मुलुकको सबैभन्दा ठुलो बामपन्थी दल नेकपा एमालेको नबौं महाधिवेसन भृकुटीमण्डपमा सुरु हुदैछ । पुरै डिजिटल प्रविधियुक्त उदघाटन समारोहमा पनि धेरैको आँखा लागेको छ । महाधिवेसनमा अध्यक्ष झलनाथ खनालले दोहरिन नचाहे पछि अहिले बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओली बिच अध्यक्षका लागि भिडन्त जारी छ । दुवै पक्षका गुट–उपगुटका भेला जारी भएका छन । प्रतिनिधिलाई आ आफनो पक्षमा तान्नका लागि दुवैले प्रयत्न गरिरहेका छन । ओली समुह भन्दा तुलनात्मक रुपमा नेपाल समुम सौम्य र सरल तरिकाले प्रस्तुत भएका देखिन्छ । प्रतिनिधिको तथ्यांकहरु सार्वजनिक भइरहदाँ ओली समुह बलियो देखिएको छ तर नेपाल पक्ष भने त्यसलाई स्विकार गर्ने पक्षमा छैन । हिजो प्रज्ञा भवनमा नेपाल समुहका नेता योगेश भट्टराईले ‘युवाहरुको साथमा अनुभवी नेतृत्व’ भन्दै नेपालको बिजय सुनिश्चित भएको जनाउँदै अहिलेसम्म नखुलेका अध्यक्ष खनाल अन्तिममा माधव नेपालको पक्षमा खुल्ने दावी गरे । र भने, ‘अहिले एमालेमा समुह चरण, प्रि-क्वाटर, क्वाटर र सेमी फाइनलको खेल भइ रहेका छन तर फाइनल खेलमा अध्यक्ष कमरेडले बल पास गर्नुृ हुन्छ र माधव कमरेडले गोल हान्नु हुन्छ ।’
हिजोको दिनमा केपी ओली पक्षधरमा रहेका कृष्ण गोपाल श्रेष्ठ र नेपालका ‘नेल्सन मण्डेला’ भनिएका मोहनचन्द्र अधिकारीसहित चर्चित युवा नेताहरु रामकुमारी झाक्री, ठाकुर गैरे, राजेन्द्र राई, टंक कार्की, घनश्याम भुषाल लगायत उपस्थित रहेको सो कार्यक्रममा ओली पक्ष नेपाल पक्षको बिजयवाट तर्सिएको आरोप पनि योगेश भट्टराईले लगाए । भने, ‘ओली पक्ष महाधिवेसन कब्जाको रणनीतिमा लागेको छ, त्यसका लागि विभिन्न हत्कण्डा अपनाउँदैछ ।’ त्यसको प्रमाण स्वरुप ओली पक्षले जारी गरेको भनिएको गोप्य सर्कुलर त्यहाँ पढेर सुनाईएको थियो । जसअनुसार ओली पक्षले जारी गरेको सर्कुलर भन्दै पढाएर सुनाइएको बुदाँहरु यस प्रकार छन ।
महाधिवेशन कब्जा गर्ने ओलीको गोप्य रणनीति
१८ असार, काठमाडौं
भोलीवाट शुरु हुने नेकपा एमालेको नवौं महाधिवेशनमा आफ्नो पक्षका प्रतिनिधी कम आएपछि अध्यक्षका प्रत्यासी केपी आली समूहले महाधिवेशन स्थल नै कब्जा गर्ने गोप्य रणनीति बनाएको छ । हिजो अल्फाबिटा कम्प्लेक्समा भएको ओली पक्षका स्वंयसेवकहरुको भेलामा युुवा संघका अध्यक्ष महेश बस्नेतद्वारा दिएको प्रशिक्षणमा महाधिवेशन कब्जाका लागि स्वयंसेवकहरुलाई निम्न रणनीतिबारे जानकारी गराईएको स्रोतले जनाएको छ ।
१. मूल गेटमा ३०० जना आफ्नो पक्षका स्वयम्सेवकहरु तयार गरिने, उनीहरुलाई पिउने पानी, खाजा, आवास सहित आवश्यक सबै कुराको व्यवस्था मिलाइने, रातीमा पनि स्वयम्सेवकहरुको पालो मिलाएर उक्त क्षेत्रको अबलोकन गरिने
२. मूल गेटमा रहने स्वयम्सेवकहरुले आफ्नो पक्षको नेता आउदा हौस्याउने, नारा लगाउने र भित्र पठाउने काम गर्ने तथा अर्को पक्षको नेता आउँदा खिस्याउन, हास्ने र उडाउने प्रकृतिका काम गर्ने
३. मूल गेटमा के.पी. पक्षका कलाकारहरुको टोली निर्माण गरी के.पी. ओलीलाई अध्यक्ष बनाऔँ भनेर बाजा गाजा तथा नाच गान गर्ने
४. २२ वा २३ गते नेतृत्व निर्माणको प्रक्रिया शुरु भएपछि के.पी. ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग राख्दै १०–१० जनाको टोली बनाएर अनशन÷धर्ना बस्ने
५. महाधिवेशनको भित्र रहेका वा आधिकारिक स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण रहेको छ, हाम्रै पहलमा भोटिङ्ग मेशिनको प्रयोग गरिएको छ, यो हाम्रो अनुकुल छ
६. महाधिवेशनका आधिकारिक स्वयंसेवकले आफ्नो पक्षका अध्यक्ष देखि केन्द्रिय सदस्य र निकायका पदाधिकारीहरुसम्मको नाम कण्ठस्त गर्ने, कुनै पनि प्रतिनिधि मतदान गर्न अलमलमा परेमा तत्काल सहयोग गर्न जाने र उनीहरुले जे भने पनि आफ्नो पक्षमा मतदान गराउने, सुरक्षकर्मी सहयोगी हुनेछन्
७. शक्ति र पैसा दुबैको पूर्ण प्रयोग गर्ने, प्रत्येक प्रतिनिधिलाई पक्ष वा विपक्षमा दृढ, पदको प्रलोभनमा पर्न सक्ने, पैसाको प्रलोभनमा पर्नसक्ने, अन्य कुनै आश्वासनमा पर्नसक्ने भनेर जिल्ला जिल्लाको सूचि तयार भैरहेको छ, जे जे प्रयोग गर्न परे पनि गरिन्छ, यहाँहरुले पनि यसमा केही सूूचना छ भने पनि दिनुहोला, हामी ५०० भोट जित्दैछौँ, उच्च मनोवल सहित अगाडि बढौँ
८. हाम्रो विशेष कुरा यहाँ भन्न मिल्दैन रमेश पौडेल र महेश बर्तौलाले यहाँहरुको कान कानमा भन्नुहुनेछ
No comments:
Post a Comment