Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, August 30, 2016

मधेसी बाउनको मात्रै पार्टी बनाए पछि तमलोपामा भाँडभैलो

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, त्यही पार्टी हो, जुन पार्टीले नयाँ संविधानको मौलिक धारामा समावेशी र समानुपातिक भन्ने शब्दावली नलेखेको भन्दै आन्दोलनमा गयो । तमलोपासहितको दलको आन्दोलनमा ५८ जनाले त्यसैका लागि ज्यान दिए । राज्यले आफनो संरचना समावेशी र समानुपातिक नबनाएको भन्दै त्यसको बिरोधमा कयौंको ज्यान जाने खालको आन्दोलन पनि गरयो । परिणाम, प्रस्तावनालगायत अन्य बिभिन्न ठाउँमा समावेशी र समानुपातिक उल्लेख हुदाँ हुदै पनि नयाँ संविधानमा संसोधन गरेर समावेशी र समानुपातिक उल्लेख गरियो । तर, आफनै संंगठनमा जिम्मेवारी दिदाँ भने तमलोपा र त्यसको अध्यक्ष ठाकुरले त्यसको कुनै ख्याल गरेनन । राज्यले गर्नुपर्छ भनेर दबाब दिने र आन्दोलन गर्ने तमलोपाले आफनो आन्तरिक संगठनमा किन ध्यान नदिएको अथवा समावेशी र समानुपातिकको अजेन्डालाई किन धज्जी उडाएको ? भनेर बाहिरकाले होइन, स्वय त्यस पार्टीैकाले प्रश्न गर्न थालेका छन । ७५ सदस्सीय केन्द्रीय समिति गठन गर्दा र पदीय जिम्मेवारी वाँडफाँड गर्दा तराईका बाउनहरुलाई मात्रै प्राथमिकता दिए पछि तमलोपामा भाँडभैलो मच्चिएको छ । त्यस प्रति असन्तुष्ट हुदैँ सो पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डलले सामाजिक सञ्जालमार्फत असन्तुष्टी पोखेका छन । आउनुहोस, तमलोपा भित्र के भइरहेको छ, उनको भाषामा पढलौ र बुझौ । 
 
 
तमलोपाको ७४ सदस्यीय कार्यसमिती महाधिबेसनको २ महिना पछि सार्बजनिक गरिएको छ । नामावली हेरेर किंकर्तब्यबिमुढ र बिस्मित भए । जन लज्जाको समेत खयाल गरिएको छैन । यसो बिचार गरे, तमलोपामा यो के भईरहेको छ ? पार्टी समाप्त पार्न नेतृत्व स्वयं नै किन कस्सिएका छन ? संसार नै समानुपातिक समाबेसीको बाटोमा अघि बढिरहेको बेला तमलोपा स्वयंमले अंगिकार गरेको समानुपातिक समाबेसी सिद्धान्तको खिल्ली उडाउन किन तल्लीन छ ? 
 
मधेसको धारातलिय यथार्थ र समाजिक संरचना बिरुद्ध किन एउटै जातको पार्टी बनाउन खोजेको हो र ? मधेस र मधेसीसंग बिभेद भयो, राज्य समाबेसी चरित्रको भएन, एउटै जात र समुदायको हालिमुहाली भयो यि र यस्तै प्रश्णहरुको उत्तर दिन, तमलोपाको जन्म भएको हो र यही कुरा तमलोपाको अवधारणापत्र, बिधान र घोषणापत्रमा पनि उल्लेख छ । 
 
तर पनि किन आफ्नै Guiding Principle बिरुद्ध तमलोपा नेतृत्व गइरहेको छ ? कुरा बुझि नसक्नु छ । बर्तमान १३ जना पदधिकारीमा मधेसको पहिलो जनसङ्ख्या (१८ लाख)  भएको थारु समुदाय एउटा पनि नपर्नु, दोस्रो मुस्लिम (१४ लाख  ) एउटा पनि नपर्नु, तेस्रो दलित ( 10 लाख)  एउटा पनि नपर्नु तर मधेस कै सबभन्दा पुच्छार मध्येको एक जाती जसको जनसङ्ख्या १ लाख पनि छैन (मधेसी ब्राम्हण)  बाट ७ जना (बहुमत) पदाधिकारी न्युक्त गरेर कुन चांही समानुपातिक समाबेसीको मोडेल प्रस्तुत गर्न खोज्नु भएको हो र ?
 
७४ जनाको कार्यसमितिमा २० जना ब्राम्हण कुन बिधान टेकेर भर्ती गर्नुभएको हो र ? तपाईले पढ्नु भएको समानुपातिक समाबेसीको परिभाषा यही हो ? तपाइले मधेसी जनतालाई दिने समाजिक न्याय यही हो र ? तपाईले मधेसी जनतालाई देखाएको मधेस मुक्तिको सपना यही हो ? यसरी सफल हुन्छ मधेस मुक्ती आन्दोलन ? तपाईले राज्य समक्ष माग गरेको राज्यको हरेक अंग, तह र निकायमा मधेसी, आदिवासी जनजाती, दलित, महिला र मुस्लिमको समानुपातिक समाबेसीकरणको एजेण्डा पहिला आफ्नै पार्टी भित्र लागु गर्नुहोस । भनिन्छ, "संसार बदल्नु छ, सुरु आफैंबाट गर्नुछ । 
 
पहले अपना घर बनाइए फिर देस बनानेको चलिएगा । जय हो मधेस !!
 
#मधेसको मन्दिरहरूमा महन्थको भेषमा गुण्डा (डन) हरू र राजनीतिमा सन्तको मुखुण्डोमा सैतानहरू बिराजमान छन । यि दुइटै मधेसका कलंक हुन । यिनलाई मधेसी जनताले तह नलगाएसम्म मधेसको कल्याण असम्भव प्राय छ । 

 
यस अघि,
मधेसी मोर्चाका नेतृत्वले गरिरहेको क्रियाकलाप प्रति पनि उनले कडा टिप्पणी गरेका थिए ।
 
 
मधेसी मोर्चाका आदरणिय नेताज्यूहरू १
मधेस आन्दोलनका महान सहीदहरूले तपाईहरूले घोषणा गरेको सहादत वापतको रू५००००० (५० लाख) कहिले पाउने ? कि तपाईहरू विरूद्ध मान्छे मर्न उक्साएको आरोपमा हेग जानुपर्ने ? केटाकेटी पाराले मोर्चा चल्दैन ?  मोर्चा कसैको पेवा होइन ? यसलाई कमाई खाने भाँडो नबनाईदिनुस ।

No comments:

Post a Comment