Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, June 29, 2014

चुनावमा धाँदली भएको होइन, 'फेस सेभिङ' गरेको हुँः प्रचण्ड

एकीकृत नेकपा माओवादीले गत संविधानसभा निर्वाचनमा ब्यापक धाँदली भएको भन्दै संविधानसभामा नजानेसम्मको घोषणा गरयो । आफनै पार्टी भित्र छानबिन समिति बनायो र भन्यो, ‘धाँदली भएको प्रमाणित त भएन तर धाँदली भने मज्जैसँग भयो र एमाओवादी चुनावमा हा¥यो ।’ छानबिन समितिका संयोजक बर्षमान पुनले पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै निष्कर्ष सुनाए– ‘अदृश्य धाँदली भयो ।’ अन्ततः उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा सो धाँदलीबारे संसदीय छानबिन नभए सम्म संविधानसभामा नै नजाने घुर्की देखायो र अन्ततः समितिले छानबिन गर्ने तयार भयो । अनि कुरा मिल्यो । त्यति मात्रै होइन, उच्चस्तरीय राजनीतिक समितिमा भएको सहमति कार्यान्वयन नभएको भन्दै ब्यवस्थापिका संसद अबरुद्ध गर्ने समेत काम भयो । एमाओवादीसहित बिपक्षीको जोडमा सदभावना उपाध्यक्ष लक्ष्मणलाल कर्णको सयोजकत्वमा छानबिन समिति बन्यो, त्यसले अहिले काम गरिरहेको छ । तर, प्रतिबेदन भने बुझाई सकेको छैन ।
तर, माओवादी अध्यक्ष प्रचण्ड स्वयंका अभिब्यक्ति, केन्द्रीय समिति र बिराटनगर सम्मेलनमा पेश गरिएका प्रतिवेदन हेर्ने हो भने त्यसमा इमान्दारीपुर्वक स्विकार गरिएको छ कि, ‘हामी हाम्रै्र कारणले हारेका हौ, त्यसको मुख्य भागीदार हामी नै हो ।’ यति भन्दा भन्दै पनि माओवादी धाँदली भएको भन्न छाडेको छैन । किन त ? यसको जवाफ स्वयं प्रचण्डले दिएका छन, अरुले बोल्नै नपर्ने गरी ।

एमाओवादीले धाँदलीको प्रमाण भन्दै देखाएको निवाृचन आयोगको सर्कुलर
सोही प्रसङ्ग यहाँ उल्लेख गर्न गइरहेको छु ।
गत शनिवार राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का दोस्रो बार्षिकोत्सब समारोह थियो, त्यहाँ सो पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रचण्डले भनेका कुरा नै सबैका सामु सुनाई दिए । प्रमुख दैनिक पत्रिका र केही टेलिभिजनका अगाडी भण्डारीले प्रचण्डसँग भएको धाँदलीका कुराकानीको प्रसङ्ग सुनाएका हुन ।
हुन त निर्वाचनमा पराजय भए पनि रामसपाले भने निर्वाचन परिणामलाई स्वागत योग्य भनेर प्रेस बिज्ञप्ति नै निकालेर मतदातालाई धन्यवाद दिएको थियो । सोही अघि प्रचण्डले भण्डारीलाई फोन गरेर ‘निर्वाचनमा धाँदली भएको छ, त्यसका लागि तपाई हामी एकै ठाउँमा उभिनु प¥यो,’ भन्दै धाँदली बिरुद्ध सामेल हुन आग्रह गरेका थिए । तर, भण्डारीले भने, ‘इतिहासमा यो पटक जति फेयर चुनाव कहिल्यै भएको थिएन’ भन्दै अस्विकार गरेका थिए । जबकी, भण्डारी स्वयं पनि महोत्तरी–१ र ५ दुवै क्षेत्रवाट पराजित हुन पुगेका उम्मेदवार थिए ।
‘मैले चुनावमा धाँदली भएको छैन, नभएको धाँदलीलाई कसरी भयो भनेर कराउनु ? म त सक्दिन भन्दै प्रचण्डलाई जवाफ दिए’ शनिवार जावालाखेलस्थित पार्टी कार्यालयमा उनले सुनाए । त्यसपछि, प्रचण्डले कहिल्यै फोन गरेनन । बरु, तत्कालिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध पाँच मधेसवादी दल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी सबैलाई एक ठाउँमा राखेर निर्वाचनमा धाँदली भएको भन्दै रटान प्रचण्डले लगाई नै रहे ।
फेरी, मोर्चा निमार्णका लागि प्रचण्डले प्रयास गरे, त्यसका लागि शरदसिंहलाई पनि निमन्त्रणा गरे । सो दिनमा पनि गत चुनावमा धाँदली भएको प्रसङ्ग उठयो तर त्यो दिन भने प्रचण्डले चुनावमा धाँदली नभएको तर आफुले फेस सेभिङ गर्न धाँदलीका कुरा उठाएको खुलेरै बताए । ‘चुनावमा धाँदली भएको होइन शरदजी, मैले त फेस सेभिङ मात्रै गरेको हु,’ प्रचण्डलाई उद्यृत गर्दै भण्डारीले दर्जन पत्रकार सामु सुनाए, ‘अब के गर्ने, जितिन्छ भन्ने लागेको थियो तर नमज्जासँग पराजित भयो, अब जनतालाई आफनै कारणले हारियो भनेर भन्यो भने त भोली गा¥हो छ  अनि फेस सेभिङ गर्न पनि धाँदली भएको भन्ने कुरा गरेको हुँ ।’ उनका अनुसार त्यो दिन प्रचण्डले खुलेरै कुरा गरेका थिए रे ।‘जे जे भए पनि प्रचण्ड इमान्दार नेता हुन,  बाहिर जे जे बोले पनि भित्र चाँही कुनै पनि कुरा छुपाउदैनन, यो बानी चाँही मलाई मन पर्छ’ भण्डारी प्रचण्डसँग प्रभावित हुनु पर्ने कारण देखाउँदै भने । प्रचण्ड जति बाहिर आक्रामक देखिन्छन, भित्र भने निकै सरल र सहृदयका छन भन्ने निष्कर्ष पनि भण्डारीको रहेछ ।
‘मैले त पहिला नै भनेको थिए नि निर्वाचनमा धाँदली भएको होइन भनेर तपाईहरुले जिद्धी गर्नु भयो ?’ भण्डारीले थपेछन । प्रचण्डले भनेछन, ‘जनता, कार्यकर्ता, सम्पुर्ण मतदातालाई पनि शान्त राख्नु पर्ने भए पछि चुनावमा धाँदली भएको भनेर फेस सेभिङ गरेको हुँ ।’ त्यसपछि सो बिषय प्रसङ्ग टुंगिएछ ।
पुनः एमाओवादी र पाँच मधेसवादी दल बिच मोर्चाबन्दी गरेर जाने बिषयलाई चाँही भण्डारीले बिश्वास लागेको रहेनछ । उनलाई लाग्छ, ‘त्यो मोर्चाबन्दी न अघि बढछ, न टिक्छ नै, मोर्चाबन्दीको नाम चाँही भइरहन्छ ।’ उनका अनुसार एमाओवादी र तराई मधेस  केन्द्रित राजनीतिक दलको सिद्धान्त र राजनीतिक मान्यता नै फरक छन, फरक मान्यता र उदेश्य भएकाले मोर्चाबन्दी सरकार गठन बाहेक मुद्धाका बिषयमा अगाडी बढन सक्दैन रे ? भण्डारीले भनेको कुरा हुन यी ।
यो ब्लगरसहित गोरखापत्र दैनिकका शुरेश यादव, नयाँ पत्रिका दैनिकका भुवन शर्मा, राजधानी दैनिकका सबिन शर्मा, बिपी यादव, अमरेन्द्र यादवलगायत पत्रकारहरुका सामु भण्डारीले सो कुरा खुलेर सुनाई दिए पछि सबै चकित भएर जावालाखेलवाट फर्किएका थिए ।
 

No comments:

Post a Comment