संविधानसभा निर्वाचनमा अनेपेक्षित पराजय भोगेका तराई मधेस केन्द्रित
राजनीतिक दल मध्य प्रमुख तीन दल बिच पार्टी एकीकरणको प्रयास भइरहेको छ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने महन्थ ठाकुर नेतृत्वको तराई मधेस
लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र
राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी बिच पार्टी एकीकरणको प्रयास
चार महिना देखी जारी छ । यद्धपी, त्यसले अझै मुर्त रुप लिन सकेको अवस्था
छैन ।
मुख्यतः उपेन्द्र यादवका कारण नै पार्टी एकता हुन ढिलाई भइरहेको खबर आइरहेको बेला गएको मंगलवार भने अध्यक्ष यादवले पार्टी एकताका लागि ६ बुदेँ प्रारम्भिक मस्यौदा तीन दल सामु पेश गरेका छन् । त्यस मस्यौदामा गएको मंगलवार प्रारम्भिक छलफल भइसकेको छ र बुधवार तीनै पार्टीले आ–आफनो पार्टी भित्र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग छलफल गरी आज बिहिवार तीन बजे पुनः बैठक बस्ने योजना छ ।
यादवले पेश गरेको र आन्तरिक छलफलमा मात्रै
सिमित गर्ने भनिएको सोही दस्तावेज प्रकाश उज्यालोको हातमा परेको छ । आफ्नै
पार्टी भित्रवाट तमलोपा र सदभावनासँग पार्टी बिजयकुमार गच्छदार नेतृत्वको
मधेसी जनअधिकार फोरम, नेपालसँग पार्टी एकता गर्नु पर्ने आवाज उठिरहेको बेला
यादवले पेश गरेको दस्तावेजमा पहिलो पटक जातीय राज्यको पक्षमा उभिने जस्ता
बुदाँ उल्लेख छन् । सो दस्तावेज पेश भए लगत्तै हिजो बालकुमारीस्थित पार्टी
केन्द्रीय कार्यालयमा यादवलाई अन्य नेता, जो गच्छदारसँग जोडिनु पर्ने
मान्यता राख्छन, तीनले आपत्ति जनाए । अध्यक्ष ठाकुर र महत्तोसँग जोडिनु
पर्ने मन गर्ने तर उनकै नेता कार्यकता भने गच्छदारसँग जोडिनु पर्ने भन्दै
वालकुमारीमा रस्साकस्सी परिरहेको बेला यो दस्तावेज प्रकाश उज्यालोमार्फत
सार्वजनिक हुन गइरहेको छ । दस्तावेज पढनु होस, आफै निर्णय गर्नुहोस भन्ने
अधिकार छाडदै प्रस्तुत छ, पार्टी एकताका लागि यादवले पेश गरेको दस्तावेजःमुख्यतः उपेन्द्र यादवका कारण नै पार्टी एकता हुन ढिलाई भइरहेको खबर आइरहेको बेला गएको मंगलवार भने अध्यक्ष यादवले पार्टी एकताका लागि ६ बुदेँ प्रारम्भिक मस्यौदा तीन दल सामु पेश गरेका छन् । त्यस मस्यौदामा गएको मंगलवार प्रारम्भिक छलफल भइसकेको छ र बुधवार तीनै पार्टीले आ–आफनो पार्टी भित्र राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग छलफल गरी आज बिहिवार तीन बजे पुनः बैठक बस्ने योजना छ ।
No comments:
Post a Comment