नेकपा एमाललाई महाधिवेसनको चटारो छ । विश्वकप पछि अहिले केही कुराको चर्चा परिचर्चा हुन्छ भने त्यो एमाले महाधिवेसन नै हो, त्यस माथी केपी ओली र माधव नेपाल र सो पक्षधर बिच चलेको वाकयुद्धको नै चर्चा परिचर्चा हुन्छ । जिल्लाबासी भएर पनि, मलाई अन्तरआत्मा देखी नै माधव नेपाल मन पर्दैनथ्यो । त्यसमा मुख्य कारण, ‘महाकाली सन्धी’ र तत्कालिन रौतहट–४मा भएको उप निर्वाचन (रामकुमार भट्टराई र प्रकाश कोइराला)को बेला माधव नेपालका मुख्य सहयोगी मानिएका एकजना मुसलमानले मतदानको दिन ‘फायरिङ’ गरेको घटनाले माधव नेपाल प्रति मेरो अनास्था रहेको थियो ।
मेरो किशोर मनमा ती दुई घटनाले गर्दा नेपालप्रति राम्रो धारणा बनाउन दिएन । तर, आज तीनै माधव नेपाल एमाले अध्यक्षका प्रमुख प्रत्यासीका रुपमा आए पछि भने उनीसँग जोडिएका केही घटना यहाँ उल्लेख गर्न भने गईरहेको छु किनकी जिल्लावासी पनि त हुँ म ।
मेरो किशोर मनमा ती दुई घटनाले गर्दा नेपालप्रति राम्रो धारणा बनाउन दिएन । तर, आज तीनै माधव नेपाल एमाले अध्यक्षका प्रमुख प्रत्यासीका रुपमा आए पछि भने उनीसँग जोडिएका केही घटना यहाँ उल्लेख गर्न भने गईरहेको छु किनकी जिल्लावासी पनि त हुँ म ।
पहिला घटनाः संविधानसभा–२०६४ मा उनी रौतहट–४ र काठमाडौं–२ दुवै क्षेत्रवाट पराजित भए । र, आफनो पद (महासचिव)वाट राजिनामा दिएर हारको नैतिक जिम्मेवारी लिए । यो कुराले मलाई राजनीति भित्र पनि अझै संस्कार छ भन्ने कुरा रहेछ भन्ने कुरा लागेको थियो ।
दोस्रो घटनाः संविधानसभामा पराजय भए पनि कांग्रेस (गिरिजाबाबु र माओवादी (प्रचण्ड)को जोडबलमा उनी संविधानसभा सदस्य मन्त्री परिषदवाट मनोनित भए । र, लगत्तै संवैधानिक समितिको सभापति पनि । संविधानसभाको प्रक्रिया अनुसार जनमत बुझन सभासदहरु गाउँ गाउँ गए, त्यही बेला आफुलाई भने पासपोर्ट बनाउनु पर्ने, त्यसका लागि कुनै न कुनै सभासदको हस्ताक्षर चाहिने । नेपाल काठमाडौंमा छन भन्ने थाहा पाए पछि जिल्लाबासीको नाताले म उनको निवास कोटेश्वरमा गए ।
अचम्मको कुरा, त्यो दिन माधव नेपाल घरमा एक्लै अध्ययन गरेर बसेका रहेछन । मैले एक्लै आजसम्म यसरी बसेको नेपाललाई देखेको थिइन, पहिला जहिल्यै जाँदा पनि भीडै भिड । मैले सोधे– ‘तपाईलाई त मैले पहिलो पटक यसरी एक्लै देखे ।’ उनले भने, ‘पावर नभए पछि मानिस एक्लै हुदोरहेछ भन्ने पनि मैले पनि पहिलो पटक मज्जैसँग अनुभव गरे ।’ उनले दिएको जानकारी अनुसार त्यतिबेला उनी स्विटजरल्याण्डको संघीय संरचनाका बारेमा अध्ययन गरेर बसिरहेका थिए । म पासपोर्टका लागि हस्ताक्षर गरेर फर्के । अझ अचम्म, राहादानी बिभागले पनि नेपालको हस्ताक्षर देख्ने बितिक्कै दुई घन्टामा पासपोर्ट बनाएर मलाई दियो ।
तेस्रो घटनाः पत्रकारितामा लागे पछि जिल्लावाट आउने ‘डेलिगेसन’ हरुमा म पनि जान्थे, खासमा आफनो सक्रियता पत्रकारले कभरेज गरोस भन्ने उदेश्यले मलाई बोलाई रहन्थे । एकदिन, उनले ‘डेलिगेसन’को नेतृत्वकर्ता एकजना एमालेका जिम्मेवार नेतालाई नै कोठावाट निकाले, जबकी त्यो डेलिगेसन उनकै नेतृत्वमा गएको थियो । उनले भने, ‘जाँड, रक्सी, खैनी खाएर मेरो निवासमा छिर्ने हिम्मत कसरी गर्नु भयो ?’ भन्दै मज्जैसँग रिसाए । जबसम्म उनी त्यहाँवाट निस्केनन, तबसम्म उनले कुरा गर्न नै माननेन् । अनि डेलिगेसनको नेतृत्वकर्ता एमालेजन निस्के । त्यसपछि मात्र उनले कुरा सुने । हामी त छक्क ।
चौथौ घटनाः रौतहट–काठमाडौं सम्पर्क मञ्चका एकजना अध्यक्षले एमबिबएसमा नाम निकालदिन्छु भन्दै केही रकम एउटा गरिबसँग लिएछन । तर, नाम भने निस्केन, जुन बेला माधव नेपाल प्रधानमन्त्री थिए । नाम ननिस्के पछि उसले फिर्ता माग्यो तर ती अध्यक्षले भने दिएनन अथवा मोटो रकम भएकाले फिर्ता तत्काल दिन सकेनन् । त्यो कुरा माधव नेपालको कानमा प¥यो, उनले तुरुन्तै अध्यक्षलाई बोलाएर ‘पैसा किन खाएको ?’ भन्दै ¥याख ¥याखती पारे । जबसम्म त्यो पैसा तिर्नुहुन्न, तबसम्म मेरो आँगनमा पाईला नटेक्नु भन्दै उनले भन्नुसम्म भने । कोटेश्वर निवास पुगेका अध्यक्ष लुरुक्क घर फर्केर आएको दृश्य पनि माधव नेपालको आँगनमा एकपटक देखियो ।
पाँचौं घटनाः त्यस्तै डेलिगेसनको क्रममा एकपटक कोटेश्वर निवास पुगियो । त्यो दिन हामी भन्दा अघि एकजना बृद्धवृद्धा पुगेका थिए, स्वकिय सचिवले तीनलाई बाहिर नै राखेर पालो मिचेर हाम्लाई भित्र पठाए । कुराकानी सुरु भयो, बिचमा बुढाबुढी बाहिर बसेको कुरा थाहा पाए पछि उनले भित्र बोलाए । र सोधे, ‘उपचार राम्रै भयो ?’ जवाफमा बुढाबुढीले भने, ‘उपचार राम्रो भयो, यहाँको सहयोगले हामीले नयाँ जीवन पायौं तर नेताज्यू, हामीलाई घर (रौतहट ) जान गाडी भाडा छैन्’ भन्दै मिलाई दिन आग्रह गरे । तर, माधव नेपाल झोक्किए, ‘मसँग कहाँवाट पैसा हुनु ? मेरो आम्दानी को स्रोत के छ ? मलाई कसले पैसा ल्याएर दिन्छ ? म ठग्न जान्दिन, चोर्न जान्दिन, कमिसन खान जान्दिन’ भन्दै आफुले पैसा दिन नसक्ने कुरा गरे । ‘नेताजी, ५ सय मात्रै भए घर पुगिन्छ, त्यति भए पुग्छ’ तर निशुल्क उपचार गराउन सहयोग गरेका माधव नेपालले आफुँसँग एक रुपैया पनि नभएको बताउँदै पैसा दिदै दिएनन । त्यही उपस्थित एकजनाले १ हजार रुपैयाँ बुढाबुढीको हातमा हालिदिए ।
र उनीहरु निस्के । लगत्तै, हामी पनि निस्क्यौ र मैले ती बुढाबुढीलाई सोधे, ‘यत्रो ठुलो नेता भन्छन तर गोजीमा पाँच सय रुपैयाँ पनि छैन भन्छ तर उसकै गाउँका नेताले भने माग्ने बितिक्कै हजार दिन्छ ।’ ती बुढाबुढीले माधव नेपालको सो कुरा पत्ताउँदै, पत्याएनन ।
छैटो घटनाः संविधानसभा–२०६४को निर्वाचनमा सहयोग गर्ने उदेश्यसहितले नेपाललाई एउटा ‘गुन्डा समुह’ले प्रस्ताव राख्यो, जुन बेला मतदान हुन केही दिन मात्रै वाँकी थियो । चन्द्रनिगाहपुरस्थित चुनावी कार्यालयमा आएका गुन्डाको प्रस्ताव नेपालले ठाडै अस्विकार गरिदिए । र मुखुन्जेल भनिदिए, ‘बरु पराजय भोगुला तर गुन्डाको सहारा लिएर मलाई चुनाव जित्नु छैन ।’ गुन्डाहरु निस्केर हिडे र त्यही गुन्डाहरुले माओवादीलाई पछि सघाए । त्यो दृश्य देखेको साथीले मलाई भन्यो, जो एमालेमा सुराकी गर्न खटिएको थियो, ‘त्यसपछि, मैले माधव नेपालको बिरोधमा कहिल्यै बोल्ने हिम्मत गरिन ।’ उसका अनुसार माधव नेपालको चुनावी प्रचार प्रसारमा यति धेरै अबरोध गरिएको थियो कि उनी जहाँ गए पनि ‘कालो झन्डा देखाउने, ढुंगामुढा गर्ने र ज्ञानेन्द्र शाहलाई दाम राखेको फोटो बितरण गर्ने’ काम चुनाव अबधीभर माओवादीले सो क्षेत्रमा गरि नै रहे ।
राष्ट्रिय राजनीतिको प्रसङ्गमाः
पत्रकारितामा लाग्दै गए पछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनले गरेको योगदानका बारेमा थाहा पाइयो । र, यो निष्कर्ष निकालियो कि ‘यदी उनी थिएनन भने यति चाँडै र सजिलो तरिकाले मुलुकमा शान्ति प्रक्रियाले गति लिदैनथ्यो, ज्यान बाजीमा राखेर उनले धेरै काम गरेका रहेछन ।’
त्यसो त ‘प्रतिगमन आधा सच्चियो’ भन्दै एमाले ज्ञानेन्द्र शाहले नियुक्त गरेको कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वको सरकारमा गयो तर जानु हुदैन भनेर भन्नेमा अग्रस्थानमा उनै नेपाल रहेका पनि थाहा पाइयो । तर, पार्टी सामुहिक निर्णयमा चल्नु पर्ने भएकाले नेपाल अल्पमतमा पर्दै सो निर्णय स्विकार गर्न वाध्य भएको पनि थाहा पाइयो ।
No comments:
Post a Comment