Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, June 28, 2014

उपेन्द्र सद्यै रेणुलाई 'च्याप्ने', अरुको चाँही मुटु थरथरी काप्ने !!!

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल बेला बेलामा आन्तरिक बिबादमा परिरहन्छ । त्यो पार्टी आजसम्म आधा दर्जन पटक बढी विभाजन भईसकेको छ । सो पार्टीवाट अलग भएका मध्य बिजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, जयप्रकाशप्रसाद गुप्ताको तराई मधेस राष्ट्रिय अभियान, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक, भाग्य नारायण गुप्ताका फोरम र यादव नेतृत्व तराई मधेस फोरम आदी इत्यादी ।
उपेन्द्र यादवको सो पार्टी केही महिना अघिसम्म पार्टी एकताका कारण बिबादमा अल्झिएको थियो । एउटा समुह महन्थ ठाकुर र राजेन्द्र महत्तो नेतृत्वसँग एकीकरण नगरी बिजयकुमार गच्छदारसँग एकीकरणमा जोड गर्दथ्यो तर अर्को समुह त्यसलाई अस्विकार गर्दथ्यो । बिबाद बढदै गयो र बरिष्ठ नेता भरतबिमल यादवले पार्टी नै छाडेर अलग र स्वतन्त्र बसिदिए । भरतबिमल तीनै नेता हुन, जो १२ बुदेँ सहमतिमा हस्ताक्षर गर्ने एक मात्र मधेसी मुलका ने पनि हुन । त्यतिबेला भरतबिमल सदभावना पार्टीका उपाध्यक्षको जिम्मेवारीमा थिए । गत महिना मात्रै अध्यक्ष यादवले पार्टीमा एकलौटी र मनोमानी गरेको भन्दै पार्टीवाट अलग भएका भरत बिमल संबिधानसभा निर्वाचन अघि फोरम नेपालमा प्रवेश गरेका थिए ।
सो घटना सेलाउन नपाउँदै फोरम नेपालमा एकजना महिला नेतृ, कोषाध्यक्ष रेणु यादव, लाई जथाभावी र आमाचकारी गाली गरेको भन्दै अर्का एक केन्द्रीय नेता तथा सभासद कारवाहीमा परेका छन् । अनुशाषन उलंघन गरेको र महिलालाई अपमान गरेको भन्दै कारवाहीमा पर्ने नेता चाँही कुनै समय फोरम नेपालका अनुशाषन समितिका अध्यक्षको जिम्मेवारी सम्हालि सकेका डा. शिबजी यादव हुन् । जसको काम अरुले अनुशाषन उलंघन गरयो र अमर्यादित काम गरयो भने कारवाही गर्नु, नसहित दिनु आदि इत्यादी हो । तर, आज उनै अध्यक्ष अनुशाषन उलंघन गरेको भन्दै छ महिनासम्म उल्टै कारवाहीमा परेका छन् ।
घटना केही दिन अघिको हो, जो बालकुमारीस्थित केन्द्रीय कार्यालयमा घटेका थियो । २६ जना मनोनित कोटामा पार्टीवाट कसलाई पठाउने ? भन्ने बारेमा कुराकानी चल्दै थियो । उपेन्द्रले सो कोटामा रेणुलाई पठाउने तयारी गरे पछि शिबजी रिसले निकै चुर भइरहेका थिए, सोही क्रममा रेणुले पनि आफु के कुरामा कमी छु भन्दै तर्क राख्न थालिन । कुरा अरु अरु पनि थिए, तर त्यसले अलि बढी नै बहस गरायो । अनि, शिबजीले महासचिव रामसहाय यादवको अघिल्तिरै रेणुलाई तथानाम गाली गर्दै ‘पार्टी बिगार्ने यही आइमाई हो, यदी यो नहुदी हो त पार्टी बिग्रदैन्थ्यो’ भन्दै पार्टी खत्तम हुदै जानुमा रेणुको ठुलो हात रहेको आरोप लगाए ।
अध्यक्ष यादवलाई प्रभावमा पारेर रेणुले आफनो बिरोध गर्ने तथा मन नपर्ने जतिलाई मिनिमाइज गराउने, भए नभएका कुरा अध्यक्षलाई लगाएर अरुलाई नराम्रो देखाउने गरेको आरोप पनि शिवजीको थियो । शिबजीले मुखै छाडेर रेणुलाई तथानाम भने पछि रेणुले पनि शिबजीले गरेको ठुलो अपमान र अमयार्दित ब्याबहार बारेमा पार्टीमा कुरा राखिन् । पार्टीमा त्यसबारेमा छलफल र बहस भयो । शिबजीले अपमान गरे नगरेको सुन्ने साक्षीका रुपमा सोही पार्टीका महासचिव रामसहाय नै स्वयं नै उपस्थित थिए । उनले रेणु र शिबजी बिच भएका बादबिबाद उनले इमान्दारीपुर्वक बेलीबिस्तार लगाईदिए । किनकी, शिबजीले रामसहायका अगाडी नै रेणुलाई मुख छाडेका थिए ।
गत बिहिवार पार्टी मुख्यालय, बालकुमारीमा राजनीतिक समितिको बैठक बस्यो । र, रेणुलाई शिवजीले दुब्र्याबहार  गरेको पुष्टी भए पछि शिबजीलाई  छ महिनासम्म केन्द्रीय समितिवाट निलम्बन गरिएको छ । शिबजीलाई स्पष्टीकरण भने नसोधिएको होइन, तर उनले त्यसको स्पष्टीकरण दिन नै माननेन । त्यस पछि भने उनी छ महिना सम्मका लागि कारबाहीमा परेका हुन ।
त्यसो उपेन्द्र यादव धेरै जसो निर्णय लिदाँ रेणुको भर पर्र्दै आएका छन् । रेणुलाई नसोधी यादव कुनै पनि निर्णयमा पुग्दैन, अर्थात लिदैनन् । झन, अहिले दुब्र्यब्हारमा रेणु नै परे पछि त अध्यक्षले छाडने कुरा नै भएन । ‘त्यसो त पार्टी भित्र अध्यक्षको कमजोरी नै रेणुजी हो, झन रेणुजीलाई नै त्यस्तो भनिए पछि अध्यक्षले किन छाडनु हुन्थ्यो, कारबाही गरिहाल्नु भो’ एक नेताले टिप्पणी गरे ।
पार्टी भित्र अध्यक्ष उपेन्द्र र कोषाध्यक्ष रेणु बिचको संबन्धलाई लिएर अनेकौ टिका टिप्पणी हुने गरेको छ, झन रेणुको बिषयलाई लिएर शिबजीलाई कारबाही गरे पछि त्यसलाई थप चर्चा र परिचर्चामा ल्याएर अनेकौ टिप्पणी गर्न थालिएको छ ।

No comments:

Post a Comment