Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, January 29, 2014

‘रक्सी तस्बिर'ले तहल्का मच्याउने,भट्टराई नै हुन त जेपीलाई थच्याउने ?

चर्चित चार बुदेँ सहमति पछि चियर्स गर्दै
नेपालको राजनीतिक इतिहासमा एकीकृत नेकपा माओवादी र तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बिच भएको चार बुदेँ सहमति ऐतिहासिक र निकै अर्थपुर्ण छन् । जुन सहमतिले माओवादीका तत्कालिन उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको थियो, सोही सहमतिको आधारमा बनेको भट्टराई सरकार रहदाँ रहदै ऐतिहासिक संविधानसभा बिघटन हुनु पुग्यो र संविधान नै बन्न सकेन । यती मात्रै होइन, र एमाओवादी विभाजन हुनुमा पनि त्यो सहमति पनि प्रमुख कारण मध्य एक बन्न पुग्यो । किनभने, सो सहमतिलाई माओवादीका तत्कालिन उपाध्यक्ष मोहन बैद्य समुहले भारतको ‘ग्रान्ड डिजाइन’ भन्दै आयो । र, कांग्रेस र एमालेले सहमति गर्ने दुवै पक्षलाई ‘अपबित्र गठबन्धन’को संज्ञा समेत दियो ।
जे होस्, सोही सहमतिमा टेकेर माओवादी र मधेसवादी दल एक ठाउँमा उभिन पुगे । सो चार बुदेँ सहमतिका बारेमा नेपालको राजनीतिक क्षेत्रमा अझै लामो सम्म बहस चल्छ, चल्ने देखिएको छ । यस भित्रका पर्दा अझै खुलेका छैनन् । तर, गएको मंगलवार सोही सहमतिका एक प्रमुख नेता जयप्रकाश प्रसाद गुप्ताले आफनो फेसबुक पेजमा हस्ताक्षर हुदाँ बखतको क्षण, जुन क्यामेरामा कैद भएको थियो, त्यसलाई सार्वजनिक गरिदिए । जुन तस्विरले निकै चर्चा, परिचर्चा  र तरङ्ग सिर्जना ग¥यो, त्यसमा प्रमुख कारण ‘वाइन चियर्स’ पनि बन्यो । त्यसैकारण गुप्ताले सो तस्विर आफनो फेसबुक पेजवाट अहिले हटाएका छन् र सो तस्विरवारे स्पष्टीकरण पनि दिएका छन् । भनेका छन"त्यो दिन भएको चार सुत्रीय सहमतिको ड्राफ्ट पनि मैले गरेको हुँ । सायद, त्यो राजनीतिक निर्णयमा मैले निर्वाह गरेको भूमिकाकै कारणबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो । सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने खेल खेलियो । मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो । त्यो षड्यन्त्र कै एक कदम थियो" उनकै वेभसाइटवाट साभार गरिएको यो सामग्री तपाईका लागि पनि । 

एमाओवादी र मधेसी मोर्चा बिच ४ बुँदे सम्झौता र त्यसपछिको ‘चियर्स तस्बिर’ एकाएक सार्वजनिक गर्नुभयो नि !
मैले जुन तस्बिर र प्रसङ्ग फेसबुकमा राखेँ, त्यसलाई केही सञ्चारमाध्यमहरुले रक्सी पार्टीको रुपमा चर्चा गरे । यो त्यति हलुका तरिकाले चर्चा गर्नुपर्ने प्रसङ्ग हो जस्तो लाग्दैन । खुसी मनाउँदा वाइन चियर्स गर्नु ठूलो कुरा होइन । त्यसलाई स्वदेश र विदेशमा सामान्य रुपमा लिन लिइन्छ । यो एउटा चलन न हो । रक्सी पार्टीको रुपमा चर्चा गर्नु त्यो अल्लि अव्यवहारिक हुन्छ । 
मैले त एउटा सन्दर्भ स्मरण गराउनको लागि ती तस्बिर सार्वजनिक गरेको हुँ । माओवादी र मधेसवादी दलहरुको सरकार बनाउने बेलामा मेरो भूमिका महत्वपूर्ण थियो । त्यो दिन भएको चार सुत्रीय सहमतिको ड्राफ्ट पनि मैले गरेको हुँ । सायद, त्यो राजनीतिक निर्णयमा मैले निर्वाह गरेको भूमिकाकै कारणबाट मलाई राजनीतिको मूलधारबाट पर सार्नको लागि षड्यन्त्रको तानाबाना बुनियो । सर्वोच्च अदालतलाई माध्यम बनाएर मलाई सिध्याउने खेल खेलियो । मलाई भ्रष्टाचारको मुद्दा लगाएर जेल पठाइयो । त्यो षड्यन्त्रकै एक कदम थियो ।
सिध्याउने खेल कसरी र कसले गरे ? 
समझदारी गर्ने मधेसवादी दल, माओवादी र अन्यत्रबाटै पनि षड्यन्त्र भएको हो । यस विषयमा म विस्तृत कुरा केही समयपछि सार्वजनिक गर्नेछु । म माथि भएका षड्यन्त्रको बारेमा मैले पुस्तक पनि लेख्दैछु । त्यसबाट पनि सबै कुरा स्पष्ट हुनेछ । 
समझदारी गर्दैमा षड्यन्त्र गर्नुपर्ने कारण के थियो ?
केही तत्वहरुले चार बुँदे सम्झौतालाई रुचीकर मानेका थिएनन् । सम्झौता भइसकेपछि ‘यो सम्झौताको अक्षरशः पालना भएन भने भट्टराईको सरकार टिक्दैन’ भनेर जुन अडान मैले लिएँ त्यसकारणले पनि म उपर षड्यन्त्र भयो । सम्झौता पालना नभएमा मधेसी मोर्चा पछाडि हट्नु पदर्छ भनेर मैले लिएको अडान पनि षड्यन्त्र हुनु पछाडिको एउटा कारक हो । त्यसै कारण मलाई जेल पठाइयो भन्ने जानकारीहरु मैले पाएको छु म जेलबाट छुटेपछि ।
तपाइँलाई त भ्रष्टचारको मुद्दा त पहिलेदेखि नै लागेको होइन र ?
यसको लामो घटनाक्रम छ । शाही सत्ताको समयमा म माथि पहिलो पटक मुद्दा चल्यो । राजाले ०६१ माघ १९ गते सत्ता टेकओभर (सत्ता आफ्नो हातमा) गर्ने वित्तिकै सबैभन्दा पहिले मलाई नै नजरबन्दमा किन राखियो ? शाही सत्तामा म एक्लो व्यक्ति हो, जसलाई पाँच पटकसम्म अदालतले रिहा गर्न आदेश दियो तर मलाई पाँच पटक सम्मै थुनियो । शाही सत्तामा म भन्दा बढी कोही थुनिएको छैन । जब शाही सत्ता समाप्त भयो, म राजनीतिमा फेरि सक्रिय भएँ । त्यसपछि माओवादी–मधेसवादी मिलेर सरकार पनि बन्यो । राजनीतिले जब एउटा टर्न (मोड) लियो, त्यत्तिखेरबाट मलाई मूलधारबाट हटाउन षड्यन्त्र गरियो । ०६३ सालपछि मैले विशेष अदालतबाट सफाइ पाएँ तर ०६८ फागुनमा मलाई सजायँ दिइयो ।
विशेष अदालतले तपाइँ र खुमबहादुर खड्काको मुद्दालाई खारेज गरेको भएपनि सर्वोच्चले उल्टायो । यसमा कांग्रेसकै हात छ भनेर खड्काले भनिरहेका छन् । तपाइँको केसमा पनि कांग्रेसको हात छ ?
खड्काजीले भनिरहनु भएको छ । तर मेरो मामिलामा कांग्रेसका नेताहरुले मेरो विरुद्ध त्यस्तो गरे भन्ने जानकारी छैन ।
माओवादी–मधेसी ४ बुँदे सम्झौतामा भारतको भूमिका कस्तो थियो ? 
चार बुदेँ सहमतिमा हस्ताक्षर गर्दै माओवादी र मधेसवादी दलका नेता 
मधेसवादी पार्टीहरुले गरेका हरेक सम्झौता र गतिविधिमा भारतको भूमिका रह्यो भन्ने आँकलन गर्छन् । यो सम्झौता हुनुमा भारतको भूमिका थिएन । बरु त्यो सम्झौतापछि भारत मधेसवादी दलहरुसँग अप्रसन्न रहेको थियो । 
सम्झौता हुँदा माओवादी र मधेसीदल बाहेक अरु कसको भूमिका थियो ?
त्यो दिन तस्बिरमा भएका नेताहरु र ती नेताका केही सहयोगी उपस्थित थिए । अरु कसैलाई थाहा थिए भोलिपल्ट विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक नहुँदासम्म ।
सम्झौतालाई लिएर भारत अप्रसन्न हुनुको कारण के रहेछ ?
त्यतिबेला भारतको संस्थापन पक्षको दृष्टिकोण माओवादी र मधेसी मिलेर सरकार नबने हुन्थ्यो भन्ने थियो । यो मैले मात्र होइन, सबै मधेसी दलले बुझेका थिए । अनि माओवादी र मधेसवादी पार्टीहरुमा यस विषयलाई लिएर मत भिन्नता देखियो । सम्झौता गरे पनि कार्यान्वयनको पक्षमा माओवादी नेताहरुले सकारात्मक भूमिका निर्वाह गरेनन् । त्यसपछि मैले एउटा कडा अडान लिएँ कि माओवादीले इमान्दारीपूर्वक सम्झौता पालना भएन भने मधेसवादीहरु सरकारबाट हट्नुपर्दछ । त्यही अडानकै कारण त्यही बिच षड्यन्त्रका तानाबाना बुनियो ।
आफ्नो कडा प्रतिस्पर्धीको रुपमा तपाइँ रहनुभएको भएर मधेसी दलहरुले षड्यन्त्र गरे भन्ने ठम्याई हो तपाइँको ?
राजनीतिमा एकले अर्कोलाई पन्छाउने घटनाक्रम विगतको दिनमा नेपालमा भइ रहेकै छन् । त्यो पनि होला । त्यसलाई म इन्कार गर्दिन ।
सम्झौता गर्ने बेलामा रहेका मधेसी दलका नेताहरुसँग तपाइँको सम्बन्ध कस्तो छ ?
मधेसको राजनीतिमा दुईवटा धार छ । पहिलो अहिले संविधानसभामा सहभागी भएकाहरुको धार हो । संविधानसभामा गएकाहरुले सत्ताको लागि आफ्ना सबै मुद्दाहरुलाई समर्पण गरि सक्नुभएको छ । यिनीहरुले मुद्दाको सम्बोधन गर्न सक्दैनन् । यिनीहरु सत्ता समर्पण र मुद्दा विर्सजनवादको बाटोमा लागिसकेका छन् । यिनीहरुमा श्रीलंकाका तमिल नेता अमृता लिङ्गमको प्रवृत्ती हावी छ । यिनीहरु संसदीय व्यवस्थामा रहुन्जेल मधेसका जनतालाई दिग्भ्रमित बनाइ राख्ने छन् ।
अब अर्को धार भनेको मधेसको हितको लागि नयाँ शक्ति बन्नु पर्छ भन्नेहरुको हो । जुन धारलाई मैले अगाडि बढाएको छु । अहिलेका दलहरुले मधेसको मुद्दालाई छाडिसके त्यसैले अब आन्दोलनको विकल्प छैन । त्यसैले अब मधेसमा नयाँ शक्ति निर्माण गर्नुपर्नेछ । सामाजिक कार्यक्रमहरुमा उहाँहरुसँग कहिलेकाहीँ भेटघाट भएपनि उहाँहरुसँग मेरो कुनै राजनीतिक समझदारी र तारतम्य मिलाएर अगाडि बढ्ने सम्भावना छैन ।
तपाइँलाई अहिले कांग्रेस छाडेर गल्ती गरेको रहेछु जस्तो भएको छ ?
 मैले कुनै गल्ती गरेको होइन । मैले परिस्थितिको विश्लेषण गरेर पिछडिएका, उपेक्षित र बहिस्करणमा परेका नागरिकहरुको माग सम्बोधन गर्नुपर्छ भनेर लागेको हुँ । मुलुकमा अहिले पनि एककिसिमको द्वन्द्व कायमै छ । त्यसको समाधानको पहल जारी नै राख्नेछु ।

No comments:

Post a Comment