामु अब तीन बिकल्प रहेको भन्दै बाटो पनि देखाएका छन् । उनका अनुसार –
अब 'नयाँ विचारका प्रवर्तक'सामु सीमित विकल्प छन् । पहिलो र उत्तम विकल्प, वैचारिक विचलनलाई स्वीकारेर आत्मालोचित हुनु । दोस्रो विकल्प, एमाओवादीलाई ठोकठाक गरेर संशोधनवादी बनाउनु । तेस्रो, माओवादी ट्याग पनि फुकालेर अन्य पार्टीभित्रका अवसरवादीसँग मिलेर 'नयाँ शक्ति' निर्माण गर्नु । 'जंगेले बोलेपछि बोल्यो-बोल्यो' भन्ने हठी स्वभावका कमरेडलाई आत्मालोचना गर्न गाह्रो पर्ने, एमाओवादीलाई संशोधनवादी बनाउन प्रचण्ड र 'हनुमान'हरूले नमान्ने, माक्र्सवादको ट्याग फुकालेर 'नयाँ शक्ति' बनाउन लागौं, हिङ बाँधेको टालो पनि नरहने । यी तीन विकल्पको द्विविधामा 'नयाँ शक्ति'का प्रवर्तक हुनुहुन्छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।
नेपाली जनताको चेतना दस वर्षको जनयुद्ध र १९ दिनको आन्दोलनको सफलताले अर्कै ठाउँमा पुर्याइदिएको तथ्य बिर्सेर कतैको आशिर्वादमा पुरातनपन्थी, पुँजीवादी र 'समाजवादी' खेमाका 'राम्रा' मानिस जुटाएर कसैले राम्रै नियतले निवर्गीय राम्रो पार्टी बनाउँछु भनेर लाग्यो भने पनि त्यो पार्टी ऊँटजस्तो 'राम्रो'चाहिँ पक्कै हुन्छ । ऊँटजस्तो 'राम्रो पार्टी'ले देशलाई राजनीतिक रूपमा अग्रगमनतिर होइन, यथास्थितिमै राख्ने पक्का छ ।अब 'नयाँ विचारका प्रवर्तक'सामु सीमित विकल्प छन् । पहिलो र उत्तम विकल्प, वैचारिक विचलनलाई स्वीकारेर आत्मालोचित हुनु । दोस्रो विकल्प, एमाओवादीलाई ठोकठाक गरेर संशोधनवादी बनाउनु । तेस्रो, माओवादी ट्याग पनि फुकालेर अन्य पार्टीभित्रका अवसरवादीसँग मिलेर 'नयाँ शक्ति' निर्माण गर्नु । 'जंगेले बोलेपछि बोल्यो-बोल्यो' भन्ने हठी स्वभावका कमरेडलाई आत्मालोचना गर्न गाह्रो पर्ने, एमाओवादीलाई संशोधनवादी बनाउन प्रचण्ड र 'हनुमान'हरूले नमान्ने, माक्र्सवादको ट्याग फुकालेर 'नयाँ शक्ति' बनाउन लागौं, हिङ बाँधेको टालो पनि नरहने । यी तीन विकल्पको द्विविधामा 'नयाँ शक्ति'का प्रवर्तक हुनुहुन्छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।
माक्र्सवादलाई समय सुहाउँदो बनाउने बहानामा यसलाई ठोकठाक गरेर पुँजीपति वर्गको लागि मान्य हुने सुधारवादको पक्षपोषण गर्नु संशोधनवादको मुख्य विशेषता हो । यसका लागि संशोधनवादले माक्र्सवादको वर्गीय पक्षधरता र क्रान्तिलाई तिलाञ्जली दिन्छ । 'आन्दोलन नै सबैथोक हो, लक्ष्य केही होइन' भन्ने संशोधनवादका जन्मदाता वर्नस्टिनको सिद्धान्तलाई नेकपा एमालेले राम्रोसँग लागु नगरेकोमा अर्थात् माक्र्सवादका प्रवर्तकहरूको फोटो हटाउनेभन्दा अगाडि बढेर माक्र्सवादको 'ट्याग' फुकाल्न नसकेकोमा 'नयाँ शक्ति'का परिकल्पनाकारलाई निकै चिन्ता लागेको देखिन्छ । त्यसैले विश्वका सबै संशोधनवादीलाई माथ गर्नेगरी माक्र्सवादलाई 'समय सुहाउँदो' बनाउने विचारको खोजी भइरहेको बुझ्न गाह्रो पर्दैन ।
'नयाँ शक्ति'का खोजकर्ताले माक्र्सवाद र नवउदारवादको नेपाली मिश्रण तयार गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय तरंग पैदा गरेर नवउदारवादीहरूको ध्यान आकषिर्त गर्न सफल हुनुभएकोमा 'बधाई'को पात्र हुनुभएको छ । यो पंक्तिकारले लाबाङ बैठक (२०६१ माघमा रुकुममा भएको एमाओवादी पोलिटब्युरो बैठक) मा 'नयाँ शक्ति'का प्रवर्तकमाथि विसर्जनवाद उन्मुखको आरोप लाग्दा बचाउ गरेको थियो, यतिखेर चाहिँ 'कसलाई भन्दा कसलाईर् लाज' भनेजस्तो भएको छ ।
अब 'नयाँ विचारका प्रवर्तक'सामु सीमित विकल्प छन् । पहिलो र उत्तम विकल्प, वैचारिक विचलनलाई स्वीकारेर आत्मालोचित हुनु । दोस्रो विकल्प, एमाओवादीलाई ठोकठाक गरेर संशोधनवादी बनाउनु । तेस्रो, माओवादी ट्याग पनि फुकालेर अन्य पार्टीभित्रका अवसरवादीसँग मिलेर 'नयाँ शक्ति' निर्माण गर्नु । 'जंगेले बोलेपछि बोल्यो-बोल्यो' भन्ने हठी स्वभावका कमरेडलाई आत्मालोचना गर्न गाह्रो पर्ने, एमाओवादीलाई संशोधनवादी बनाउन प्रचण्ड र 'हनुमान'हरूले नमान्ने, माक्र्सवादको ट्याग फुकालेर 'नयाँ शक्ति' बनाउन लागौं, हिङ बाँधेको टालो पनि नरहने । यी तीन विकल्पको द्विविधामा 'नयाँ शक्ति'का प्रवर्तक हुनुहुन्छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।
जहाँसम्म सबै पार्टीभित्रका 'राम्रा मान्छे' मिलाएर 'नयाँ शक्ति' बनाउने कुरा छ, यो 'सोम शर्माको सातु'को कथाबाहेक अरु केही हुनसक्दैन । सिद्धान्त र आदर्शबाट च्युत र काम गर्ने अवसर पाउँदासमेत व्यवहारतः खरो उत्रेर केजरीवालसम्मको 'छवि' बनाउन नसक्ने नेतालाई राम्रो मानेर पछि लाग्ने मानिस सबै पार्टीभित्रका अवसरवादीबाहेक के नै हुनसक्लान् र ? नेपालका मुख्य पार्टीभित्रका सबै सह-उत्पादनहरूलाई 'नयाँ शक्ति'का नाममा समेटिदियो भने ती पार्टीभित्रको कचिङ्गल अन्त्य भएर अग्रगामी संविधान सहमतिबाट बन्नसक्छ भन्ने सोचेर 'आधुनिक महादेव' बन्न खोज्नुभएको हो भने 'कार्यविभाजन' गर्न सकिन्छ । यसो गरेर 'सकारात्मक' परिणाम आयो भने समुद्र मन्थनबाट निस्केको कालकुट विषपान गर्ने 'आधुनिक महादेव'को उपमा दिन कसैलाई पनि गाह्रो हुने छैन । अन्यथा क्रान्ति र प्रतिक्रान्ति तीव्र रूपमा टकराइराखेको वर्तमान समयमा कुनै बहाना देखाएर जिम्मेवारीबाट पन्छिन र भाग्न सहिदहरूको रगतले दिँदैन । कामना गर्छु, लाबाङ बैठकमा कमरेडको बचाउ गर्न मैले लेखेको 'नोट अफ डिसेन्ट' गलत सावित नहोस् ।
यतिखेर माओवादी आन्दोलन र यसले अगाडि सारेका कार्यसूची वरिपरि नै देश घुमिरहेको छ । यसर्थ एमाओवादी आफैं नयाँ शक्ति हो । बरु नयाँ शक्ति बन्ने धुनमा आवश्यकताभन्दा बढी नयाँ हुनखोज्दा आफ्नो वर्ग धरातल नै छोडेर एमाओवादीको यो नियति भएको हो । गत केन्द्रीय समितिको बैठकले यसबारे गम्भीर आत्मसमीक्षा गरेर सोपान क्रममा सबै नेताहरूले गल्ती स्वीकारेर आत्मालोचित भइसकेको हो । पार्टी पुनःनिर्माण गर्न, हेटौंडा महाधिवेशनको कार्यदिशा परिमार्जन गर्न र विचारको विकास गर्न आगामी वैशाखमा राष्ट्रिय सम्मेलन र दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेको मात्र होइन, गम्भीर तयारीमा लागेको छ । संविधानसभा निर्वाचनमा धक्का खानुका कारण पत्ता लाएर यसको निदान गर्ने विचार, नीति र विधि सर्वसम्मत रूपमा पारित गरेको छ ।
केन्द्रीय समितिले तय गरेका विधिलाई बेवास्ता गरेर नयाँ शक्तिको कुरा मिडियामार्फत सार्वजनिक गर्नु बुर्जुवाका लागि शोभनीय होला, तर सर्वहारा वर्गको अग्रदस्ताका लागि सुहाउँदैन । पार्टीमा आफूले भनेजस्तो र खोजेजस्तो नपाएपछि पार्टीका सबै मान्यताहरू भत्काउने कमरेडको यो पुरानै रोग हो । सबैले आफूले चाहेजस्तो र भनेजस्तो नभएपछि यस्तै गर्ने हो भने सामुहिक निर्णयको औचित्य रहन्न । यस्तै गर्ने हो भने जनवादी-केन्द्रीयताको संगठनात्मक सिद्धान्त र कम्युनिष्ट पार्टी नै किन चाहियो ? कि त भन्नुपर्यो, कमरेड पुष्पलालले राष्ट्रिय कांगे्रसबाट विद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर गल्ती गर्नुभयो ।
माक्र्सवादी विचार र विधि दुवैमा देखापरेको आफ्नो विचलनलाई नयाँ शक्तिको आवरणले कति ढाकछोप गर्न सक्ला, त्यसका प्रवर्तकले समयमै विचार पुर्याउन जरुरी छ । तर जे-जसरी र जुन आवरणमा आए पनि नकारात्मकभित्रको सकारात्मकको अर्थमा यो बहसले आगामी राष्ट्रिय सम्मेलनमा विचार-मन्थनमा सहयोग भने पुर्याउने नै छ । एमाओवादीको पार्टीपंक्ति र शुभचिन्तकहरू आत्तिनुपर्ने आवश्यकता छैन ।
माक्र्सवादी विचार र विधि दुवैमा देखापरेको आफ्नो विचलनलाई नयाँ शक्तिको आवरणले कति ढाकछोप गर्न सक्ला, त्यसका प्रवर्तकले समयमै विचार पुर्याउन जरुरी छ । तर जे-जसरी र जुन आवरणमा आए पनि नकारात्मकभित्रको सकारात्मकको अर्थमा यो बहसले आगामी राष्ट्रिय सम्मेलनमा विचार-मन्थनमा सहयोग भने पुर्याउने नै छ । एमाओवादीको पार्टीपंक्ति र शुभचिन्तकहरू आत्तिनुपर्ने आवश्यकता छैन ।
No comments:
Post a Comment