माओवादी केन्द्रीय समिति वैठकमा आलोचना र आत्मआलोचन जारी छ । साना नेताले ठुला नेताका कमजोरी औल्लाईरहेका छन् भने ठुला नेताहरु आपसमै एक अर्कामा देखिएका समस्या समस्या खोतल्दै छन् । प्रचण्ड, डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी सवैका आ–आफ्नै समस्या छन् । केन्द्रीय सदस्यहरुले सिंगो हेडक्वाटर (प्रचण्ड, डा.भट्टराई, श्रेष्ठ र बोगटी) माथि होलसेल मै आरोप लगाउने गरेका छन् ।
तर, ७ माघमा नेता पूर्व महासचिव समेत रहेका बोगटीले भने आफ्ना पनि व्यथा सुनाए । उनले पनि आफु प्रचण्ड र बाबुराम भट्टराईको चेपुवामा परेको बताएपछि केन्द्रीय सदस्यहरुले जिव्रो नै टोके । माओवादीभित्र इमान्दार र सोझा नेताका रुपमा स्थापित बोगटी मंगलबारको बैठकमा अलि आक्रोसित मुद्रामा देखिए । एक केन्द्रीय सदस्य भन्छन–बोगटी कामरेडलाई मैले त्यसरी प्रस्तुत भएको देखेको थिइन ।’ त्यस दिनको वैठकमा उनी कडा भएर प्रस्तुत भए । खुलस्त कुरा राखे जुन कहिल्यै देखेको थिएन केन्द्रीय सदस्यहरुले । ‘बोगटी कमरेडले कठोर भएरै कुरा राख्नु भएको छ यसले पार्टी रुपान्तरणमै सहयोग पुर्याउँछ’ अर्का केन्द्रीय सदस्यले भने ।
त्यसदिन बोगटीले एक–एक गरेर आफ्ना कुरा राखे । बोगटीले प्रचण्ड र बाबुराम दुवैको आलोचना गरेका थिए । बोगटीले केन्द्रीय कार्यालय (जसलाई हेडक्वाटर पनि भनिन्छ) मा ४ जना भए पनि प्रचण्ड र भट्टराईले मात्र निर्णय गर्ने गरेको खुलासा गरिदिए । ‘अध्यक्ष र बाबुरामजीले के निर्णय गर्नुहुन्छ हामीलाई (आफू र श्रेष्ठ) थाहा हुँदैन, उहाँहरु दुईजनाले निर्णय गर्नुहुन्छ अनि बल्ल हामीलाई भन्नुहुन्छ, त्यसको जिम्मा हामीले पनि लिनुपर्छ ’ उनले बैठकमा भनेका थिए, ‘हामी पनि अन्यायमा परेका छौँ ।’
त्यसदिन वैठकमा बोगटीले भट्टराईमाथि अलि बढि आलोचना गरेका थिए । उनले एउटा खुलासा पनि गरिदिए । गत बर्ष पार्टीमा भट्टराईले एक्लै नमान्दा कांग्रेस नेतृत्वमा सरकार बनाउन नसकिएको बैठकलाई जानकारी गराएका थिए । खिलराज रेग्मी नेतृत्वको सरकार बन्नु पूर्व प्रचण्डले काग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनाउन चाहेका थिए । तर, संविधानसभा विघटनमा मुख्य भूमिका निभाएको भन्दै डा.भट्टराईले कोइरालाका लागि राजीनामा नगर्ने अडान लिएका थिए । ‘कार्यालय टिममा कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउने सहमतिकासाथ पूर्व पोलिट्व्यूरोको बैठक बोलाइयो । तर भोलीपल्ट उहाँले म मान्दैन भन्नु भयो,’ उनको भनाई उदृढ गर्दै माअोवादीका एक पोलिटव्युरो सदस्यले भने, ‘उहाँ एक्लैले नमान्दा निर्णय गर्न सकिएन, अहिले आएर रेग्मी सरकार बनाएर गलत भयो भन्ने अबस्थामा पुगेका छौँ ।’
डा.बाबुराम भट्टराईकै कारण महासचिव पद गुमाउनु परेको नमिठो सम्झनाले बोगटीलाई सताई रहेको रहेछ । गत बर्षको हेटौडा महाधिवेशनमा पदाधिकारी चयनको प्रक्रियासँगै एक खालको लविङ शुरु भएको थियो । त्यहाँ गजवको दृष्य देखियो । न बोटीको पक्षमा कुनै लबिङ भयो, न कुनै शक्तिकेन्द्रले उनलाई राजनीतिक नेतृत्वमा पुर्याउने चाहना नै राखेको थियो । तैपनि पार्टीभित्र सधैं सन्तुलित भूमिका निभाउदै आएका बोगटी एकीकृत माओवादीको २०६९ को माघ सम्म हेटौंडामा चलेको सातौं महाधिवेशनबाट पार्टीको महासचिवजस्तो जिम्मेवार पदमा निर्विरोध चयन भएका थिए । पार्टीको अध्यक्ष र दुई उपाध्यक्षमा कुनै विवाद हुने अवस्था थिएन । महासचिवका लागि विभिन्न तहबाट मानिसका दाबीहरू आएका देखिन्थे । तर, सबैलाई पाखा लगाउादै बोगटी महासचिव हुन सफल भएका थिए । तर, पनि उनमाथि प्रचण्डकै दायाहात भएको आरोप लाग्न छाडेको थिएन ।
बोगटीले भट्टराईले आफूलाई चित्त बुझ्दासम्म केहीं नभन्न तर जब कुनै निर्णयमा चित्त बुझेन भने वैचारिक बहसको कुरा गर्ने गरेको पनि खुलाए त्यसदिन । भट्टराईले आरोप लगाएजस्तै प्रचण्डमाथि स्टालिन प्रवृत्ति भएको भए त्यो दुवैमा भएको बोगटीको तर्क थियो । ‘उहाँले भन्नु भए जस्तै अध्यक्षमा स्टालिन प्रवृत्ति भएको भए त्यो उहाँहरु दुवैमा छ किनभने उहाँहरु दुईजनाले मात्रै निर्णय गर्नुहुन्छ, निर्णयमा भागीदार भएपछि एक्लै पन्छिन मिल्दैन ।’
आफुलाई प्रचण्डको एसम्यान भन्ने गरेकोमा पनि बोगटीको चित्त दुखेको रहेछ । आफूलाई प्रचण्डको ‘एसम्यान’ भन्ने गरिएकोमा उनले दुखेसो राखे । ‘मलाई कतिपयले प्रचण्डको एसम्यान भन्छन्, त्यो सत्य होइन, मैले रचनात्मक आलोचना पनि गरेको छु, मैले सवै कुरामा आखा चिम्लेर समर्थन गरेको छैन्, पार्टी र क्रान्तिको हितका लागि समय–समयमा हामी नजिक भएका हुन सक्छौँ ।’ उनले अहिले नेतृत्वलाई थप अप्ठ्यारो पार्ने बेला नभएको भन्दै मिल्नुको विकल्प नरहेको बताए । उनले अध्यक्ष प्रचण्ड, नेता भट्टराई र श्रेष्ठको सचिवालय सुधार गर्नुपर्ने प्रस्ताव समेत राखेका छन् । शीर्ष नेताको सचिवालयको विषय माअोवादीभित्र बेला बेलामा विवादमा आउने गर्छ । नुवाकोटको तुप्चे गाविस २ मा जन्मेका बोगटीको राजनीति उतार–चढावमय छ । बोगटीले २०३४ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता लिएका थिए । २०२५ सालमा वामआन्दोलनमा आएका उनी २०३७ सालमा चौथो महाधिवेशनमा आएका थिए । २०४२ सालमा पााचौं महाधिवेशनमा प्रतिनिधि भएका थिए भने २०४३ मा क्षेत्रीय ब्युरो सदस्य भए । २०४५ मा तत्काली मोटो मशालको केन्द्रीय सदस्य भए भने किसान संघको अध्यक्ष पनि भए । २०४८ को एकता महाधिवेशनपछि पछि उनी भेरी कर्णालीको इन्चार्ज भएर गएका थिए । बादल र पम्फा प्रकरणपछि बोगटी आधार इलाकाको इन्चार्ज भए । त्यसपछि माओवादीको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति बनाउादा पनि बोगटीले पार्टीको मेरुदण्ड रहेको पश्चिम कमान्डको इन्चार्ज भएर काम गरे । त्यसबेला उनकै कमान्डमा ठूला–ठूला सैन्य कारबाही भए । तिनै कारबाहीले राजाको शासन अन्त्यको आधार बनाएको थियो ।
‘म ०२५ सालबाटै वामपन्थी झुकावमा थिएा, तर पार्टीमा संगठित भएको थिइना । ०३४ सालबाट म पुष्पलाल समूहमा आबद्ध भएा, ०३७ सालमा चौथो महाधिवेशनमा आबद्ध भएा, यसरी गाउाको सामाजिक परिवेशमा हुर्कंदै राजनीतिमा होमिएपछि भने म राजनीतिमै केन्द्रित भएा,’ बोगटीले आफ्नो राजनीतिको विगत सुनाए । ०३७ सालमा नुवाकोटा डीओसीको सम्पर्क सेक्रेटरी भएर काम गर्दा उनी जेल परे । ०४२ सालमा सेक्टरबम काण्डमा उनी फेरि जेल परे । एक वर्षपछि जेलबाट निस्किएपछि उनी फेरि पनि पार्टीकै जिम्मेवारी सम्हालेर अगाडि बढेका थिए । त्यसैबेला उनी जिल्ला समितिबाट क्षेत्रीय ब्युरोमा आएका थिए ।
संगठनात्मक सम्मेलनको प्रस्ताव अगाडि सारेका प्रचण्डलाई बोगटीले चुनौति पनि दिए । बोगटीले विशेष महाधिवेशनको माग गरेका छन् ।विशेष महाधिवेशनबाट पदाधिकारीसहितको नेतृत्व चयन र हेटौडा महाधिवेशनको कार्यदिशाबाट माथि उठ्नुपर्ने उनको मत थियो । संगठनात्मक सम्मेलनको सट्टा विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका बोगटीले वैशाख मसासन्तसम्म संगठनात्मक सम्मेलन गरेर सानो आकारको केन्द्रीय समिति चुन्नेसहितको अध्यक्ष प्रचण्डको प्रस्तावमाथि प्रश्न नै उठाईदिए । ‘अहिले संगठनात्मक सम्मेलन होइन, अब विशेष महाधिवेशनमा जाऔं हेटौडा महाधिवेशनको कार्यदिशा अपुग भयो, त्यसलाई अलि अगाडि बढाऔं, संगठन पनि त्यहींबाट निर्माण गरौं ।’ बोगटीले भनेका थिए ।
बोगटीले कार्यदिशालाई कुन तहसम्ममाथि उठाउने भन्ने त स्पष्ट गरेका थिएनन् तर हेटौडा महाधिवेशनको कार्यदिशा अपुग भएको भनेर सैद्धान्तिक वहस भने प्रवेश गराएका छन् । गत बर्ष माघमा हेटौडामा सम्पन्न माओवादीको सातौं महाधिवेशनले ‘पुजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिमा प्रवेश गर्ने,’ राजनीतिक कार्यदिशा तय गरेको थियो । त्यहिबाट चयन ९९ सदस्यीय केन्द्रीय समितिलाई अहिले विस्तार २६८ जनाको बनाइएको छ । बोगटीले नेतृत्व अहिलै परिवर्तन गर्न नहुने भन्दै नेतृत्व परिवर्तनको विधि र उत्तराधिकारी तयार पारेर मात्र परिवर्तन गर्नुपर्ने बताएका छन । उनले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तनको विधि र उत्तराधिकारी तयार पारेर अर्को महाधिवेशनबाट हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरे । ‘अहिले नेतृत्व परिवर्तनको बेला आएको छैन । विधि र उत्तराधिकारी तयार पारेर मात्र परिवर्तन गर्नुपर्छ,’ उनले भनेका थिए, ‘त्यो विशेष महाधिवेशनबाट गर्नुपर्छ ।’
आर्थिक विषयमा कहिले पनि उनी विवादमा परेनन्, कसैले पनि उनलाई औंला ठड्याउन सक्दैन । संविधानसभामा उनले नुवाकोटबाट प्रत्यक्ष रूपमा जिते र संसद्मा प्रमुख सचेतकको भूमिका निर्वाह गरे । त्यसबेला पनि उनको भूमिकाको प्रशंसा नै हुने गरेको थियो । माओवादीबाट सरकारमा गएका धेरै मन्त्री विवादमा तानिादा पनि बोगटी भने विवादमा आएनन् । उनले आफ्नो सम्पत्ति स्थानीय स्कुललाई दिएका छन् । लाभका लागि मात्र राजनीति गर्नें होइन भन्ने उनको मान्यता देखिन्थ्यो ।
नारायणकाजी श्रेष्ठले वैठकमा बोगटीलाईं सोझो र अरुले उपयोग गर्ने सक्ने नेताको रुपमा चित्रण गरे । ‘बोगटीलाई पनि आफु सोझो हुादा सवैले उपयोग गर्न खोजेको महसुस भएको छ’ माअोवादीका एक केन्द्रीय सदस्य भन्छन, ‘कम्युनिस्ट आदर्श, मूल्य र मान्यतासाग कहिल्यै पनि सम्झौता नगर्ने नेता बोगटी माओवादीभित्र आदर्श पात्र देखिन्थे । त्यही आदर्शले नै उनलाई महासचिव बन्न सहयोग पुर्याएको थियो ।’ आफ्ना मूल्य र मान्यताभन्दा बाहिर गएर काम नगर्ने बोगटीको स्वभाव छ । घरमा गरिबी थियो र एक समय कामको खोजीमा उनी मजदुर भएर पनि बसे । पञ्चायतकालमा केही कम्युनिस्टहरू दायााबायाा राजारानीका फोटा राखेर पूजा र माल्यार्पण गर्थे । त्यहीबेला तत्कालीन मशालका नेताका रूपमा बोगटी राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, जनवादी क्रान्ति तयारीलगायतका विषयमा रसुवा, धादिङ, नुवाकोटमा पार्टीका पर्चा छर्दै हिाड्थे । उनको यो कार्यशैलीले तत्कालीन मशालका नेता कार्यकर्ताहरू पनि अचम्ममा पर्थे ।
उनी सामाजिक परिवेशबाट राजनीतिमा आएका हुन् । निम्नमध्यम परिवारको सामान्य किसानको छोराका रूपमा उनको परिचय छ । केही समय रोजगारीका लागि विदेश पनि गएका थिए उनी । फर्केर आएपछि गाउामै बसे । यति हुादाहुादै पनि गाउामा हुने सामाजिक कार्यहरूमा सक्रिय भएर काम गर्थे उनले । गाउामा रहेको निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाउन क्रियाशील भएका थिए । गाउामै सहकारी संस्थाको स्थापना गरी सञ्चालक समितिमा रहेर काम पनि गरे उनले । त्यो सहकारीमा त्यतिखेर पनि दुई हजारभन्दा बढी सदस्य रहेको र करोडौाको कारोबार गर्ने गरेको अनुभव अहिले पनि सुनाउाछन् बोगटी । यसरी किसानहरूसाग सहकार्य गर्दै सामाजिक कार्यमा क्रियाशील हुादै आएको उनी बताउाछन् ।
जतिबेला उनी व्यवहार सम्हाल्न सक्ने अवस्थामा पुगेका थिए, त्यतिबेला उनको घरमा तीन महिना पनि खान पुग्दैनथ्यो । त्यसपछि आधुनिक रूपमा खेती गर्ने प्रणाली पनि उनले सुरु गरे । त्यसपछि उनी पार्टीमा केन्द्रित भएर काम गर्न थाले । पार्टीको जिल्ला सेक्रेटरी जस्तो जिम्मेवारी पदमा रहेकाले घरको काममा ध्यान दिन सकेनन् उनले । उनलाई सुरुमा त बुबाको राम्रै सहयोग थियो । तर, जब घरको काम गर्न छाडेर उनी पार्टी काममा मात्र केन्द्रित भए, त्यसपछि बुबाले मन पराएनन् । तै पनि बुबाको सहयोगी भूमिका रह्ेको उनी बताउाछन् । हेटौडा महाविधेशनमा महासचिव भएपनि गत असारमा पार्टीभित्रको विवाद मिलाउने नाममा उनले राजीनामा गर्नुपरेको थियो ।
साभारः हेलोनेता डटकम
No comments:
Post a Comment