एमाले संसदीय दलका नेता केपी ओली यतिखेर दिल्लीस्थित अस्पतालमा उपचाररत छन् । ओलीले त्यहीवाट नेपालको एक प्रमुख दैनिक पत्रिकामा अन्तवार्ता दिएका थिए । त्यो अन्तवार्तामार्फत उनले भावी पार्टीका अध्यक्षको उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत मात्रै गरेनन, उनले त्यहाँ केही कुरा यस्ता बिषय उल्लेख गरे । जुन कुरा सोही पार्टीका केन्द्रीय सदस्य तथा पुर्व विद्यार्थी नेता राजेन्द्र राईले आपत्ति मात्रै जनाएनन, उनले ओलीले माफी माग्नु पर्नेसम्मका कुरा सार्वजनिक रुपमा ओकले । खासमा जनजातीलाई बलिया बाङ्गा भनेकोमा राईले आपत्ति जनाएका हुन् । यसरी राईले आफनै नेताले सार्वजनिक रुपमा माफी माग्नु पर्ने कुरा उठाए पछि त्यसवारे बहस चर्किएको छ । त्यसलाई हरेक कोणवाट हेरेर राईको आलोचना र समर्थन उत्तिकै आएको छ । माधव नेपाल प्रधानमन्त्री हुदाँ उनका सल्ःलाहाकारका भुमिका निभाएका राईले यसरी ओलीले माफी माग्नु पर्ने सर्त राखे पछि उनलाई गुटगत आधारमा सो भनेको सम्म आरोप लागेको देखिन्छ तर राईले त्यसको प्रतिवाद गर्दै आएका छन् । सो प्रतिवाद, रक्षा र आक्रमण यसरी चर्किएको छ कि राईको फेसबुक पेज रंगिन पुगेको छ । किन राईले ओलीले माफी माग्नु पर्छ भने त ? त्यसका बारेमा यो ब्लगमा उल्लेख गरिएको छ ।
राजेन्द्र राईले सुरु केपी ओलीको भनाई बाहिर आए पछि यस्तो लेखेका थिए, जसलाई धेरै कोणवाट ब्याख्या गर्ने काम भइरहेको छ । राईले आफनो फेसबुक पेजमा लेखेको कुराः
कमरेड केपी ओलीको जनजातिलाई हेर्ने दृष्टिकोण नै यस्तो रोगी कि टङ्ग सिलिप हो ?
आज मिति २०७० फागून २७ गते प्रकाशित कान्तिपुर दैनिकमा कमरेड केपी ओलीको लामो अन्तरवार्ता अघिल्लो पेजबाट नै छापिएको छ । त्यस अन्तरवार्तामा वहाँले जनजातिलाई “पाखुरा बलिया भएका जात” भनेर सम्बोधन गर्नुभएको छ । अन्तरवार्ताको उक्त अङ्श जस्ताको तस्तै यस्तो छः
कान्तिपुरको प्रश्नः संविधानसभामा फेरि जनजाति आवाजको प्रतिनिधित्व रहने ‘ककस’ गठन गर्ने विषय पनि आएको छ नि ?
कमरेड ओलीको जवाफः यो ‘ककस’ के हो ? यो भई रहेको राजनीतिलाई अराजनीतिक दिशातर्फ धकेल्ने प्रयास मात्रै हो । कुनै दार्शनिक, सैद्धान्तिक, वैचारिक, नीतिगत आधारमा नभई जातिगत, साम्प्रदायिक विद्वेष तथा गठबन्धमा चल्ने यस्तो ‘ककस’ हामीलाई किन चाहियो ? मैले शुरुदेखि नै भन्दै आएको छु, यस्ता प्रकारका अराजनीतिक र अपेसागत गठबन्धनको कुनै अर्थ छैन । हानीकारक संकीर्णवाद त यसमा । सवा सय जातजातिको मिश्रित बसोबास रहेको र सामाजिक बनोटको ऐतिहासिकता नै भिन्न भएको हाम्रो देशमा केही बलिया पाखुरा भएका आकारयुक्त जातहरुको बोलवाला मच्चाउने यो विषयको कुनै अर्थ हुँदैन । हाम्रो देशमा सयभन्दा बढी जात जनसङ्ख्या अनुपातमा १ प्रतिशतभन्दा तलको हिस्सामा छन् । कि सबैका आ, आफ्नो जातीय ‘ककस’ हुनुप¥यो, नत्र किन चाहियो ?

•
धेरैलाई थाहा छ, आजभोलि जात, सम्प्रदायलाई होच्याउने, अपमान गर्ने खालको
उखान, टुक्का, कथाहरु भन्न, गीत गाउन छाडिँदैछ । उदाहरणका लागि एउटा प्रसंग
यहाँ राख्न चाहन्छु, एक जमानामा साह्रै चर्चामा आएको वारी जमुना, पारी
जमुना भन्ने लोक गीतको एउटा हरफ पोडे होला, चमार होला तिम्रै माया लाग्छ
भन्ने थियो, पहिलो पल्ट बाहिर आएको एल्वम्मा सोही शब्दहरु थियो तर त्यसको
विरोध भएपछि संकलक र गायक खेमराज गुरुङले त्यस्ता शब्दहरु मात्र होइन ती
शब्दहरु परेका गीतका लाईन नै हटाईदिए । निश्चय पनि त्यसो गर्दा गायकलाई
प्राविधिक झमेला र आर्थिक क्षति भएको थियो । समय यो ठाउँमा आई पुग्दा
जनतालाई सचेत बनाउने दायित्व बोकेका पार्टीका नेताहरुले कुनै पनि जात,
सम्प्रदायलाई अपमान गर्ने अभिब्यक्ति दिनु, अपमान गर्नु मिल्दैन ।
• जनजातिलाई बलियो पाखुरा भएको भन्ने अभिव्यक्ति चाहे सुविचारित ढङ्गले आएको होस् चाहे टङ्ग सिलिप भएर आएको किन नहोस्, यो सार्वजनिक रुपमा आई सकेको हुनाले यसले सम्पूर्ण जनजातिलाई होच्याउने, अपमान गर्ने, उनीहरुको स्वाभिमान र भावनामा चोट पु¥याउने काम गरेको छ । त्यसैले यो अभिव्यक्ति विरोधजन्य, भत्सर्नायोग्य, खेदजनक छ ।
• जनतालाई अपमान गर्ने अधिकार राजा, महाराजा, राजनीतिक दल, ठूला नेता कसैलाई पनि छैन त्यसैले कमरेड केपी ओलीले आत्मालोचना सहित उक्त अभिव्यक्ति फिर्ता लिनुपर्छ ।
• उक्त खाले अभिव्यक्तिलाई केबल जनजातिका मानिसले मात्र होइन हरेक सचेत र सद्धे मानिसले आलोचना र विरोध गरिनुपर्छ ।
• विडम्वना त यो पनि कि, उक्त अभिव्यक्ति जनजाति साम्प्रदायिकताको विरोध गर्ने सन्दर्भमा दिनुभएको छ कमरेड ओलीले तर जनजातिलाई होच्याएर, अपमान गरेर वहाँ आफै जनजाति विरोधी साम्प्रदायिकताले ग्रसित देखिनु भएको छ । सबैले बुझ्नै पर्ने कुरा के हो भने जातीय साम्प्रदायिकता जुनसुकै खालको भए पनि हानीकारक छ, चाहे जनजाति पक्षधर साम्प्रदायिकता होस् चाहे विरोधी, चाहे खस, आर्य पक्षधर होस् चाहे विरोधी ।
• जातीय लगायत कुनै पनि हानीकारक साम्प्रदायिकताको विरोधमा जस्तासुकै अप्ठ्यारोको बीचमा पनि निर्भिकताका साथ निरन्तर जुझीरहने जीव हामी पनि हौँ, यस्तो जुझाई अझै पनि जारी राखिनेछ, जसरी खस, आर्य, दलित जात विरोधी साम्प्रदायिकता हामीलाई स्वीकार्य छैन, जनजाति विरोधी साम्प्रदायिकता पनि स्वीकार्य छैन ।
• सायद यो कुरामा धेरैको सहमति होला, अशोक राई लगायतका नेताहरुले एमाले नछाडेको भए संविधानसभाको चुनावमा एमालेले पहिलो स्थान हासिल गर्ने सक्ने थियो र केहीको विमति भए पनि साँचो कुरा हो, गम्भीरतापूर्वक र सम्मानजनक ढङ्गले छलफल गरेको भए अशोक राईहरुले एमाले छाड्ने थिएनन् । आदि, इत्यादि ।

यसो लेखे पछि राईका पेजमा हरेक दृष्टीवाट बहस भएको छ, उनको यो अभिब्यक्ति पछि राईलाई हरेक स्थानवाट आलोचना र समर्थन भएको छ । जसले उनको फेसबुक रंगाउन पुगेको छ । त्यसपछि उनले थप प्रस्टीकरण दिएका छन् । किन, ओलीले माफी माग्न जरुरी छ भनेर त्यसलाई यहाँ जस्ताको तस्तै साभार गरेर राखेको छु
निश्चित रुपमा जातीय विशेषता हुन्छन्, शारीरिक पनि, चारित्रिक, व्यवहारगत पनि, त्यसैगरी जातिगत विशेषता सम्बन्धी आम धारणा पनि बनेको हुन्छ, सकारात्मक, नकारात्मक दुवै । जस्तै, जनजाति रिसाहा हुन्छन्, बलिया बाङ्गा हुन्छन्, क्षेत्री बाहुन लोभी हुन्छन्, खुरापाती खालको हुन्छन्, अझ कुमाई, जैसी, सन्नेसी झन् खतरनाक षडयन्त्रकारी हुन्छन् भन्ने आम धारणा छ । दलितको बारेमा पनि धारणा छ नै । यस्ता नकारात्मक विशेताको साथी भाईको बीचमा ठट्टा गरेर प्रयोग गर्नु, अनौपचारिक रुपमा आफू आफू बीचमा प्रयोग गर्नु सामान्य होला तर औपचारिक भाषण, अन्तरवार्ता, लेखन आदिमा ठूला नेता, ठूला पदाधिकारी, लेखक, साहित्यकार कसैले पनि प्रयोग ग¥यो भने त्यो सामान्य हुन सक्दैन, पाच्य हुन सक्दैन । आज जनजातिलाई बलियो पाखुरा भएको भनेर सम्बोधन गरिँदा जनजाति बाहेकलाई सामान्य लागेको होला, तर मैले माथि भने जस्तै भोलि सभामुख सुवास नेम्वाङले हरेक ठूला पार्टीमा खुरापाती, षडयन्त्रकारी जातका नेताहरुको हालीमुहाली भएकोले साना साना विषयमा पनि किचलो भई रहन्छ भनेर अन्तरवार्ता दिए, अथवा कहीँ गएर भाषण गरे भने त्यसलाई सामान्य रुपमा लिन सकिएला र रु सानो तिनो कुरामा किच किच गर्यो भने दमाई, कामीको जस्तो व्यहोरा भन्ने चलन पनि छ९यो प्रसङ्ग उल्लेख गर्नु परेकोमा म क्षमा प्रार्थी पनि छु०, दलका नेताहरु झगडा गरिरहँदा भोलि राष्ट्रपतिले कुनै ठाउँमा भाषण गर्दा जिम्मेवार नेताहरुले मिल्नु पर्यो, दमाई, कामीको जस्तो व्यहोरा देखाउनु भएन भन्यो भने त्यो सह्य होला, कुनै पनि दलित र न्यायप्रेमी मानिसलाई रु
जातिलाई होच्याउने उखान, टुक्का कति छन् कति रु जस्तै, नेवार इष्ट वाऊ दुष्ट हुँदैन, मरेको जैसीले सात गाउँ डुबाउँछ, कुमाईको घुमाई, क्षत्रीको जाल, क्षत्री, बाहुनलाई कोखामा दारा भएको, आदि इत्यादि । यस्ता उखान, टुक्का पहिला नै भनेर ठूला नेता, व्यक्तित्वहरुले सार्वजनिक रुपमा प्रयोग गरे भने त्यो पाच्य हुन सक्छ रु सक्दैन ।
कुरा यस्तै त हो जनजातिलाई बलियो पाखुरा भएको भनेर होच्याएर बोल्ने कुराको विरोध गर्नु पनि ।

उनको फेसबुकमा भएको बहस हेर्ने भए यहाँ क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment