प्रकाश वस्ती,
सर्वोच्चबाट गलहत्याइएका अस्थायी न्यायाधीश
बितेको ९० दिन मेरो पदावधि २०७० चैत २९ गते सकियो । न्यायाधिशको आचार संहितामा कहिँ गएर इन्टरभ्यू दिन नहुने, केही बोल्न नहुने र कहिँ कतैसँग भेटघाट गर्न नहुने कुरा छ । यद्यपि चैत्र २४ पछि आजकै ठ्याक्कै तीन महिना (असार २९० गते आइतबार) अगाडि मेरो पदावदी टुंगिए पनि मेरो थुपै्र पैmसलाहरु बाँकी थिए, लेख्न बाँकी थियो, सही गर्न बाँकी थियो । यद्यपि मैले राज्यबाट यो तीन महिना बापतको केही पाउने त होइन । तर पनि, बाहिर फेर बोल्दै हिँड्नु मलाई अनैतिक काम जस्तो लाग्यो ।
जबसम्म माननीय न्यायाधिश भएर सही ठोक्छुु, त्यो दिनसम्म मैले न्यायालयको गरिमा, त्यसका लागि तयार भएको आचारसंहिताको मर्यादा राख्नुपर्छ । त्यसकारण यो तीन महिना मैले चुपचाप बिताएँ ।नमान्दा पनि हुन्थ्यो अब मेरा लागि मैले नेतृत्व गर्ने कुनै पनि संस्था छैनन्, सबै सिध्याएँ ।मेरो खराब बानी के छ भने, दुःख पाउने । अरुले लेखेको मलाई चित्तै बुझ्दैन । मेरो राय मैले आफैँले लेख्नुपर्छ । प्रायः मेरा रायमा ह्रश्वदीर्घ मिलेकै हुनुपर्छ र मिलेकै पनि हुन्छन् । जहाँ मेरो राय हुन्छ त्यहाँ, शुरुदेखि अन्तिमसम्म ह्रश्व–दीर्घ मिलेकै हेर्छु पनि म । पदबाट बाहिरिए पछि आचारंहीता मानि राख्नु पर्दैनथ्यो, तर मैले मानेँ ।
सर्वोच्चबाट गलहत्याइएका अस्थायी न्यायाधीश
बितेको ९० दिन मेरो पदावधि २०७० चैत २९ गते सकियो । न्यायाधिशको आचार संहितामा कहिँ गएर इन्टरभ्यू दिन नहुने, केही बोल्न नहुने र कहिँ कतैसँग भेटघाट गर्न नहुने कुरा छ । यद्यपि चैत्र २४ पछि आजकै ठ्याक्कै तीन महिना (असार २९० गते आइतबार) अगाडि मेरो पदावदी टुंगिए पनि मेरो थुपै्र पैmसलाहरु बाँकी थिए, लेख्न बाँकी थियो, सही गर्न बाँकी थियो । यद्यपि मैले राज्यबाट यो तीन महिना बापतको केही पाउने त होइन । तर पनि, बाहिर फेर बोल्दै हिँड्नु मलाई अनैतिक काम जस्तो लाग्यो ।
जबसम्म माननीय न्यायाधिश भएर सही ठोक्छुु, त्यो दिनसम्म मैले न्यायालयको गरिमा, त्यसका लागि तयार भएको आचारसंहिताको मर्यादा राख्नुपर्छ । त्यसकारण यो तीन महिना मैले चुपचाप बिताएँ ।नमान्दा पनि हुन्थ्यो अब मेरा लागि मैले नेतृत्व गर्ने कुनै पनि संस्था छैनन्, सबै सिध्याएँ ।मेरो खराब बानी के छ भने, दुःख पाउने । अरुले लेखेको मलाई चित्तै बुझ्दैन । मेरो राय मैले आफैँले लेख्नुपर्छ । प्रायः मेरा रायमा ह्रश्वदीर्घ मिलेकै हुनुपर्छ र मिलेकै पनि हुन्छन् । जहाँ मेरो राय हुन्छ त्यहाँ, शुरुदेखि अन्तिमसम्म ह्रश्व–दीर्घ मिलेकै हेर्छु पनि म । पदबाट बाहिरिए पछि आचारंहीता मानि राख्नु पर्दैनथ्यो, तर मैले मानेँ ।
अनुभव आर्यघाटतिर ? उमेरले ५९÷६० वर्षको भइयो । जिन्दगी त अझै १०÷१५ वर्षको सक्रिय जीवन बाँकी नै छ । ३२ वर्ष मैले कानुन व्यावसाय गरँे । पाँच वर्ष न्यायाधीश भएर काम गरेँ । त्यो ३७ वर्षको अनुभव छ । त्यहीभित्र २१ वर्ष नेपाल ल क्याम्पसमा पढाएँ पनि । १५÷२० वर्ष ‘ल जर्नल’ को प्रधान सम्पादक भएँ मेरा ती अनुभवबाट यो राष्ट्रले केही न केही त पाउनुपर्छ ! म चूपलागेर बसेँ भने त मेरो अनुभव मसँगै आर्यघाटमा बग्छन् ।
फैसलामा अग्रता: न्यायाधीश हुँदा जम्मा ६ हजार ९ सय ४८ मुद्दा फैसला गरेँ । यत्तिको अवधीमा अरुले यो संख्यामा फैसला गरेका छैनन् । प्रत्येक वर्ष राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश हुन्छ । त्यो फाइल पल्टाएर हेर्नुहुन्छ भने पनि यति धेरै फैसला कसैको छैन । अन्तिममा म आज भोलि मै जान्छु भन्ने अवस्थामा पनि एक सय ६६ मुद्दा फैसला गरेँ । अरुले चाहिँ त्यो अवधिमा ५०÷६० भन्दा बढि मुद्दा फैसला गर्दैैै गरेका छैनन् ।
अनुहार हेर्दै फैसला: कुरा जति सुकै गोप्य भए पनि म भन्छु, कि फैसला गर्दा वकिलको अनुहार हेर्ने चलन छ । एउटा सानो मुद्दा हुन्छ । सबै पार्टीका एक–एक जना वकिल हन्छन् । किन त्यसरी वकिल राखेको ? किनभने, फेबर (पक्षधरता) को लागि । प्रत्येक राजनीतिक पार्टीले मलाई फेबर गरिदियोस् भन्ने अभिप्राय हो त्यो । अब मलाई सिध्याउँछन् म बेञ्चमा जान्थेँ, पढ्थेँ, बुझ्थेँ । र, त्यो मुद्दा पन्छाउँदिनथेँ । ‘दिनभरी सुनेर पनि किन आदेश गरिनस् ?’ भन्ने प्रश्न म उठ्न दिन्नथेँ । यसमा मलाई पश्चाताप छैन ।
तर, अहिले आउर डराउनु पर्ने पो रहेछ कि जस्तो लाग्न थाल्यो । मान्छे बोल्दैनन् । किनभने, बलेको आगो मात्र ताप्छन यहाँ । मैले यो दुई महिना यता दुई सय ३८ मुद्दामा सही गरेको छु । आज बिहानसम्म ठ्याक्कै दुई सय ३८ वटा सिध्याएँ । मलाई बिगत एक वर्षदेखि ‘अब सिध्याउँछन्’ जस्तो लाग्न थालेको थियो । मैले हारेँ स्थायी पद पूरा भएपछि मात्र अस्थायी नियुक्ति गर्ने संवैधानिक प्रावधान छ । अस्थायी न्यायाधीश सीधै राख्न पाइँदैनथ्यो । स्थायी पद १५ पुगेपछि मात्र अस्थायी पद १६, १७ र १८ राख्ने प्रावधान हो । त्यसो हुँदाहुँदै पनि हामीलाई फेरि अस्थायीमै लगियो । त्यही बेला निर्वाचन आयोग र अख्तियारमा पदाधिकारी जाँदा स्थायी भएर गए । हामीलाई चाहिँ अस्थायी बनाएर लगियो ।
२०६९ साल माघ २ गते स्थायीको प्रक्रिया शुरु भयो । १ गते बाधा अड्काउ फुक्यो । २ गतेदेखि नै प्रक्रिया त शुरु भयो, तर २८÷२९ दिन लाग्यो । हामी अस्थायी न्यायाधीशलाई फेरि अस्थायी मैँ लगियो । त्यसरी एक वर्षका लागि फेरि अस्थायी न्यायाधीश नै बनाइँदा मलाई नजाऊँ कि भन्ने लाग्यो । किनभने, संविधान त बिग्रेको थियो । फेरि सोचेँ, मैले कानुन व्यावसाय गर्न पाउदिनँ । पहिला अस्थायीबाट अवकास पाएको न्यायाधीशले त्यो अधिकार राख्यो । तर, ०६३ को संविधानले अस्थायीलाई पनि कस्यो । फेरि एक वर्ष अस्थायीमा लगिए पछि मैले अब कुनै पनि दिन तानिनँ पनि सक्छु जस्तो लाग्यो । मसँग उपाय पनि थिएन । किनभने, ममाथि कुनै राजनीतिक दलको सहयोग थिएन ।
अर्कोकुरा, मसँग ब्रिफकेश थिएन । कसम खाएको छु कि, ९० वर्ष पार गर्नुभएकी मेरी आमा आज पनि जिउँदै हुनुहुन्छ, मैले अनैतिक तवरबाट एक पैसा खानु र आमाको रगत खानु मेरा लागि उस्तै हो । अन्तिममा मसँग दुई चिज थियो । त्यो हो, इमान र मेहेनत । मलाई जोगाउनसक्ने अस्त्र एउटा आत्मविश्वास र अर्को मेहेनत । यी दुईबाहेक अरु कसैले मलाई जोगाउँदैन भन्ने पूरा विश्वास थियो । तर, आज मेरो इमान, इज्जत दुबैले हार खायो, परास्त भयो ।
कर्मकाण्डको कर मसँग नगद नै मागियो त म भन्दिनँ । तर, घुमाइफिराइ जे–जे घटना भए, तिनले त्यस्तै संकेत गर्दैथे । चैत २९ गते हामी सर्वोच्चबाट निस्किँयौँ । वैशाख २÷३ गतेको कुरा हो । मेरो अनन्य मित्र हुनुहुन्छ, वरिष्ठ अधिवक्ता नारायणबल्लभ पन्त । उहाँले मलाई भन्नुभयो, ‘भाई मिलापत्र गर्ने होइन ?’ उहाँले ‘गोपाल पराजुलीभन्दा तलको वरियतामा बस’ भन्नुभयो । मैले सोधेँ, ‘यो कुरा तिमीलाई कसले भन्यो ?’ उहाँले ‘भन्दिनँ’ भन्नुभयो । अनि रिस उठ्योँ । भनेँ, ‘आइन्दा यस्ता कुुरा मसँग नगर । बरु भोकै मर्छु, आधा पेटै खाउँला, फरक पर्दैन, तर आफँं गिरेर त्यहाँसम्म पुग्दिनँ ।’ उहाँसँग यति कुरा फोनमा भएको हो ।
वैशाखको ५ गते मलाई प्रधानन्यायाधीशले फोन गरेर भेट्न बोलाउनुभयो (पिएले फोन गरे) । घर बोलाउनुभएको थियो । मैले ‘त्यहीँ (सर्वोच्च) भेट्छु, कसैको घर जानु छैन, म चेम्बरमै भेट्छु, म आफ्नो घरमा नि कोही नआओस् भन्ने चाहने मान्छे’ भनेँ । ‘हैन, घरमै आउनुस्’ भनेपछि म आरुबारी गएँ । ‘तपाईं न्यायपालिकाको लागि नभई नहुने मान्छे । यस्तो मान्छे गुड लक हुन्छ’ भन्नुभयो । मैले उहाँको यो कुरालाई ‘आशीर्वाद’ झैँ मानेँ । ‘तपाईंको ग्रहदशा साह्रै्र खराब रहेछन्’, प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले सोध्नुभयो, ‘ग्रह शान्ति गर्नुहुन्न ?’ यसो भन्दा उहाँकै मन्दिर परिसरमा थियौँं हामी । भगवानकै रोहबरमा, भगवानलाई साक्षी राखेर श्रद्धेय प्रधानन्यायाधीशले ‘ग्रह शान्ति गर्नुस्’ भन्नुको भित्री आशय के हो ? मैले भनेँ, ‘श्रीमान् म भगवानलाई विश्वास गर्छु, तर कर्मकाण्डमा विश्वास गर्दिनँ ।’ त्यस पछि यो कुराको च्याप्टर क्लोज भयो ।
अब यसलाई चाहिँ पैसा मागेको हो भन्ने कुरामा अथ्र्याउन चाहिँ मिल्दैन । ‘ग्रह शान्ति गर’ भनेको पनि राम्रै हिसाबले, अविभावको हिसाबले भनेको हुन सक्छ । हुन सक्छ कि, मेरो ग्रहदशा खराबै थिए होलान् । नत्र किन त्यत्रो पारदर्शी माया गर्दागर्दै उहाँले त्यतिमात्र पछि सम्झाउनु भयो ? उहाँले भन्नुभयो, ‘वकिलको त नम्बर हुन्छ । त्यही नम्बरबाट अगाडि–पछाडि चल्छ । हाम्रो त जो माथिल्लो तहमा नम्बर हुन्छ, त्यही सिनियर हुन्छ ।’ अनि दोस्रो कुुरा नारायण बल्लभजीले भने जस्तै भन्नुभयो । अर्थात्, ‘तपाइँ अलिकति पछाडि बस्नुस् न’ भन्नुभयो । ‘मैले साथी÷संस्था भनेर होइन, त्यसो गरे देखि मेरै भाइ जस्तो हुन्छ, सम्झाउन सक्छु भनेर भनेको हुँ । कसैले भन भनेर होइन’ भन्नुभयो । जबकी, नारायणवल्लभजीले तीन दिन पहिला यो कुरा भनि सक्नु भएको थियो । यही कुरा उहाँलाई पनि सुनाएँ, ‘जो व्यक्तिले आफूलाई न्याय गर्न सक्दैनँ, त्यो व्यक्तिले अरुलाई पनि न्याय दिन सक्दैनँ ।’ दामोदर श्रीमान्ले भन्नुभयो, ‘तल माथि भएर के हुने हो र ? प्रधानन्यायधीश भएर पनि के हुने हो र ? आखिर फैसला गर्ने त हो !’ नारायणबल्लभजीले यो कुरा भन्नु र प्रधान न्यायधीशले त्यो कुरा गर्नुमा केही नेक्सस छ कि जस्तो लाग्छ मलाई । अनि प्रधानन्यायाधीशले ‘रातभरि सोच्नुस्, भोलि जवाफ दिए पनि हुन्छ’ भन्नुभयो ।
आफैँ जुनियर भएर जान मञ्जुर हुँदा मान्छेले मलाई थुक्छन् । मलाई पनि घूस खान बस्यो भन्छन् । हिजो जसको अपिल सुनेर बस्यो, त्यसैको मुनि गएर बस्यो भन्छन् । ‘बरु, म फुटपाथेलाई, फुटपाथै सही’ भनेँ । खेमनारायणको खेलो यसरी म सर्वोच्चबाट बाहिरिएँ । अनि, नारायणवल्लभलाई फोन गरँे । यो ११ गते दिउँसोको कुरा हो ।
उहाँले भन्नुभयो, ‘सबै मेरा साथी हुन्, जुनियर लयर सबै अगाडि छन् । सबैले तिमी नभएकोमा दुःख मनाऊ गरेका छन् । एकदमै दुःखी छु ।’ मैले भनेँ, ‘ल भन त नारायणबल्लव, तिमीले नै मलाई जुनियर भन्दा तल बसेर जाऊ भन्न मिल्छ त ? तिमीलाई कसले त्यस्तो भन्नु भन्या’थ्यो ?’ उहाँले सोध्नुभयो, ‘तिमीलाई कसैले फोन गरेनन् ?’ यो संवादका साक्षी (उहाँका साथीहरु) अगाडि–पछाडि थिए होलान्, यो फोनमा भएको कुरा हो । मैले भनेँ, ‘मलाई त कसैले फोन गरेन । बरु, दामोदर श्रीमान्ले भेट्न चाहिँ बोलाएको हो ।’ उहाँले सोध्नुभयो, ‘अनि, तिमलाई खेमनारायण ढुंगानाले पनि फोन गरेन ?’ खेमनारायण र म बिएल पढ्दाको सहपाठी हौँ । मैले चाल पाएँ, यो कुरा दामोदर शर्मा र खेमनारायणबीच त भएको रहेछ !
गोविन्दराजको गलपासो: म ६ वर्ष अख्तियारमा कानुनी सल्लाहकार भएर बसेँ । क–कसलाई मुद्दा चलाउनुपथ्र्यो, त्यो कुरा आयुक्तले निर्णय गर्थे । जब चार्जसीट बनेर आउँथ्यो, तबमात्र त्यसमा मेरो भूमिका हुने हो । जब चार्जसीट वा प्रतिवेदन तयार भएर आउँथ्यो, त्यसमा मैले ‘डिफेन्स लयर’ (वचावका दृष्टिले) को आँखाले हेर्नु पर्ने हुन्थ्यो । तत्कालिन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग मेरो दोस्ती, नातागोता केही थिएन । उहाँ कानुनमा ठूलो हो, त्यसरी मात्र चिन्थेँ म । पहिला त उहाँसँग मेरो चिनजान पनि थिएन । सबै मुद्दा पुनरावेदनमा दर्ता हुन्थे । अख्तियारले ११ वटा मुद्दा लगेको रहेछ । ११ मध्ये १० वटामा मैले डिफेन्स लयरको भूमिका निर्वाह गरँे । अर्थात्, प्रतिवादी वकिल थिए । र, जति मुद्दामा हामी जान्थ्यौँ, सबैमा जित्थ्यौँ पनि ।
शायद, त्यही कारणले होला, उहाँले त्यहीबेला अचानक फोन गरेर डिल्लीबजारस्थित मेरो अफिस मै आइ पुग्नुभयो । ‘अन द स्पट’ आएपछि ‘मेरो सल्लाहकार बसिदिनुहोस्, तपाइँलाई पैसा कति चाहिन्छ ?’ भनेर सोध्नुभयो । ‘मैले ल फर्म छोडेँ भने तपाइँले कति समय लिनुहुन्छ ? तीन वर्ष, चार वर्ष या कति ?’ मेरो भनाइ थियो, ‘तपाईं अख्यियारको प्रमुख आयुक्त हुने त ६ वर्षलाई न हो ! ६ वर्षपछि मैले के गर्ने ? त्यस बेलासम्म मेरा क्लाइन्ट टुटिसकेका हुन्छन् ।’ उहाँले भन्नुभयो, ‘होइन, ६ वर्ष भनेको धेरै लामो समय पनि होइन ।’
सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यही हैसियतमा उहाँ संवैधानिक परिषदको अध्यक्ष हुनु हुन्थ्यो । विमल कोइराला सरकारको मुख्य सचिव हुनुहुन्थ्यो । विमलजीले मलाई ‘अध्यक्षज्यूको आज्ञा’ ले भन्नुभयो, ‘अख्तियारको आयुक्तमा गइ दिनुस् ।’ विमलजीलाई मैले मैले चिनेको थिएन । भाइ चाहिँ मेरा विद्यार्थी रहेछन् रमेश कोइराला भन्ने । विमल कोइराला भन्या रमेशको दाइ भन्ने पनि थाहा थिएन । पछि एउटा विवाहको पार्टीमा भेट भयो । भन्नुभयो, ‘म विमल कोइराला हो । तपाइँ र मेरो फोनमा कुरा भएको होइन ? शम्भु थापा साक्षी छन्, सोध्दा हुन्छ ।’ त्यसरी अख्तियार गए पछि को–को जोगिए, को–को जोगिएनन्, अर्को पाटो भयो ।
(गोविन्दराज जोशीको भ्रमष्टाचारसम्बन्धी मुद्दाका सन्दर्भमा) वकिलको धर्म हित गर्ने हो, अहित नगर्ने होइन । मैले त्यही हिसाबले काम गरेको हुँ । अब, उपेन्द्रकेशरीजी (गोविन्दराजका वकिल) सँग कतिपय मुद्दामा सँगै काम पनि गरियो । म त्यो रोल रोलमा (उनका क्लाइन्ट बिगार्ने) कहिल्यै पनि रहिनँ । अर्को पुष्ट्याइँ सर्वोच्चका न्यायाधीशहरु मेरा साथी नै हुन्थे । विभिन्न अवसरमा विभिन्न कुरा भन्थे, भूमिकाहरु भन्थे । परोक्ष र प्रत्यक्ष रुपमा प्रष्ट भन्थे । सबैभन्दा बढी त्यहाँ भएकामध्ये मलाई दामोदर सर (हालका प्रधानन्यायाधीश) ले नै माया गर्नुहुन्थ्यो । उहाँले धेरै कुरा भन्नु पनि भएको छ । रामकुमार श्रीमान्ले पनि धेरै कुरा भन्नुभयो । तर, जति दामोदर शर्माले भन्नुहुन्थ्यो त्यति रामकुमार सरले भन्नु हुन्थेन । मलाई सिध्याउँदैछन् भन्ने कुरा कसैले पनि भनेन । सबैले ‘तपाईंको विरुद्ध धेरै लागिरहेछन्’ चाहिँ भन्नुहुन्थ्यो, मलाई यो कुरा थाहा थियो । नाटकै नाटक अहिले म वरियता भित्रै रहेर स्थायी न्यायाधीश भएको भए २०७४ सालमा प्रधानन्यायाधीश हुन्थेँ । म एक वर्ष २२–२५ दिन, यस्तै खान्थेँ ।
गोपाल पराजुली आए पनि केही वर्ष हुन्थेँ होला । म हुँदा हुँदै उहाँलाई अलि गाह्रो हुन्थ्यो । जस्तो सुशीला कार्की हुँदा हुँदै वैद्यनाथ रिटायर्ड हुनुभयो नि, किनभने म भैदिएको भए उहाँ कुनै पनि हालत हुनु हुन्थ्यो । उहाँलाई प्रधानन्यायाधीशले जसरी पनि बनाउने हिसाब मै रहे जस्तो लाग्यो । गोपाल पराजुलीले कतिसम्म गर्नुभयो भने, एकचोटि प्रधानन्यायाधीशको प्रेसर हाई भएछ । डाक्टरलाई बोलाउनु भयो । डाक्टरले गंगालाल अस्पताल लगे । डाक्टरले उहाँसँग फि लिन चाहेन । बरु, हाई प्रोफाइलको प्यासेन्ट भनेर होला, गंगालालमै भर्ना गरिदिए । गोपालजी दोडेर जानु भएछ । ‘ओऽऽऽहो, मेरो पनि प्रेसर बढ्यो’ भन्दै अर्को खाटमा गएर खत्रक्क पल्टिनु भयो । त्यसरी प्रधानन्यायाधीश सुतेको खातभन्दा पल्लो खाटमा उहाँ २४ घण्टा सँगै बस्नुभयो । प्रधानन्यायाधीश प्रत्येक रामनवीको दिन मकवानपुरको जितपुर पुग्नुहुन्छ । त्यहाँ भगवानको मन्दिर छ रे ! गाडी लिएर जानुभयो, गाडी मै फर्किने सुरमा हुनुहुन्थ्यो । यो कुरा चाल पाएपछि गोपालजी प्लेनमा सिमरा जानुभयो । र, ९ वटा सिट बुक गर्नु भएछ । दक्षिणकालीको बाटो बन्दै थियो । बिहान ६ बजेदेखि मात्र खुल्ने अवस्था थियो । सिडिओलाई ‘प्रधानन्यायाधीश फर्किने’ भनेर गोपालजीले ५ बजे नै बाटो खुलाउनु भयो । त्यसदिन उहाँको संसदीय सुनुवाई हुने वाला थियो । गोपालजीले त्यही कामका लागि प्लेनमा हालेर ल्याउनुपर्छ भन्दै फर्किने टिकट लिनु भएको रहेछ ।
खान्कीका बान्की न्यायाधीश हुँदा सम्पत्ति कमाउने अफर आउँछन् । तर, ‘यसले भनेको मान्दैन÷टेर्दैन भनेर थाहा पाए पछि चाहिँ आउँदैनन् । सुरमा नै धेरै प्रभाव पार्न खोजिन्छ । एउटा शुरुको घटना हो यो– म त वकिल न थिएँ ! विभिन्न व्यक्तिले मुद्दा दिन्थे । वकिल भएर गएको फुर्ति पनि थियो । मेरै जिल्लाको मान्छे, म उहाँलाई ‘दाइ’ भन्छु । उहाँले भन्नुभयो, ‘यो मुद्दो तेरोमा भोलि पर्छ । तैँले हेर्दिनुप¥यो !’ कुन मुद्दा कस कहाँ पर्छ भन्ने कुरा हामी न्यायाधीशलाई पनि त्यही दिन बेञ्चमा बसे पछि मात्र थाहा हुन्छ, तर ती दाईलाई अघिल्लो दिनै थाहा भएछ । ‘मुद्दाको बारेमा त मलाई केही थाहै छैन, नहेरी कसरी थाहा हुन्छ ?’, भनेँ मैले । अनि उहाँले भन्नुभयो, ‘हैन–हैन, हामी हिजो बिहानै बालुवाटार (प्रधानन्यायाधीश निवास) गएका थियौँ ।
प्रधानन्यायाधीश (केदार गिरी) लाई भेट्यौँ । एउटा मेरो मान्छे, एउटा तेरो मान्छे भन् भन्नु भयो । मैले त तेरो नाम भनेँ ।’ बेञ्चमा भरतराजजी र म थियौँ । भरतलाई यो कुरा शेयर गरेँ । बेञ्चमा दामोदर शर्मा र म थियौँ । करिब त्यो मुद्दा ७०-७२ लाखको थियो । मतलब रिट जारी गर्दा ७०-७२ लाख आउँथ्यो । अनुपराज शर्मा रोल नं.२ मा हुनुहुन्थ्यो । म उहाँलाई दाइ भन्छु । अनुपराज शर्माले भन्नुभयो, ‘यो कुरा हल्ला गर्ने होइन, यस्ता कुरा धेरै आउँछन् । चूप लागेर बस । गर्न मन लागे गर्नु, गर्न मन नलागे यो कुरा मन मै राख्नु, कसैलाई नभन्नु !’ त्यसपछि दामोदर श्रीमान्लाई ‘श्रीमान् यस्तो–यस्तो कुरा’ भनेर बेलि बिस्तार लगाएँ । उहाँले रोक लगाउनु भएन । त्यो मुद्दा मैले पहिले हेरिसकेको थिएँ । यो मुद्दा हार्छस् त्यो सम्पत्ति कुनै क्लाइन्टले किन्ने भन्ने कुरा उठेको थियो ।
कुरा मनकामना केबलकारको हो । मैले उसको १६–१७ वर्ष त्यो कम्पनीको वकिल भएर काम गरेको थिएँ । त्यो जग्गा भैंसेपाटी प्लानिङको हो, २१ रोपनी छ । मैले भनेँ, ‘पैसा धेरै छ भने हाल्नोस्, (फोकटमा पैसा कमाएको भए देखि) नभए नहाल्नुस् !’ मैले फेरि त्यो मुद्दा हेरिसकेको थिएँ, त्यही मुद्दा जिताउनु पर्ने रहेछ । मनकामना केबलकारलाई बेच्नुपर्ने, टेन्डर कल भयो । कसैले अर्नेष्ट मनि राख्यो । टेन्डर त हाल्यो, पछि पु¥याउन सकेन । २१ रोपनी जग्गा पु¥याउन नसकेपछि जफत हुने भयो । जफत गर्न मिल्दैन भन्यो भने पैसा फिर्ता हुने रहेछ । मैले दोमोदर शर्मालाई भनेँ, ‘श्रीमान् यस्तो–यस्तो रहेछ यो मुद्दा । नहेर्ने भनेको छु ।’ भर्खर न्यायाधीश भएर गएको थिएँ । मेरो भाइमार्फत एउटा संस्था आयो, ‘तेरो दाइ बेबकुफ रहेछ, मान्यो भने उसलाई खर्बपति र तँलाई अर्बपति बनाइदिन्छौँ !’ भन्दै । यस्ता अफर मलाई थुप्रै आए । अरुलाई पनि आउँछन् । ‘खाएर’ काम गर्छ भन्ने चाल पाएपछि त झन् कति हो, कति आउँछन् ।
बिचौलियाको बिग्बिगी वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको नेतृत्वमा अदालतका विसंगति औंल्याउने काम भयो । एउटा आयोग बन्या’थ्यो । वास्तवमा वकिलको आँखाबाट अदालत भित्रबाट भ्रष्टाचार शब्द उच्चारण नगरे पनि विकृति र विसंगतिको अध्ययन हामीले ग¥यौँ । त्यो रिपोर्ट करिब–करिब चार सय पेजको प्रकाशित छ । त्यो टिममा हुनेवाला प्रधानन्यायाधीश सबै राखौँ भन्ने मेरो प्रस्ताव थियो । 0प्रधानन्यायाधीशले ‘राख्दिनँ’ भन्नुभयो । तर, उहाँपछि हुने प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मीलाई चाहिँ राख्नुभयो ।
मैले भनेँ, मलाई नराख्नुस्, मलाई धेरैले लखेटिरहेका छन् । किनभने, त्यो ग्रुप (विचौलिया) ले लखेटेपछि गोमन सर्पलाई लखेटे जस्तै हुन्छ, पानी पिउन नपाएर मर्नुपर्छ । मलाई इमान्दारिता र भगवानले बचाए बचाउँछन्, नत्र म जोगिन्न भन्ने मलाई थाहा थियो । त्यो कमिटीमा बसेर प्रतिवेदन तयार पारियो । खिलराज रेग्मीले भन्नुभयो, ‘श्रीमान् यो सबै नराख्नुस् । यो सबै राख्दा हाम्रै आन्द्राभुँडी देखिन्छ ।’ मैले भनेँ, ‘लागु गर्ने तपाईहरुले नै हो । के फरक पर्छ र !’ रामप्रसाद श्रीमान्ले त केही गर्नु पनि भयो । अन्ततः त्यो प्रतिवेदन बाहिर आयो । तर, बाहिर जे आएको छ, त्यो १० भागको एक भाग मात्रै हो । त्यो पढ्नुभयो भने लुकाइएको र बाहिर ल्याइएको हेर्दा जो कोही छक्क पर्छन् ।
मुटु घोच्यो नाम ठेगाना नभनौँ । पत्रकार पृष्ठभूमिको मान्छे हो । उसले मलाई बाजे भन्छ । मलाई के भनियो भने, ‘तिमीले ब्रिफकेश पनि पाउँथ्यौ बाजे, प्रधानन्यायाधीश भएर निस्किन्थ्यौं । आज आफ्नै गलत कारणले गर्दा गलहत्याएर निकालियौं ।’ त्यो संवादले मेरो मुटुमा सुइरो रोपिए जस्तो अनुभव भयो । मैले उहाँलाई भनेँ, ‘म मिल्किएँ, अपमानित रुपमा । तर, त्यति अपमानित व्यक्ति म थिइनँ ।’ मलाई म्यासेज पनि आउँथ्यो, ‘ब्रिफकेस पनि पाउँथ्यौ, प्रधानन्यायधीश भएर पनि निस्न्थ्यौ ।’ पत्रकारकै धम्की अरुले मलाई मुद्दामा कहिल्यै धम्क्याउने आँट गरेनन्, एकजना पत्रकारबाहेक । लेखेर बेइज्जत गरिदिन्छु भन्ने एकजना पत्रकार निस्किए । त्यत्ति हो मैले व्यहोरेको धम्की ।
अब म के गरुँ ? मलाई सर्वोच्च अदालतबाट मिल्काए । अब मैले के गर्ने ? बाटो सोच्दै छु । अहिलेसम्म त म फैसलामै रमाएँ । म कामसँगै रमाउने मान्छे हुँ । मनमा चाहिँ न्यायपालिकालाई बिकृतिबाट अलि टाढा राख्न सक्छु कि भन्ने भन्ने सपना तुहिएको मात्रै हो । मेरो सम्पूर्ण सपनाहरु तुहिएका त छैनन् । अझै पनि नयाँ नयाँ सपनाहरु उमार्न सक्ने, विजय हासिल गर्नसक्ने उमेर पनि छ । मसँग उर्जा पनि छ । मैले पनि सोचेको त छैन, के गर्ने भनेर सोच्नु त पर्छ ।
अनुपराज प्रधानन्यायधीश हुनुहुन्थ्यो । मलाई रामप्रसाद श्रेष्ठले बोलाउनु भयो । ‘ए वस्ती श्रीमान्, के बिचार छ ?’ भनेर सोध्नुभयो । मैले भनेँ, ‘यो अदालत हो । सिष्टम बिग्रिन्छ । यद्यपि म सुशीला कार्कीभन्दा दुई वर्ष जेठो अधिवक्ता हुँ । तर, उहाँ महिला दिदीबहिनी हो । त्यसपछि उहाँको रोल नम्बर १५ हो, मेरो १६ हो । १५ वटा पद हुन्छ । म १६ नम्बरमा परेँ । अहिलेसम्मको सिष्टममा अस्थायीबाट फालिनेमा दुई जना मात्र छन् । एउटा परमानन्द झा, अर्को पवनकुमार ओझा ।
बमको हत्या: रणबहादुर बमको हत्याको कारण प्रष्ट छ । सबैले बुझ्याछन्, कोही बोल्न चाहँदैनन् । त्यो बोल्यो भने मलाई पनि मारिहाल्छन् कि भन्ने डर छ । मरिहाल्ने डर छ । ‘कमजोर कडी कौन ?’ भने जस्तो बनाइनुभयो । उहाँ यति राम्रो मान्छे हुनुहुन्थ्यो कि कुरै नगर्नुुस् । त्यसपछि अदालतका फैसला पनि प्रभावित भए । बडिगार्ड, होमगार्ड दिने कुराले पनि मनोवैज्ञानिक प्रभाव पारेकै हो ।
(वस्तीसँग जनआस्थाले गरेको कुराकानीमा आधारित)
No comments:
Post a Comment