Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, July 17, 2014

'बेपत्ता' केजरीवाललाई खोज्दै दिल्लीमा पोष्टर पम्पेलट टाँसियो

दक्षिणी छिमेकी भारतमा एक ताका आम आदमी पार्टी र अरबिन्द केजरीबालको निकै चर्चा भयो । दिल्लीमा त झाडु चुनाव चिन्ह भएको केजरीवालको पार्टीले 'अकल्पनिय र अप्रत्याशित' चुनावमा बिजयी हासिल गरे पछि संसार भर त्यसले चर्चा पायो । दिल्लीमा केजरीवाल र आम आदमी पार्टीको उदय लगत्तै नेपालमा पनि 'नयाँ शक्तिको उदय' बारे बहस छेडियो ।
भ्रष्टचार र राजनीतिमा भएको बेथेतीका बारेमा धर्ना र संघर्ष गरेका केजरीवालले 'राजनीतिलाई सफा गर्ने' भन्दै झाडु चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका थिए । नभन्दै, जनताले उनलाई भारी साथ दिए । र, दिल्लीको मुख्यमन्त्री पनि भए । तर, सरकारी कर्मचारीवाट राजनीतिमा प्रवेश गरेका केजरीवालले न त तिलस्मि गर्न सके, न त जादु नै देखाउन सके बरु काम गर्न नसकेर उनी हैरान भए । अनेकौ हर्कत र नौटंकी गरिरहने केजरीवाल मुख्यमन्त्रीमा लामो समयसम्म टिकेन र राजिनामा दिएर बाहिरिए, जबकी उनलाई कसैले राजिनामा दिन भनेको पनि थिएन, न त मागेको अवस्था नै थियो ।

दिल्ली मुख्यमन्त्रीवाट राजिनामा दिएर लोकसभा चुनावमा नरेन्द्र मोदीसँग चुनाव लडेका केजरीवाल मात्रै होइन, उनको पार्टीको हालत पनि पत्ला भयो । मोदी प्रधानमन्त्री भए भने केजरीवाल एउटा हर्कत गरेका कारण जेलको हावा खान पुगे । अदालतले जमानत तिर्न अस्विकार गर्दै जेल बसेका केजरीवाल आज 'गुमानाम' छन । र त, एक समय भारतीय मिडिया केजरीवालमय थियो तर अहिले मिडियाले पनि उनलाई खोज्न छाडेको छ । र त, अहिले उनको कतै चर्चा र परिचर्चा नै छैन् । न त उनको राष्ट्रिय राजनीतिमा कुनै भुमिका नै देखिएको छ ।
त्यसैले होला एकजना शुभचिन्तकले पोष्टर नै छापेर केजरीवालको खोजी गरेछन, जुन भारतीय मिडियामा अहिले ठुलो ब्यंग्य बनेको छ । केजरीवालको हुलिया नै राखेर बनाईएको पोष्टरमा भनिएको छ, पेशाः धर्ना दिने र भुठो बोल्ने ।
आजको केजरीवालको अवस्था हेरेर हामी यो कुरा चाँही पक्कै पनि सिक्न सक्छौं कि, ‘राजनीतिमा बेथीति भयो भन्दैमा आफनो पेशा र काम छाडेर तुरुन्तै सपार्ने उदेश्य राखेर राजनीतिमा जाने होइन, बरु राजनीतिमा लागेकालाई सपार्ने र सद्यै खबरदारी गरेर राम्रो बाटोमा लैजान प्रेरित गर्ने हो ।’ जसको जे काम र रुची छ, त्यसले त्यही तिर लाग्ने हो, न कि अरुले गर्न सकेन भनेर हस्तक्षेप गर्दै अघि बढने ।
राजनीति गर्नका लागि ठुलै त्याग र तपस्या आवाश्यक हुन्छ, न कि आवेग र रिस । आज नयाँ शक्तिको बहस गर्नेहरु पनि केजरीवाल लापत्ता भएको पोष्टर हेरेर आफुलाई समिक्षा गरुन र राजनीतिमा लाग्नेलाई खबरदारी गरेर देश र राष्ट्रको हितको पक्षमा काम गर्ने सुझाव, सल्लाह र सहयोग गरुन । आवेग, रिस, देखावटी र रहरमा गरिने राजनीतिले मुलुकलाई नाफा होइन, घाटा नै बढी हुदाँेरहेछ भन्ने ज्ञान केजरीवाल प्रकरणवाट पनि हामीले सिक्न र जान्न सक्छौ । आरोप लगाउन जति सजिलो हुन्छ, त्यो भन्दा कयौं गुना कष्ट र दुःख काम गर्न हुन्छ भन्ने कुरा हामी पनि केजरीवाल प्रकरणवाट सिक्न सक्छौ ।
केजरीवाललाई अब भगवानले रक्षा गरुन ।
थप समाचारका लागि यहाँ क्लिक गर्नुहोस











No comments:

Post a Comment