नेपाली राजनीतिक क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा अरु राजनीतिक नेता भन्दा भन्दा दुई– तीन कुराले फरक छन् । पहिलो त उनी र उनको पार्टी अन्य राजनीतिक पार्टीका एजेन्डामा बिल्कुल सहमत छैनन । अरु एकातिर छन, थापा र उनको पार्टी अर्कोतिर, मुख्य गरी धर्मनिरपेक्षता, गणतन्त्र, संघीयतामा अरु पार्टी भन्दा थापा र थापा नेतृत्वको पार्टी बिल्कुल उल्टो छ ।
दोस्रो, जतिसुकै अप्ठयारो वा संकटमा पनि थापा एकदम 'कन्फिडेन्स' का साथ उभिएर बोल्न सक्छन, जो अरु नेतामा यो गुण देखिदैन् । उनको राजनीतिक सिद्धान्त प्रति म सहमत त छैन तर पनि ‘सदवहार कन्फिडेन्स’ थापाको लोभलाग्दो पक्ष हो भनेर म चाँही स्विकार गर्छु, सायद तपाई र अरु पनि । उनी कहिल्यै पनि आत्तिदैन, न त चिन्ताग्रस्त नै हुन्छन, न त उग्र नै । राजनीतिक अडानका सबालमा उनीसँगै धेरैले सिक्न सक्छन् ।
संघीय गणतन्त्रको एजेन्डामा मुलुक गएको बेला संवैधानिक राजतन्त्रको वकालत गर्ने थापाको पार्टीले संविधानसभामा २४ सिट ल्याएर चौथो ठुलो राजनीतिक दलको उपस्थीति देखाएको छ । मान्नुहोस वा नमान्नुहोस्, यसले पनि एउटा पक्ष र बिचारको जनमतलाई सम्वोधन गर्छ । त्यसैले उनले हिजो भने, ‘निषेधको राजनीति गरेर अघि नबढनुहोस’ अर्थात राप्रपा नेपालको बिचार पनि कम छैनन, यसलाई न आक्नुहोस् ।
अझ उनले सभामुखको भुमिका निर्वाह गरिरहेका सुर्यबहादुर थापा (जो पहिला दुवै थापा एउटै पार्टी राप्रपामा थिए) ले ‘माननीय कमल थापालाई ८ मिनेट समय दिन्छु’ भन्दै बोलाएको भन्दै आपत्ति जनाए ।
अरुलाई अध्यक्ष भनेको तर आफुलाई माननीय मात्रै भनेको भन्दै थापालाई हेर्दै कमलले भने, ‘म भन्दा अघिल्ला बक्तालाई पार्टीको नाम भन्दै अध्यक्ष सम्वोधन गर्नु भयो तर मलाई गर्नु भएन, हिजो त हामी सँग सँगै थियौ, आज सायद अलि ठुलो आकारमा आएकाले होला, उहाँले पचेन ।’ यसो भन्दा राप्रपा नेपालका सभासदहरुले टेबुल ठटाएर ताली बजाए ।
उनले गणतन्त्र, धर्म निरपेक्षता, संघीयताका बिषय डिजाइन अनुसार मुलुकमा प्रवेश गरेको भन्दै संसदमा बहस गर्ने जनाऊ पनि दिए । ‘धर्म निरपेक्षता, गणतन्त्र, जातीय संघीयताको सुत्रधार र रचनाकार को हो ?’ भन्ने प्रश्न गर्दै त्यसको आगमी दिनमा बहस गर्ने पनि प्रतिवद्धता जनाए ।
बिदेशमा सोको डिजाइन भएको र नेपालमा त्यसलाई थोपरिएको आशयमा थापाले त्यसको ‘हिसाव किताव गर्ने’ पनि उल्लेख गर्न भ्याएका छन् ।
बिदेशमा सोको डिजाइन भएको र नेपालमा त्यसलाई थोपरिएको आशयमा थापाले त्यसको ‘हिसाव किताव गर्ने’ पनि उल्लेख गर्न भ्याएका छन् ।
थापाले महाभारतको प्रसङ्ग उल्लेख गर्दै राप्रपा नेपालले हाललाई सात गाउँ मात्रै मागेको र त्यसको सम्वोधन गर्नु पर्ने धारणा राखे । ‘हामी यतिखेर पाण्डवहरुको हैसियतमा छौ, पाण्डवहरुले त्यो बेला सात गाउँ मात्रै मागेका थिए, कौरबहरुले दिएनन, पछि सोही कारण महाभारत भयो, बेलैमा सात गाउँ नदिदा कौरबहरुले आफनो राज्य र राजधानी हस्तिनापुर नै गुमाउनु परेको थियो,’ थापाले महाभारतको प्रसङ्ग उल्लेख गर्दै अगाडी भने, ‘अहिले हामीले पनि सात गाउँ मात्रै मागेका छौ, त्यसलाई सम्वोधन गरियोस् भन्ने चाहान्छौ, हामी दोस्रो महाभारत भएको हेर्न चाहान्नौं ।’ थापाको यो ‘ड्यासिङ’ पछि उनका २३ जना सभासदले बेञ्चमा हात बजारेका थिए ।
अघिल्ला संविधानसभा भएका सहमति र समझदारीको स्वामित्व ग्रहण गर्ने बिषयमा सबै दल एक ठाउँमा उभिए पनि राप्रपा नेपाल भने त्यसको बिपक्षमा उभिन पुगेको छ । ‘अघिल्लो संविधानसभाको बोझ (स्वामित्व ग्रहण) यो सभालाई भिराउन पाइन्न्, यो संविधानसभाको निरन्तरता पनि होइन र श्रृखंला पनि होइन, यो ताजा जनादेश प्राप्त सभा हो,’ स्वामित्व ग्रहणको बिपक्षमा उभिन पुगेका एक्ला थापाले भने, ‘संविधानसभामा राजनीतिक दलको निरन्तरता हुन सक्छ तर संविधानसभाको हुदैन् ।’ नयाँ प्रक्रियावाट जानु पर्ने र एक बर्ष भित्रै नयाँ संविधान दिने ‘फस्ट ट्रयाक’ आफुसँग भएको भन्दै त्यो देखाउने दावी पनि उनले पेश गरेका छन् ।
जनताको सर्बोच्चता र प्रजातन्त्र प्रति मन, बचन र कर्मले सद्यै प्रतिवद्ध रहने बताएका थापाले एक बर्ष भित्र जनचाहाना अनुसार संविधान दिनका लागि प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निर्वाह गर्ने पहिलो बैठकमा नै उल्लेख गरेका छन् । १ सय अर्ब र ७ बर्ष त्यति कै समय गुज्रिएको भन्दै थापाले निषेधको राजनीति गरेर अघि नबढन् ध्यानाकर्षण गराएका छन् ।
No comments:
Post a Comment