नेकपा एमालेको नवौं महाधिवेसन सभाहल ब्यबस्थित देखिए पनि सभास्थल भन्दा बाहिरको परिबेश भने दिनभर निकै तनावपुर्ण रहन पुग्यो ।
महाधिवेसन उदघाटन सत्र हेर्न नदिएको भन्दै एमालेका कार्यकताले प्रदर्शनीमार्गमा निमार्ण गरिएका स्वागतद्धारहरु तोडफोड गरि दिएका छन् । उदघाटन सत्र बन्द कोठ भित्र गरेको र हेर्न नदिएको भन्दै पर्यटनबोर्ड देखी बाल्मिकी क्याम्पससम्म निमार्ण गरिएका सबै स्वागतद्धारलाई आक्रोशित कार्यकर्ताले ध्वस्त बनाई दिएका छन् ।
बामदेव र पोखरेल बिरुद्ध नारावाजी
तोडफोड र आगजनी कारण टुकुचा पुल र ब्लड बैंक नजिकका स्वागतद्धार बाहेक सबै स्वागतद्धार ध्वस्त हुन पुगेका छन् । ब्यापक सुरक्षाकर्मी उपस्थित गराएर सुरक्षा दिए पनि आक्रोशित कार्यकर्ताले ढुंगामुढा गरे पछि प्रहरीले धरपकड गरी भद्रकाली र पुरानो बसपार्कसम्म प्रदर्शनकारीलाई खेदेको थियो । आक्रोशित कार्यकर्ताले गृहमन्त्री तथा एमाले उपाध्यक्ष र ब्यवस्थापन समितिको संयोजक तथा महासचिव इश्वर पोखरेल बिरुद्ध प्रदर्शनीमार्गमा दिनभर जसो नारावाजी गरिरहे । प्रहरी लगाएर एमाले कार्यकर्तालाई कुटाएको भन्दै गृहमन्त्री गौतमको तथा उदघाटन सत्र हेर्ने ब्यवस्था नगरेको भन्दै ब्यवस्थापन समितिका संयोजक पोखरेल बिरुद्ध कार्यकर्ताले नारावाजी गरेका हुन् ।
महाधिवेसन उदघाटन सत्र हेर्न नदिएको भन्दै एमालेका कार्यकताले प्रदर्शनीमार्गमा निमार्ण गरिएका स्वागतद्धारहरु तोडफोड गरि दिएका छन् । उदघाटन सत्र बन्द कोठ भित्र गरेको र हेर्न नदिएको भन्दै पर्यटनबोर्ड देखी बाल्मिकी क्याम्पससम्म निमार्ण गरिएका सबै स्वागतद्धारलाई आक्रोशित कार्यकर्ताले ध्वस्त बनाई दिएका छन् ।
बामदेव र पोखरेल बिरुद्ध नारावाजी
तोडफोड र आगजनी कारण टुकुचा पुल र ब्लड बैंक नजिकका स्वागतद्धार बाहेक सबै स्वागतद्धार ध्वस्त हुन पुगेका छन् । ब्यापक सुरक्षाकर्मी उपस्थित गराएर सुरक्षा दिए पनि आक्रोशित कार्यकर्ताले ढुंगामुढा गरे पछि प्रहरीले धरपकड गरी भद्रकाली र पुरानो बसपार्कसम्म प्रदर्शनकारीलाई खेदेको थियो । आक्रोशित कार्यकर्ताले गृहमन्त्री तथा एमाले उपाध्यक्ष र ब्यवस्थापन समितिको संयोजक तथा महासचिव इश्वर पोखरेल बिरुद्ध प्रदर्शनीमार्गमा दिनभर जसो नारावाजी गरिरहे । प्रहरी लगाएर एमाले कार्यकर्तालाई कुटाएको भन्दै गृहमन्त्री गौतमको तथा उदघाटन सत्र हेर्ने ब्यवस्था नगरेको भन्दै ब्यवस्थापन समितिका संयोजक पोखरेल बिरुद्ध कार्यकर्ताले नारावाजी गरेका हुन् ।
महाधिवेसन प्रवेशद्धारको मुल ढोकालाई च्यातचुत गरिएको छ भने माइकहरु तोडफोड गरेका छन । राष्ट्रिय सभागृहमा उदघाटनको प्रत्यक्ष प्रसारण गर्ने भनिए पनि त्यसका लागि प्राबधिक कठिनाई परे पछि कार्यकर्ताले मुल प्रवेशद्धार अघि आएर नारावाजी गरेका हुन् । त्यसपछि डिआइजी बिश्वराजसिंह नेतृत्व स्वयं उपस्थित भएर सुरक्षा ब्यवस्था कडा पार्ने कार्य गरिएको थियो ।
मन्त्री नै पस्न सकिनन
महाधिवेसनमा आएका प्रतिनिधिले बेलैमा पास नपाउँदा सभास्थल भित्र प्रवेश गर्न सकेनन । प्रतिनिधि पास नभएका कारण तथा मुल प्रवेशद्धारमा स्वयंसेवकले प्रवेशद्धारमा निकै कडा गरे पछि उर्जा मन्त्री राधा ज्ञवालीसहित कयौं केन्द्रीय सदस्यले केही छिन प्रवेश गर्न पनि पाएनन् । यद्धपी, परिचय दिएर तथा प्रतिनिधि पास देखाएर मात्रै केन्द्रीय नेताहरु प्रवेश गरेको दृश्य प्रसस्त देखिन्थ्यो । ‘जस जसले प्रतिनिधि पास पाउनु भएको छैन, उहाँहरुले भोली (शुक्रवार) बल्खु गएर लिन सक्नु हुन्छ,’ महासचिव पोखरेलले सभाहलमा भने ।
मिडियालाई सकस
महाधिवेसनस्थल मिडिया मैत्री बनाउने घोषणा गरे पनि संञ्चारकर्मीलाई ‘प्रेस कार्ड’ बितरणमा भने एमालेले निकै कञ्जुस्याई गरयो । प्रेस कार्ड बितरणको जिम्मेवारी पाएका प्रचार विभाग सचिव सुर्य थापाको अनुद्धार ब्यावहारका कारण सञ्चारकर्मीहरुले निकै हैरानी ब्योहोर्नु परेको थियोे । टेलिभिजनमा प्रत्यक्ष प्रसारणका लागि पर्याप्त जनशक्ति चाहिने भए पनि थापाले एक मिडिया हाउसलाई दुई कार्ड भन्दा बढी दिन नमिल्ने भन्दै प्रत्यक्ष प्रसारण जस्तो बिषयमा पनि थापाले प्राबधिक ज्ञान नभएको ब्यावहारिक देखाए ।
महासचिवले मर्यादा मिलाउन सकेनन
कार्यक्रम सञ्चालक तथा महासचिव पोखरेलले आसन ग्रहण गराउँदा मर्यादाक्रमलाई ख्याल नगर्दा उदघाटन सत्रमा अन्यौलता छाएको थियो । बरिष्ठ नेता माधवकुमार नेपालले मर्यादाक्रम अनुसार आसन ग्रहण गराउन पटक पटक ध्यानाकर्षण गराए पनि महासचिव पोखरेल पटक–पटक चुकिरहेका थिए । कार्यक्रमका मुख्य सञ्चालक महासचिव पोखरेल भए पनि विदेशी प्रतिनिधि तथा बिदेशी राजदुतको आसन ग्रहण गराउने कार्य भने अतिथि ब्यवस्थापन समिति संयोजक भीम राबलवाट गराउने कार्य भएको थियो ।
मन्त्रीलाई आसन ग्रहण गराइएन
सिंचाई मन्त्री तथा कांग्रेस केन्द्रीय समिति सदस्य एनपी साउँद महाधिवेसनस्थलमा उपस्थित भए पनि कार्यक्रम सञ्चालकले आसन ग्रहण नगराए पछि उठेर हिडेका थिए भने आसन ग्रहणको लागि कुनै लिस्ट नलिई आएका पोखरेलले अनुहार हेर्दै मर्यादाक्रम मिचेर आसन ग्रहण गराउने कार्य गरेको दृश्य बास्तवमा लाजमर्दो थियो ।
ओलीको ‘अपमान’, नेपालको ‘सम्मान’
ओलीको ‘अपमान’, नेपालको ‘सम्मान’
उदघाटन सत्रमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले अध्यक्ष झलनाथ खनाल, कार्यबहाक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री गौतम र संविधानसभा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङको नामै लिएर सम्वोधन गरे पनि आफना प्रतिस्पर्धी माधवकुमार नेपालको नाम भने लिएनन, जुन प्रतिनिधिको लागि आश्चर्यको बिषय बन्यो । तर, नेता नेपालले भने ओलीसहित सबै बरिष्ठ नेताहरुको नाम लिएर उदघाटन सत्रलाई सम्वोधन गरि दिएका थिए । त्यसमाथी, सो अघि ओलीलाई अघिल्लो कुर्सीमा बसेका सबै जसो बरिष्ठ नेतालाई देव्रे हात सारेर हात मिलाए पनि नेपालसँग भने मि
भलनाथ र नेपाललाई उपहार, ओली चिल्लै
भारतीय कम्युनिष्ट पार्टीका एक अतिथिले खनाल र नेपाललाई खादा उपहार दिएको तर ओलीलाई भने छुटाएको दृश्यले प्रतिनिधि बिच गाईगुई चलेको थियो । एमाले महाधिवेसनमा बोलाइएका राजनीतिक दलका नेता मध्ये राजेन्द्र महत्तोले मात्रै हिन्दीमा भाषण गरे भने अन्य नेताले नेपालीमा ।
पहिलो पटक प्रवृद्यीको प्रयोग
एमालेले नवौं महाधिवेसनको उदघाटन सत्रलाई भने पुरै डिजिटलमय बनाउने प्रयास गरेको देखियो, जुन महाधिवेसनमा एमालले पहिलो पटक प्रयोग गरेको थियो । नबौं महाधिवेसनको मुल ब्यानर, चुनाव चिन्ह सुर्य मात्रै होइन, अन्य ब्यानरहरुमा पनि डिजिटल प्रविधि प्रयोग गरेको देखिन्थ्यो । अतिथि र प्रतिनिधिलाई रोबोटमार्फत पुष्पवृष्टी गराएर स्वागत गर्ने काम पनि महाधिवेसनमा गरियो ।
डिजिटल कार्डमार्फत खाना खाजा
महाधिवेसनलाई ‘हाइटेक’ बनाउने उदेश्यसहित सबै प्रतिनिधि, स्वयंसेवकलाई ‘डिजिटल कार्ड’ उपलब्ध गराएको छ । सोही कार्ड मार्फत खाना खाजा खाने ब्यवस्था गरिएको छ । दिनको चार पटक खाजा खानाको ब्यवस्था गरिएको छ । ‘हरेक बिहान मासुको ब्यवस्था छ, एकदिन खसी, एकदिन कुखुरा, एकदिन माछाको ब्यवस्था छ, त्यही रोटेसनमा खाना खुवाउँछौ’ खाद्य समितिका संयोजक टंक श्रेष्ठले भने, ‘बिहान खाजा, खाना, दिउसो खाजा र साँझ खाना खुवाउँछौ ।’ उनका अनुसार कम्तिमा दैनिक २५ सय जनाले २० वटा मेसमा खाना र खाजा खाने छन् ।
छलफल गर्न २० पालको ब्यवस्था
बैचारिक र राजनीतिक बिषयमा छलफल गर्न महाधिवेसनस्थका पश्चिम क्षेत्रमा २० वटा घुम्ती घर बनाइएका छन, जहाँ शुक्रवार देखी हुने बन्द सत्रमा बैचारिक, राजनीतिक, सैद्धान्तिकसहित, बिद्यान संसोधनका बारेमा समुहगत छलफल हुने जानकारी एमालेले दिएको छ । मुल प्रवेशद्धारमा मिडिया सेन्टर स्थापना गरिएको छ, जहाँ इन्टरनेट तथा बाइफाई सुबिधा उपलब्ध गराइएको छ ।
६ घन्टा लामो उदघाटन सत्र
अपरान्ह १ बजे देखी सुरु हुने भनिएको भए पनि उदघाटन सत्र भने झन्डै १ घन्टा ढिलो गरी २ बजेवाट मात्र सुरु गरिएको थियोे । सबै नेता मञ्चमा उपस्थित भए पनि ओली भने पौने दुई बजेमात्र सभाहलमा प्रवेश गरे पछि उदघाटन ढिलो हुन पुगेको थियो । साँझ ८ बजेसम्म ६ घन्टा लामो उदघाटन सत्रमा पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारीलगायत धेरै नेता र सहिदको स्मरण गरे पनि अस्पतालमा अन्तिम जीवन बाँचिरहेकी महिला नेतृ सहाना प्रधानलाई भने कुनै पनि नेताले सम्झनेनन् । जुन प्रतिनिधिका लागि खल्लो साबित हुन पुगेको थियो ।
मनोनित प्रतिनिधि बिनै उदघाटन
सभाहलमा पोखरेलले दिएको जानकारी अनुसार बन्द सत्र शुक्रवार १ बजेपवाट सुरु हुनेछ । ‘मनोनित हुन बाँकी रहेका ५ प्रतिशतका बारेमा आज राती र भोली बिहानसम्म छलफल गरेर टुंगोमा पु¥याउने छौ,’ खनालले उदघाटन सत्र समापन गर्दै भने । बिहानको खाजा र खाना पछि बन्द सत्र सुरु गर्ने योजना एमालेको छ । २३ सय भन्दा बढी प्रतिनिधि ६ दिनसम्म भृकुटीमण्डपमा छलफल गर्नेछन् ।
No comments:
Post a Comment