मनोज अधिकारी, पोखरा, कात्तिक २५- एकीकृत माओवादीका पूर्वसभासद् सफिक
मियाँद्वारा यौन शोषित १४ वर्षीया बालिका अपहरणमा परेकी छन्। प्रहरीले
मियाँको खोजी गरिरहेका बेला गत बिहीबार मध्यराति ती बालिकालाई समेत अपहरण
गरिएको उजुरी परेको छ। बालिकाकी आमा जानुकाले जिल्ला प्रहरी कार्यालय
कास्कीमा शुक्रबार छोरी अपहरणमा परेको उजुरी दिएकी हुन्।
यौन शोषणको आरोप लागेपछि फरार भएका मियाँले नै बालिकाको अपहरण गराएर अरुमाथि दोष देखाउन खोजेको प्रहरीको अनुमान छ। प्रहरीले व्यापक खोजी गरिरहेका मियाँ एक सातायता फरार छन्।
बालिकाकी आमाले अपहरणको उजुरीमा कसैलाई किटान गरेकी छैनन्। उनले सुरुमा सफिककी श्रीमती जुबेदा मियाँसहितका तीनजनाले अपहरण गरेको दाबी गरेकी थिइन्। सफिक र उनकी श्रीमती जुबेदा बीचको घरायसी झगडामा ती बालिका दुवैको स्वार्थअनुरुप प्रयोग हुँदै आएकी छिन्। प्रहरीले श्रीमान् श्रीमतीको आरोप-प्रत्यारोपको प्रभाव नपरी प्रमाणका आधारमा उजुरी गर्न भनेपछि बालिकाकी आमाले कसैलाई किटानी गर्न सकिनन्।
'अपहरण जस्तो कुरालाई कसैको उक्साहट र प्रयोगका लागि आरोपित गर्नुभन्दा प्रमाण र आधारसहित उजुरी लिएर आउनुस् भनेका हौं' जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलले भने,'त्यसपछि बालिकाकी आमाले जोजसले अहपरण गरे पनि कारबाही गरिपाउँ भनी बिना किटानीको उजुरी दिनुभयो।'
पौडेलले उजुरी परेलगत्तै ती बालिकाको खोजी तिब्र पारिएको जानकारी दिए। उनले खोजीका क्रममा उनी जोसँग भेटिए उसैलाई अपहरणको मुद्दा चल्ने बताए। मियाँ दम्पतीको झगडामा गरिब निर्दाेष परिवार र अबोध बालिका प्रयोग हुँदै आएको प्रहरीको भनाई छ।
लेखनाथस्थित दिदीको घरमा बसेकी ती बालिका बिहीबार राति पिशाब गर्न घर बाहिर निस्केको बेला अपहरणमा परेको दावी गरिएको छ। सफिकले आफ्नी श्रीमती जुबेदा पार्टीकै जिल्लास्तरका नेता रामजी बरालसँग अनैतिक कार्यमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्। श्रीमती जुबेदाले भने श्रीमान्ले घरेलु कामदार बालिकासँग विगत एक वर्षदेखि यौनशोषण गर्दै आएको दाबी गर्छिन्।
एक साताअघि सफिककै डेराबाट उद्वार गरिएकी ती बालिकाले समेत आफूमाथि पूर्वसभासद् मियाँले यौन शोषण गर्दै आएको प्रहरीसमक्ष बयान दिएकी थिइन्। प्रहरीले उनको स्वास्थ्य परीक्षण गराउँदा पनि यौन शोषणको पुष्ट भएको थियो।
'श्रीमतीविरुद्व पार्टीमा उजुरी गरेका मियाँ उल्छै आफ्नो कर्तुत प्रहरीमा पुगेपछि फरार भएको र उनले थप अपराधिक क्रियाकलापमा लाग्न खोजेको देखिन्छ' जिल्ला प्रहरीका एक अधिकारीले भने,'उनले आफुविरुद्व उजुरी र बयान दिने बालिकालाई प्रयोग गर्न यो हत्कण्डा चलाएको हुन सक्छ। हामीले फरक कोणबाट यो घटनाले हेरिरहेका छौं।'
एमाओवादी कास्कीले पनि बालिकामाथि यौन शोषण गरेको लगायतका आरोपमा पूर्वसभासद मियाँलाई केही दिनअघि कारबाही गरेको छ। बालिकामाथि यौन शोषणका साथै श्रीमतीको नक्कल नागरिकता बनाई जग्गा बिक्री गरेका मियाँलाई पार्टीले साधारण सदस्य नरहने गरी निश्कासनको कारबाही गरेको हो।
एमाओवादी कास्कीका इन्जार्ज झलकपाणी तिवारीले आन्तरिक अध्ययनमा मियाँका गल्तीहरु एकपछि अर्काे पुष्टि हुँदै गएपछि निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए। पूर्वसभासद मियाँले श्रीमती जुबिदाको नक्कली नागरिकता बनाएर गत भदौ २७ गते कास्कीको जग्गा तनहुँ मालपोतबाट बिक्री गरेका थिए।
नेता तिवारीकाअनुसार मियाँले श्रीमतीलाई हत्या योजनासहित यातना दिँदै आएको, श्रीमतीलाई गम्भीर क्यान्सर रोग लागेकाले उपचार गराउन विदेश लैजानु परेको, परपुरुषसँग यौनकार्यमा लागेको जस्ता आरोपसहित पार्टीमा निवेदन दिएका थिए।
'ती सबै आरोपमाथि अध्ययन गर्दा उनी सबैमा झुट र उल्टै दोषी देखिए' तिवारीले भने, 'न जुबिदालाई क्यान्सर रहेछ, न उनको यौनकाण्ड पुष्टि हुन सकेको छ। बरु सफिक नै बालिका योन शोषण, किर्ते नागरिकता जस्ता काण्डमा मुछिएपछि कारबाही गरिएको हो।'
source: nagariknews.com

No comments:
Post a Comment