उपप्रधानमन्त्री सिंहसँग युपी |
सडक आन्दोलनमा युपी |
नेपाल भन्ने गरिब देशमा एकजना ब्यक्ति छन, युपी लामिछाने । उनको औपचारिक जिम्मेवारी भनेको संविधानसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघका प्रवक्ताको हो । कांग्रेस निकट नेबिसंघको कुनै पनि कार्यक्रमको जानकारी दिनु र लिनु छ भने लामिछाने भरपर्दो र आधिकारिक ब्यक्ति पनि हुन् । उनको सबैभन्दा सुन्दर पक्ष भनेको, उनी मिडियाका लागि सहज छन्, मिडियालाई उनले बुझेका छन भन्ने उनका क्रियाकलापहरुले नै देखाईरहेको छ । त्यो मिडिया बुझनेले सहजै अनुभव गर्छन् । उनको यो पाटो पनि राम्रो छ, सायदै उनी जती अरु छैनन, जो मिडियाका लागि धेरै नै सहज बिद्यार्थी प्रवक्ता छन र त उनी लोकप्रिय पनि छन् ।
अर्को पाटो पनि छ उनको, त्यो हो उपप्रधानमन्त्री तथा स्थानिय बिकास मन्त्री प्रकाशमान सिंहका प्रेस सहयोगीको । चुनाव अघि देखी नै सिंहका समाचार प्रेसित गर्न र उनको बिचार प्रेसित गराउन उल्लेखनीय भुमिका लामिछानेले खेलिरहेका छन् । अहिले पनि सिंह जे जति कार्यक्रममा सहभागी हुन्छन र बिचार राख्छन्, त्यो लामिछानेवाटै थप पुष्टी भएर नै मिडियामा छाउँछन । मिडियावालाको जिज्ञासा मेटाई दिने, समाचार भनिदिने देखी सिंहका अभिब्यक्तिहरु इमेल गर्ने देखी फोन गरेर समाचार टिपाउनेसम्मका उनै लामिछाने नै गर्छन । कुनै पनि जिम्मेवार नेताको प्रेस सहयोगीको भुमिका अरुले भन्दा राम्रो गरी लामिछानेले गरेका छन, त्यसको ब्यवस्थापनमा उनी सिपालु नै छन् ।
लामिछानेका अघिल्ला र पछिल्ला दुवै भुमिका सम्झनायोग्य र तारिफयोग्य नै छन् । तर, यो ब्लग उनको तारिफका लागि लेखिएको होइन् । यसमा उठाउन खोजेको बिषय भने अरु नै सन्दर्भको छ । लामिछानेका पछिल्ला एक हप्ताको क्रियाकलाप हे¥यो भने दुनियाँलाई नै हसाउने खालको छ । एउटा चटकी भै गरी उनले यस्तो नौटंकी काम गरे, जसले जगलाई नै मज्जासँग हसाँयो ।
सन्दर्भ, अघिल्लो साता सरकारले पेट्रोलियम पदार्थको भारी मुल्य बृद्धी ग¥यो । सोको बिरोधमा सबै पार्टीका बिद्यार्थी संगठन एकजुट भए र बिरोधमा उत्रे । त्यसरी बिरोधको निर्णय गर्ने बिद्यार्थी संगठनको बैठकमा मात्रै उनी सहभागी भएनन, निर्णायानुसार सरकार बिरुद्ध आन्दोलनमा लामिछाने सडकमा नै उत्रे । जुन दृश्य टेलिभिजन, छापा र सामाजिक सञ्जालमार्फत पनि देखियो ।
एकातिर, बहालवाला मन्त्रीको प्रेस सहयोगीको भुमिका निभाएका लामिछाने र सरकार र मन्त्रीको धारणा बाहिर ल्याउँछन तर अर्को तिर चाँही त्यही सरकारको बिरोधमा भएको आन्दोलनमा सडकमा उत्रिएर चर्का नारा पनि लगाए, लगाई रहेका छन् । अझ अचम्म त, सरकार टोलीसँग बार्ता गर्न पनि उनै लामिछाने जान्छन् । उनको यो क्रियाकलाप देखे पछि सामान्य सुझवुझ भएको जो कोही पनि हाँस्छ, मज्जासँग हाँस्यो नै ।
झन, उनी आफैले सरकारको कडा बिरोधीका रुपमा देखाउन, अझ अरु भन्दा बढी क्रान्तिकारी रहेको देखाउन आफनो फेसबुक पेजवाट सडकमा उत्रिएको तस्विर सार्वजनिक गरे र भने, – मुल्यबृद्धी फिर्ता गर । त्यहाँ आन्दोलनको बारेमा आफुले दिएका अभिब्यक्ति र आन्दोलनको प्रेस बिज्ञप्ति पनि राखिएको छ ।
त्यो भन्दा तल माथीका अपडेट र सेयर गरिएका सामाग्रीमा चाँही हेरयो भने मन्त्री सिंहले सम्हालेको स्थानिय बिकास मन्त्रालयका सुचना पनि छन । र, मन्त्रीले के गरिरहेका छन भन्ने जानकारी पनि छन । मन्त्री सिंहसँग रहेका तस्बिर पनि धेरै अपलोड गरिएका छन् ।
अब प्रश्न स्वाभाविक रुपमा प्रश्न उठछ्, एउटै ब्यक्ति सरकारी र आन्दोलनकारी कसरी हुन सक्छ ? तर कतै सम्भव नहुने काम उनै लामिछानेले गरेर दुनियाँ हसाँउने काम गरिरहेका छन् । नेबिसंघ भित्र पनि यो चर्चाको बिषय बनेको छ, उनी यस्ता दुईवटा रुपमा प्रकट भएको देखेर । जुन उप–प्रधानमन्त्रीसँगी उनी हिड्छन, उनै (सरकार)को समाचार बाहिर फयाक्छन । र, त्यही ब्यक्ति फेरी जुन सरकारको काम गरिरहेका छन, त्यही सरकारले गरेको निर्णय बिरुद्ध सडक आन्दोलनमा आउन पनि भ्याउँछन ।
भाउँ बढाउने मन्त्रीसँग पनि बस्ने र भाउँ घटाउने बिद्यार्थी संगठनसँग पनि बस्ने लामिछानेको यो चरित्रले उनको नैतिकता र चरित्रमा प्रश्न उठेको छ । आफनो पदीय मयार्दाको ख्याल नगर्ने र अलिकति पनि राजनीतिक संस्कार नभएको राजनीतिक ‘केटो’का रुपमा दुनियाँले बुझ्न थाले पछि यो ब्लग लेखिएको हो ।
राजनीति र पदीय मयार्दा अलिकति पनि अझै छ र हुन्छ भन्ने मान्यता जिवित नै छ भने लामिछानेको यो क्रियाकलाप लज्जाजनक र नौंटकी चरित्रबाहेक अरु केही पुष्टी हुन सक्दैन । त्यसैले पदीय मर्यादाको ख्याल गर्न र राजनीति गर्न दुई मध्ये एउटा भुमिका उनले त्याग्न जरुरी छ । दुवै पदमा बसेर यस्तो काम गर्न उनलाई सुहाउन्न ।
यदी साच्चै, उनी आन्दोलनमा नै जान चाहान्थे भने सरकारी मान्छेको भुमिका निभाउन छोडनु पर्छ । र, यदी सरकारी मान्छे नै हुने भए आन्दोलनमा जान छाडनु पर्छ । ‘आफै बोक्सी, आफै झाक्री’ भने झै गरी ब्यवहार गरेर दुनियाँ हाँस्छ, हाँस्यो पनि र हासिरहेको छ । चेतना भया, लामिछानेजी ।
उनको फेसबुक पेज हेर्दा पनि धेरै थाहा हुन्छ, त्यसका लागि यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment