प्रचण्ड पुत्रसँग कृष्ण केसी |
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा ‘गैरयुद्धकालीन नेता तथा कार्यकर्ता' को अपमान गरेको भन्दै आलोचना भएपछि उनी त्यसलाई सच्याउन बाध्य भएका छन्।
वैशाख १८–२३ मा सम्पन्न ‘विराटनगर राष्ट्रिय सम्मेलन' को उद्घाटन सत्र, बन्दसत्र हुँदै आयोजक समिति बैठकसम्म ‘नवप्रवेशी' सहित पूर्व एकता केन्द्रका नेता तथा कार्यकर्तामाथि ‘अपमानजनक आक्रमण' गरिएको भन्दै विरोध भएपछि दाहालले अन्तिममा त्यसलाई सच्याएका हुन्।
दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नवप्रवेशीलाई ‘मानो'को संज्ञा दिँदै उनीहरूकै कारण ‘मुरी' गुमाउनुपरेको उल्लेख गरेपछि त्यसको आलोचना भएको थियो। विद्यार्थी नेता जागृत रायमाझीलगायत आधा दर्जन समूह नेताले ‘मानो र मुरी' को प्रसंग उल्लेख गरेर दाहालले ‘गैरयुद्धकालीन नेता' को अपमान गरेको भन्दै बन्दसत्रमा खुलेरै विरोध जनाएका थिए।
‘अध्यक्षज्यूले नवप्रवेशी तथा गैरयुद्धकालीनलाई मानो र युद्धकालीन नेतालाई मुरी भएको प्रतिकात्मक अर्थ लाग्ने गरी प्रतिवेदनमा उल्लेख गर्नुभयो, त्यसले स्वाभिमानमा प्रश्न उठाएर अपमान गरियो भन्ने कुरा राखेका थियौं,' रायमाझीले बिहीबार नागरिकसँग भने, ‘यो पदावली अशोभनीय छ भन्ने लाग्दालाग्दै लेखिएको थियो, अब यसलाई हटाउँछु भनेर अध्यक्षले प्रतिबद्धता जनाउनुभएको छ।'वैशाख १८–२३ मा सम्पन्न ‘विराटनगर राष्ट्रिय सम्मेलन' को उद्घाटन सत्र, बन्दसत्र हुँदै आयोजक समिति बैठकसम्म ‘नवप्रवेशी' सहित पूर्व एकता केन्द्रका नेता तथा कार्यकर्तामाथि ‘अपमानजनक आक्रमण' गरिएको भन्दै विरोध भएपछि दाहालले अन्तिममा त्यसलाई सच्याएका हुन्।
दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नवप्रवेशीलाई ‘मानो'को संज्ञा दिँदै उनीहरूकै कारण ‘मुरी' गुमाउनुपरेको उल्लेख गरेपछि त्यसको आलोचना भएको थियो। विद्यार्थी नेता जागृत रायमाझीलगायत आधा दर्जन समूह नेताले ‘मानो र मुरी' को प्रसंग उल्लेख गरेर दाहालले ‘गैरयुद्धकालीन नेता' को अपमान गरेको भन्दै बन्दसत्रमा खुलेरै विरोध जनाएका थिए।
उनका अनुसार परिमार्जित राजनीतिक प्रतिवेदनमा दाहालको उक्त प्रसंग उल्लेख हुने छैन। दाहालले आफ्नो प्रतिवेदनमा संगठनात्मक सुदृढीकरणका निम्ति ठोस नीति बनाउन आवश्यक भएकोमा जोड दिँदै उक्त प्रसंग उल्लेख गरेका थिए। ‘जो, जति बेला, जसरी आए पनि पदोन्नति गर्दै र कमिटीमा थप्दै जाने प्रक्रिया विगतमा गल्ती भएको छ, यस सन्दर्भमा पार्टीमा इमानदारपूर्वक लामो समय दुःख गर्दै र खट्दै आएका कार्यकर्ता पछि र ओझेल पर्दै जाने र मानो लिन खोज्दा मुरी हराउने जस्तो भएको छ,' दाहालले उल्लेख गरेका थिए, ‘यो स्थिति अन्त्य गर्न पर्याप्त छानबिनपश्चात कमिटी प्रणाली नभत्कने गरी तथा इमानदार कार्यकर्ताहरूको मन नभाँचिने गरेर मात्र अन्य समूहबाट आउने नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नुपर्छ।' समूहगत छलफलमा पनि धेरै नेताले उक्त पदावलीमाथि आपत्ति जनाएका थिए।
दाहालले संविधानसभा चुनावअघि मन्त्री र सभासदका लागि धेरैजना पार्टीमा ह्वारह्वार्ती आएको भन्दै उद्घाटन सत्रमा राखेको मन्तव्यमा पनि नवप्रवेशीहरूले चित्त दुखाएका थिए। ‘संविधानसभा चुनावअघि हाम्रो पार्टीमा आउने लहर यस्तो थियो कि टिको लगाउन नभ्याएर अबिर छरेर भिœयाइयो,' दाहालले उद्घाटन सत्रलाई सम्बोधन गर्दै भनेका थिए, ‘माओवादी पार्टीले संविधानसभामा जितिहाल्छ, कतिपयलाई सभासद भइहालिन्छ, मन्त्री भइहालिन्छ भन्ने लागेको थियो, ह्वारह्वार्ती प्रवेशको लहर चल्यो।'
चुनावअघि आएका नवप्रवेशीलाई मन्त्री र सभासदको लोभीका रूपमा दाहालले व्याख्या गरेपछि त्यसको पनि आलोचना भएको हो। त्यसमाथि सोमबारको आयोजक समिति बैठकमा तत्कालीन केन्द्रीय समिति सदस्य कृष्ण केसीले ‘जनमोर्चाबाट आएकाहरूले पार्टी कब्जा गर्न खोजेको, पार्टी डुबाउन खोजेको' भन्ने अभिव्यक्ति दिएपछि एकछिन बैठक तनावग्रस्त हुन पुगेको पेशल खतिवडाले त्यही बेला जानकारी गराएका थिए। उनीलगायत एकता केन्द्रबाट गएकाहरू बैठक छाडेर हिँडेका थिए।
‘केसीको अभिव्यक्तिपछि पनि एकछिन आयोजक समिति बैठकमा निकै चर्काचर्की पर्यो,' निवर्तमान केन्द्रीय सदस्य उपेन्द्र साहले भने, ‘लामो संघर्ष र त्याग गरेर आएका नेतालाई बैठकबाटै अपमान गर्ने काम भयो, त्यसको हामीले घोर विरोध गर्यौं।' उनका अनुसार केसीको उक्त अभिव्यक्तिप्रति घनश्याम शर्मा र डिआर पौडेल लगायतले आपत्ति जनाएका थिए।
‘हाम्रो पनि पार्टीमा वर्षौंदेखिको लगानी छ, युद्धकालीन भयो भन्दैमा गैरयुद्धकालीनलाई यसरी अपमान गर्न पाइँदैन,' पौडेललाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘के नेपाली क्रान्तिमा जनमोर्चाको कुनै भूमिका थिएन? उहाँ (केसी) ले के भन्न खोज्नुभएको हो, त्यसको जवाफ अध्यक्षको मुखबाटै चाहियो।' पौडेलको मागअनुसार केसीको उक्त अभिव्यक्ति गलत भएको भन्दै अध्यक्षले त्यस्तो अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए।
अध्यक्ष दाहालले प्रस्तावित केन्द्रीय सदस्यको नामावलीमा एकता केन्द्रबाट माओवादी भएका पूर्व स्थायी समिति सदस्य अमिक शेरचन, पूर्व पोलिटब्युरो सदस्यहरू स्वनाम साथी, निनु चापागाईं, भिमप्रसाद गौतम तथा केन्द्रीय सदस्यहरू रामकुमार यादव, किसन शर्मा, सविना अर्याल लगायत नेता परेका छैनन्। विराटनगर सम्मेलनबाट अध्यक्ष दाहालले उनीहरूलाई केन्द्रीय समितिबाट विदा गरिदिएका छन्।
No comments:
Post a Comment