रुक्माङगद कटुवाल एक यस्ता प्रधानसेनापति हुन, जो नेपाल लगायत देश बिदेश सबै तिर सद्यै चर्चामा नै रहन्छन् । नेपाली सेना सद्यै राजदरबार प्रति बफादार छ भन्ने आरोप लागिरहदाँ २ सय ४० बर्षीया शाहबंशीय शाषन अन्त्यको औपचारिक घोषणा गर्दा उनले लोकतान्त्रिक सरकारलाई साथ मात्रै दिएनन, जनआन्दोलन–२ वाट पुर्नस्थापित प्रतिनिधिसभाले गरेका सबै जसो निर्णय स्विकार गरे र संविधानसभाले मुलुकलाई गणतान्त्रिक घोषणा गर्दा पनि सहयोग गरे । र, नेपाली सेना दरबार प्रति होइन, जनता र जन प्रतिनिधिप्रति वफादार छ भन्ने पुष्टी गराएर छाडे । नेपालको राजनीतिक परिवर्तनलाई आत्मसात गर्ने प्रधान सेनापतिको रुपमा चिनिएका कटुवाललाई एकीकृत नेकपा माओवादी अध्यक्षका पुष्पकमल दाहालले वर्खास्त गर्ने असफल प्रयास गरे । परिणाम, दाहालले सरकारवाट राजिनामा दिएर सडक आन्दोलनमा गए भने कटुवाल प्रधानसेनापतिमा यथावत रहे । जुन घटना नेपालको इतिहासमा निकै महत्वको साथ स्थापित हुन पुग्यो ।
‘एउटा जर्नेल कहिल्यै रिटायर्ड हुदैन’ भनेर अभिब्यक्ति दिए पछि उनको थप चर्चा र परिचर्चा भयो । कसैले मन पराओस वा मन नपराओस तर सत्य के हो भने लोकतान्त्रिक मुल्य मान्यता र बिद्यिको शाषनमा उनले कहिल्यै सम्झौता गरेनन् । लोकतान्त्रिक आन्दोलन प्रति सद्यै साथ दिने प्रतिवद्धता जनाई रहने कटुवाल एक राष्ट्रवादी हुन् । परिणाम, जसले उनलाई हटाउन असफल प्रयास गरयो, अर्थात प्रचण्डले उनलाई स-सम्मान आफनो पार्टीको चियापान कार्यक्रममा बोलाएर कटुवालले ठिक गरेका रहेछन भनेर सन्देश दिए । त्यसमाथी, आफनो राजनीतिक प्रतिवेदनमा कयौं पटक प्रचण्डले कटुवाललाई हटाउन खोज्नु गल्ति भएको भन्दै लिखित रुपमा नै स्विकार गरे । जुन हुनु थियो, वा गर्नु पर्ने थियो, त्यसलाई प्रचण्डले दस्तावेजवाट नै सम्वोधन गरिदिए । 'सेनाको लोकतान्त्रिकरण भनेको राजनीतिकरण हो' भन्ने माओवादीललाई कटुवालले ‘सेनाको लोकतान्त्रिकरण हुदैन, सेनाको आधुनिकरण हुन्छ’ भनेर प्रस्ट अडान राखिरहे । र त, कटुवाल सबैका लागि प्रेरणाका स्रोत पनि बने ।
आजकाल कटुवाल फेसबुक र टिवटर मार्फत आफनो धारणा बाहिर ल्याउन लागेका पनि रहेछन । यो ब्लग लेखिरहदाँसम्म जुलाई २५, २०१४ मा एकै दिन खोलिएका सामाजिक सञ्जालका दुई एकाउन्ट मध्ये फेसबुकमा कटुवाललाई १ हजार दुई सय ४० र टिवटरमा ३ सय ६३ जनाले पच्छयाएको देखिन्छ । जहाँवाट उनले आफनो धारणा राख्न सुरु गरेका छन । मुख्यतः देशको जल्दोबल्दो स्थीतिमा सोही सामाजिक सञ्जालमार्फत धारणा बाहिर ल्याएका छन, जमना जो सामाजिक सञ्जालको प्रभावकारिताको छ ।
भारतीय बिदेश मन्त्री सुषमा स्वाराज देखी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आउँदो भ्रमणमा नेपालको पानी बारे चर्का बहस भइरहेका छन । त्यसमा कटुवालले पनि त्यस वारेमा जुलाई २८ मा यस्तो धारणा राखेका रहेछन– ‘बहुमूल्य पानी बगेर गएको गयैछ। आपसी विवादमा अल्झिएर हामी भने आफ्नै कारणले छिमेकीहरूसँग जलस्रोतबाट उपयुक्त फाइदा लिन सकिराखेका छैनौँ।’
यसले के देखाउँछ भने कटुवालले फेसबुक र टिवटर मार्फत देशको जल्दोबल्दो स्थीतिवारे आफना धारणा राख्न पनि सुरु गरिरहेका छन । जस्तो कि, बिदेशी नेताले नेपाल भ्रमण गर्दा र नेपाली नेताले बिदेश भ्रमण गर्दा देखिएको फरकपना बारे धारणा राखेका छन । उनले आफनो फेसबुक पेजमा २० घन्टा अघि लेखेका छन– 'कुनै भारतीय, चीनिया वा बेलायती नेता या उच्च पदस्थ अधिकारी नेपाल भ्रमणमा व्यक्ति भएर हैन, आफ्नो देशको प्रतिनिधित्व गरेर आउँछन्। तर दुस्खका साथ स्विकार्नु पर्छ हाम्रा नेता भने विदेश जाँदा नेपाली भएर हैन, निजी स्वार्थको झोला बोकेर खालि व्यक्ति भएर जान्छन्। हदै भए कुनै गुटको नेता भएर जालान्। यस्तो दुर्भाग्यपूर्ण अवस्था कहिलेसम्म चलाउने ? के स्वाभिमानी नेपाली भएर हामीले राष्ट्रिय हितका लागि काम गर्नुपर्दैन ?'
बर्मेली नेतृ तथा नोबेल पुरस्कार बिजेता आङसाङ सुकीले नेपाल भ्रमणको क्रममा अघिल्लो महिना नेपाली सेनाको खुलेरै मुक्तकण्ठले प्रंशशा गरिन । नेपालको लोकतान्त्रिक आन्दोलनलाई नेपाली सेनाले साथ दिएको प्रसङ्ग उल्लेख गर्दै सुकीले बर्मेली सेनाले यो कुरा सिक्नु पर्ने बताएकी थिइन, त्यो भ्रमणमा । नेपाल भ्रमणको क्रममा बताएको सो कुरालाई कटुवालले महत्वका साथ टिवट गरेका रहेछन किनकी मुलुक गणतन्त्रमा औपचारिक रुपमा प्रवेश गर्दा कटुवाल नै प्रधानसेनापतिको जिम्मेवारी थिए ।

प्रकाशित हुन लागेको आत्मकथा पुस्तकको आवरण |
त्यसैले होला सुकीको सो भनाईलाई उनले आफनो टिवटरमा महत्वका साथ लेखेका छन– Recently, Myanmar's Aung San Suu Kyi said, "Thank you, General. Please
tell the Burmese Army to do what your Army has done here." #NepalArmy, What Suu Kyi said, in fact, was the acknowledgment of #NepalArmy's professionalism and commitment to democracy.
यस्तै कटुवालले आफनो फेसबुक पेजमा तत्काल कुनै पार्टी खोल्ने योजना नभएको तर कोही जंगल पसे पार्टी खोल्ने योजना बनाएका रहेछन । त्यसवारे उनले आफनो पेजमा लेखेका छन– केही साथीभाइले मलाई नयाँ पार्टी खोल्न लाग्नु भएको हो भनेर सोध्नुभयो। नयाँ पार्टी किन चाहियो ? पार्टी नै पार्टी छन् । तर अहिलेका सारा नेता जंगल पसे भने विचार गरौँला। देश त कसै न कसैले चलाउनै पर्छ ।
कटुवालले आगामी दिनमा कस्तो कस्तो कुरा सार्वजनिक गर्ने हो ? त्यो भने अझै हेर्न वाँकी छ । आजसम्म फेसबुकमा गरेका पोष्ट र टिवटरमा गरेका टिवटहरुलाई समावेश गरेको छु । फेरी पनि उनको धारणा ब्लगमा लेख्ने नै छु, यदी सार्वजनिक चासोको बिषय भएमा मात्र ।
अर्को कुरा, यीनै कटुवालको पुस्तक बजारमा आउन लागेको छ, जहाँ उनले दरबारमा बिताएका क्षण देखी जनआन्दोलन–२ मा सेना र पुर्वराजा ज्ञानेन्द्र शाहको सवन्ध, प्रचण्डले उनलाई गरेको वर्खास्ती लगायतका धेरै कुरा समावेश हुने अपेक्षा गरिएको छ । नेपालयले प्रकाशन गर्न लागेको उक्त पुस्तकले एकचोटी नेपाली राजनीतिलाई मज्जैसँग हल्लाउनेमा शंका भने छैन । पुस्तकमा समावेश भएको एक अंश चाँही यस्तो रहेछ– राजिनामा प्रकरणको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाए पछि बालुवाटार पस्नु अघि बाहिर २ ट्रक कमाण्डो उभ्याएर आदेश दिएको थिएँ कि हरेक १० मिनेटमा त्यो झ्यालमा देखा परिँन भने धावा बोल्नुु । प्रावधिक कारण सबै अंश हाल्न सकिएन, मिलेन । तैपनी त्यसमध्ये पुस्तकमा रहेका केही अंश पढन मन लागे, तल क्लिक गर्न सक्नु हुन्छ ।
थप पढन चाँही यहाँ क्लिक गर्नुहोस

No comments:
Post a Comment