Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, November 2, 2012

महाधिवेशनबारे फोरम गणतान्त्रिकमा विवाद

प्रकाश तिमल्सिना, काठमाडौं, कात्तिक १७ - कात्तिक तेस्रो साता हुने पार्टी महाधिवेशनलाई लिएर मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) भित्र विवाद देखिएको छ।

पार्टी कार्यवाहक अध्यक्ष तथा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सत्ता र पैसाको बलमा महाधिवेशन गर्न लागेको भन्दै महासचिव आत्मारामप्रसाद साह लगायतले आपत्ति जनाएका छन् । यादव पक्षले भने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। फोरम गणतान्त्रिकको महाधिवेशन कात्तिक २० देखि २३ सम्म वीरगन्जमा हुँदैछ।

'केन्द्रीय समितिको निर्णयबिनै राजकिशोरले एकलौटी रूपमा महाधिवेशन गर्न लागेकोमा हाम्रो आपत्ति हो,' महासचिव साहले नागरिकसँग भने, 'बहुमत केन्द्रीय सदस्यले महाधिवेशन अवैधानिक भनिसकेका छन्।' मनपरी ढंगले गर्न लागिएको महाधिवेशन आफूसहित बहुमत सदस्यले बहिष्कार गर्ने साहले जानकारी दिए।
साहका अनुसार संस्थापक अध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, कार्यवाहक अध्यक्ष नन्दनकुमार गुप्ता, महासचिव साह, सचिव सन्ध्या देव, कोषाध्यक्ष सुरिता साह, केन्द्रीय सदस्य उमेशलाल दास, नन्दनकिशोर साह, सलमा खातुन मिकरानी, ओमप्रकाश यादवलगायत १२ जना केन्द्रीय सदस्य महाधिवेसनको विपक्षमा छन्। 'केन्द्रीय कमिटिका २२ जनामध्ये १२ सदस्यले त्यसलाई अवैधानिक भनिसकेका छौं,' साहले भने, 'अधिकांश जिल्ला कमिटी अध्यक्ष महाधिवेशनको विपक्षमा छन्।'
पार्टीको वैधानिकताबारे विवाद भएर निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा मन्त्री यादवले एकलौटी रूपमा गर्न खोजेको महाधिवेशनले वैधता नपाउने साहको दाबी छ। 'निर्वाचन आयोगमा वैधानिकताको लडाइँ भइरहेको बेला सत्ताको आडमा राजकिशोरजीले महाधिवेशन गर्न खोज्नुभएको छ, त्यो कसरी वैधानिक हुन्छ?' साहले भने।
सचार मन्त्री यादवनिकट वरिष्ठ नेता राजलाल यादवले भने वीरगन्ज महाधिवेशन वैधानिक भएको र त्यसका लागि तयारी पूरा भइसकेको बताए।

'पूर्वनिर्धारित कार्यक्रमअनुसार कात्तिक २० गते वीरगन्जमा महाधिवेशनको उद्घाटन गरिनेछ,' यादवले नागरिकसँग भने, 'आत्मरामलगायतलाई पार्टीबाट निष्कासन गरिसकेकाले उनीहरूको विरोध र बहिष्कारको अर्थ छैन्।' उनका अनुसार कात्तिक १९ गते केन्द्रीय समिति बैठक बस्ने र सहमतिको आधारमा अध्यक्ष चयन गर्नेबारे पार्टीभित्र सहमति भइसकेको छ।
महाधिवेशनका लागि तराई-मधेसका २० जिल्लामा सम्मेलन भइसकेको र प्रत्येक निर्वाचन क्षेत्रबाट सातजना प्रतिनिधिलाई महाधिवेसन सहभागी गराउन लागिएको यादवले जानकारी दिए। 'जिल्ला सम्मेलन गर्न बाँकी सुनसरीमा पनि बिहीबार सहमतिको आधारमा अध्यक्ष चयन गरिसकिएको छ,' यादवले भने, 'अब कसैको विरोधले महाधिवेशन रोकिँदैन, पूर्वनिर्धारित मितिमा नै सम्पन्न हुनेछ।' मन्त्री यादवको पक्षमा राजलाल यादव, विश्वनाथ यादव, सविता यादव, अकवाल अहमद मोहम्मद र पासर्पोट काण्डमा निलम्बित पूर्वसभासद बीपी यादवलगायत खुलेर लागेका छन्।

No comments:

Post a Comment