Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, February 6, 2014

"जो बढी भाडभैलो गर्छ, उही चाँही जिल्ला नेता रे, अचम्म !"

जयराम दाहाल
एकीकृत नेकपा माओवादीले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरुलाई अधिवेसन गर्ने सर्तमा जिल्ला संयोजकको जिम्मेवारी तोकिएको छ । सबै जसो जिल्ला नेता जिल्ला सम्मेलनको तयारीमा लागि रहेको बेला बारा र पर्साका जिल्ला संयोजक बिच भने कुरा नमिल्दा समस्या मात्रै देखा परेको छैन, स्वयं अध्यक्ष प्रचण्ड पनि दुई संयोजकका अगाडी नतमस्तक हुन पुगेका छन् । अध्यक्ष दाहालले आफु निकट पुर्व सभासद जयराम दाहाललाई बाराका जिल्ला संयोजक बनाइएकोमा पर्साका संयोजक तोकिएका क्षत्रवहादुर श्रेष्ठले आपत्ति जनाएका छन् । तर, माओवादीहरु भन्छन, जयराम जहाँ हुन्छन, त्यहाँ बिग्रह हुन्छ रे । बिग्रह र भाडभैलोको अर्को नाम नै जयराम दाहाल भएकाले उनलाई जिम्मेवारी नदिन हेडक्वाटरमा लबिङ सुरु भएको छ ।

गत संंविधानसभा निर्वाचनमा बारा–६ (महेन्द्र राजमार्ग छेऊमा रहेको निजगढ, पथलैया, सिमरा) लगायतका क्षेत्रवाट माओवादीले छत्रवहादुर श्रेष्ठलाई संविधानसभाको उम्मेदवार बनायो तर उनी तेस्रो स्थानमा सिमित हुन पुगे । अघिल्लो निर्वाचनमा जयराम दाहालले जितेको सो क्षेत्रमा यसपटक श्रेष्ठलाई हराउँदै एमालेका पुरुषोत्तम पौडेल भारी मतले बिजयी भए । 
बास्तबमा श्रेष्ठ सो क्षेत्रवाट उम्मेदवार नै हुन चाहदैन’थे । उनी पर्सा–५ वाट उम्मेदवारी दिने पक्षमा थिए किनभने त्यो उनको कार्यक्षेत्र नै रहेको थियो, सोही क्षेत्रलाई आधार बनाएर उनले धेरै मेहनत पनि गरेका थिए । तर, श्रेष्ठले निर्वाचन लडने भनेर आधार बनाएको पर्सा–५ को सो क्षेत्रमा प्रचण्डले एमाले पोलिटब्युरो परित्याग गरी आएकी उर्मिला अर्याललाई टिकट दिए । त्यसमा श्रेष्ठले असहमति त प्रकट गरे तर पनि उनको केही लागेन । 
अन्ततः पुर्व सभासद दाहालले उठने भनिएको बारा–५ वाट उनलाई ब्याक गरेर प्रचण्डले श्रेष्ठलाई टिकट दिए तर जयरामले श्रेष्ठलाई चुनावमा सहयोग गरेनन । अन्ततः लज्जास्पद हार ब्योहोर्नु पर्ने अवस्थामा श्रेष्ठ पुगे । जयरामले अन्तर्घात गरेको कुरा केन्द्रमा आइपुग्यो । जो छानबिन कै क्रममा नै छ । 
अहिले फेरी, केन्द्रीय समितिमा प्रचण्डले जिल्ला इन्चार्जमा पुनः दाहालले जिम्मेवारी तोकि दिएका छन । तर, त्यसमा असन्तुष्ट हुदैँ बैठकमा नै श्रेष्ठले आपत्ति जनाए । ‘कार्यक्षेत्र पर्सा हुदाँ हुदैँ चुनाव लडन बारामा पठाइयो तर अहिले जिल्ला इन्चार्जको जिम्मेवारी दिएर पर्सा फर्काइयो, यो मलाई स्विकार्य छैन’ श्रेष्ठले केन्द्रीय समितिमा नै भने । उनले अझ अगाडी भनेका थिए, ‘म कहिले यता, कहिले उत्ता भए, अब म बारामा नै कार्य क्षेत्र बनाउँन चाहान्छु र मलाई बारमा नै जिम्मेवारी दिनुहोस् ।’ आफुलाई अन्तर्घात गर्ने जयरामलाई जिम्मेवारीमुक्त गर्न पनि माग गर्दै सबै भण्डाफोर गरिदिए । त्यसपछि प्रचण्डले यसवारे ‘पुर्नबिचार’ गर्ने मात्रै भनेनन, ‘सच्याउने’ प्रतिवद्धता पनि जनाए । तर, सच्चिएको अझै छैन्, जसका कारण बारा र पर्सामा कुनै पनि काम अघि बढन सकेको छैन् । 
यो पछिल्लो उदाहरण मात्र हो, खासमा जयराम जहाँ हुन्छन, त्यहाँ माओवादी भित्र लफडा पर्छ, माओवादी भित्रै यस्तो धेरै भनिन्छ । यस अघि पनि राज्य समिति इन्चार्ज प्रभु साह र सेक्रेटरी अञ्जना बिशंखे बिचको टक्करमा पनि दाहाल मुख्य हिस्सेदार रहेका थिए । उनीहरु बिच फाटो लगाउन पनि दाहालले मुख्य भुमिका खेलेको बताउनेहरु माओवादी भित्र धेरै नै छन् । 
चुनावको मुखमा दाहालका कारण नै केन्द्रीय सदस्य शिबचन्द्र कुशवाहाले पार्टी केन्द्रीय समिति परित्याग गरी सदभावनावाट उम्मेदवार बन्नु पर्ने अवस्था आयो । केन्द्रीय सदस्य परित्याग गरी अर्को पार्टीवाट उम्मेदवार बन्ने एक्ला शिबचन्द्रलाई टिकट नदिनका लागि जयरामले ठुलै भुमिका खेले र सफल पनि भएका हुन् । कुशवाहा र जयरामको टक्करमा प्रचण्डले जयरामलाई समाते अनि कुश्वाहा पार्टीवाट नै बाहिरिनु पर्ने अवस्था आयो । 
कहिले एउटै जिल्लामा समानन्तर समिति बनाउने त, कहिले उम्मेदवारको काउन्टर सुची पेश गर्ने जयरामका कारण बारा माओवादी भताभुङ्ग रहेको असन्तुष्टहरुको आरोप छ । ‘उनका कारण नै बारामा माओवादीमा समस्या छ तर अध्यक्ष उहाँलाई नै बोकेर हिडनु हुन्छ, किन हो ? यो अझै बुझन सकिएको छैन्’ असन्तुष्ट एक जिल्ला नेताले यो पंक्तिकारसँग भने, ‘जो चाँही बढी भाँडभैलो गर्छ, उही चाँही जिल्ला नेता रे, अचम्म छ बा ।’ जयरामलाई अध्यक्ष प्रचण्डले जिल्ला संयोजक तोके पछि त्यहाँ दुईवटा कुरा हुन नसक्ने असन्तुष्टहरु ठोकुवा गर्न थालेका छन् । पहिलो त, जिल्ला अधिबेसन नै हुदैन, दोस्रो हाल बाँकी रहेका र भएका कार्यकर्ता पनि निस्केर जान्छन् । त्यसैले अध्यक्ष प्रचण्डलाई जिल्ला नेताहरुले सचेत गराइरहेको उनको भनाई छ । 






No comments:

Post a Comment