Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, January 16, 2014

काजीलाई अंगालो,भट्टराईलाई झपार्ने रीति:आयो प्रचण्ड नीति

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्बाचनमा तेस्रो स्थानमा झर्नुमा प्रधानन्यायधिस खिलराज रेग्मी नेतृत्वको गैर दलीय सरकार बनाउनु र तत्कालिन उपाध्यक्ष बाबुराम भट्टराईले ‘पदत्याग’ गर्नु लगायत २२ वटा कारण औल्याएका छन् ।
माघ २ गतेवाट सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पेश गरेको ‘संविधानसभा निर्वाचन–२०७० र पार्टी पुर्ननिमार्णका ऐतिहासिक आवाश्यक्ता’ शिर्षकको आफनो १३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आन्तरिक र बाहय गरी २२ कारण किटान गर्ने क्रममा लिखित रुपमा यी बिषयलाई पहिलो पटक उल्लेख गरेका हुन् । 
दाहालले निर्वाचन पराजयका ‘आत्मगत कारणहरु’को उप शिर्षकमा रेग्मी सरकार बनाउनु गम्भिर गल्ति भएको भन्दै ‘आवाश्यक पश्चतापसहित’ भविश्यमा त्यस्तो गल्ति नदोहोरयाउने प्रतिवद्धता पनि जनाएका छन् । ‘आजको स्थीतिवाट हेर्दा आफ्नै नेतृत्वमा सहमतिको सरकार बनाएर वा अन्तिम पर्दा अन्य राजनीतिक दलकै नेतृत्वमा सरकार बनाएर भए पन निर्वाचनमा जाने सही निर्णयमा आवाश्यक अडान लिन नसक्नु पार्टीको अर्को कमजोरी हुन गएको छ,’ दाहालले पृष्ठ ३ मा उल्लेख गरेका छन, ‘आफनै नेतृत्वमा निर्वाचनमा जाने प्रश्नमा अडिन पनि नसक्नु राजनीतिकक दलहरुकैको सरकार बनाएर जान पनि नसक्नु र अन्ततः गैर राजनीतिक एवम परम्परावादी सोच भएका कर्मचारीतन्त्रलाई उदारतापुर्वक निकै ठुलो दाता झै भित्र बाहिर गम्भिर प्रश्न र बिरोधका बाबजुद सरकारको जिम्मा लगाउनु हाम्रो पार्टी एवम समग्र परिवर्तनका मुद्धाको निम्ति आत्माघाती साबित हुन पुग्यो ।’ नेपाली कांग्रेसका सभापति सुशिल कोइरालालाई प्रधानमन्त्री बनाउन अस्विकार गरे पछि अध्यक्ष दाहालले हेटौडा महाधिवेसनस्थलवाट प्रधानन्यायधिस नेतृत्वको सरकार बनाउन आब्हान गरेका थिए । जुन आब्हान गलत भएको भन्दै  दाहालले करिब एक बर्ष पछि लिखित रुपमा नै पश्चताप गरेका हुन् ।

निर्वाचन परिणाम प्रभावी हुनुमा तत्कालिन उपाध्यक्ष भट्टराईको पद त्याग पनि एउटा कारण रहेको दस्तावेजमा दाहालले घुमाउरो पारामा उल्लेख गरेका छन् ।  ‘बिगतमा फैलिएको चर्को गुटबन्दीको असर देशको राजनीतिक परिस्थीतिको जटिलता नेतृत्व पंक्ति भित्रै पर्याप्त गृहकार्यको अभाव एवम नेतृत्वको उदारवादी कमजोरी समेतका कारण लामो समयसम्म सामान्य केन्द्रीय संगठनात्मक संरचनाको बिकास अझ जटिल बन्न पुग्यो’ दाहाले पृष्ठ ४ मा उल्लेख गरेका छन, ‘उल्टै केन्द्रीय कार्यालयमा राजिनामा प्रसङ्ग समेतले संगठनात्मक संरचना बिकास अझै जटिल बन्न पुग्यो, महिनौसम्म रहेका संगठनात्मक कचिङ्गल र जटिलताका कारण पार्टी पंक्ति हेटौडा महाधिवेसनको कार्यदिशावाट जसरी उत्तसाहित भएको थियो, त्यो संगठनात्मक उत्साहमा रुपान्तरण हुन सकेन् ।’ 
सोही बाध्यताबस केन्द्रीय समितिको बिस्तारित बैठकवाट अध्यक्षको एकल नेतृत्वमा निर्वाचनमा जाने फैसाला गर्नु परेको उल्लेख गर्दै दाहालले भनेका छन, ‘यो फैसला काम चलाऊ प्रकृतिको मात्र थियो, र यसले सिंगो संगठनलाई उर्जा र गति दिन सकेन, जसको असर निर्वाचनमा पर्नु स्वभाविकै थियो ।’ हेटौडा महाधिवेसनको कार्यदिशा, रणनीति र कार्यनीति सही भएको भने उनको जिकिर छ ।
माओवादी नेतृत्वको सरकार हुदाँ पनि संविधान निमार्ण हुन नसक्नु र संविधानसभा विघटन हुनुलाई अध्यक्ष दाहालले पराजयको अर्को कारणका रुपमा उल्लेख गरेका छन् । ‘संविधानसभाको पहिलो निर्वाचनवाट देशको सबैभन्दा ठुलो पार्टी बनेर तथा पछिल्लो पटक आफनै नेतृत्वको सरकार हुदाँ समेत संविधान बन्न नसक्नुको परिणाम हाम्रो पार्टी जनसमुदायको भरोसामा उल्लेख्य कमी आउन पुग्यो’ दाहालले पृष्ठ २ मा उल्लेख गरेका छन्, ‘संविधानसभामा पहिचान र संघीयतासहितका परिवर्तनको पक्षमा दुई तिहाई बहुमत सदस्यको हस्ताक्षर हुदाँ हुदैँ पनि संविधान बन्न नसक्नुका पछाडीका कारण प्रमुख कमजोरी हाम्रो पार्टी नेतृत्व कै रहेको तथ्य स्विकार गर्नु पर्दछ ।’ त्यसले जनमत अनुसार संविधान बनाउन नसक्दा जनताको बितृष्णा माओवादी प्रति गएको उनको भनाई छ । 
दाहालले चुनावमा पराजयको कारणमा आफैसँग छुट्टिएका मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि दोषी किटान गरेका छन् । ‘पार्टी विभाजनको भौतिक र मनोबैज्ञानिक प्रभाव आम जनतामा उल्लेख्य मात्रमा परेको देखियो’ बाह्य कारण वारे दाहालले पृष्ठ २ मा उल्लेख गरेका छन, ‘त्यसमा पनि विभाजित समुह (बैद्य माओवादी)को हाम्रो पार्टीका उम्मेदवारलाई परास्त गर्ने एकसुत्रिय रणनीति अन्तर्गत नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपासम्मका उम्मेदवारहरुलाई पैसा लिएर समर्थन गर्ने अत्यन्त पुर्वाग्रही र अराजनैतिक चरित्रले पनि निर्वाचन परिणामलाई केही हदसम्म प्रभावित गरयो ।’ निर्वाचन अघि पार्टी विभाजनको कुनै असर नपरेको बताउँदै आएका अध्यक्ष दाहालले निर्वाचन पछाडी भने पहिलो पटक विभाजनको असर परेको बारेमा प्रतिवेदनमा उल्लेख गर्न पुगेका छन् ।
बैद्य समुहका कारण पनि अघिल्लो संविधानसभावाट संविधान निमार्ण गर्न नसकेको उल्लेख गर्दै दाहालले ‘भुमरी’मा फसाएको गम्भिर आरोप पनि लगाएका छन् । ‘महान जनयुद्ध र जनआन्दोलनका उपलब्धिहरुका रुपमा आएका शान्ति सम्झौता, संघीय गणतन्त्र, धर्म निरपेक्षता, समावेशी–समानुपातिक लोकतन्त्र, संविधानसभाको ऐतिहासिक महत्वलाई आत्मसात गर्न बिल्कुल तयार नरहेको जडसुत्रीय संसोधनवादी पक्षले पार्टीलाई अस्वस्थ्य अन्तरसंघर्षको भुमरीमा फसाएर जनकार्य र संगठनात्मक कार्यमा ठुलो ब्यावधान खडा हुन पुग्यो’ दाहालले पृष्ठ ४ मा उल्लेख गरेका छन, ‘जनताको पक्षमा सम्भव हुने सम्मका सुधार कार्य गर्न पनि ब्यावधान खडा गर्ने तथा तत्काल क्रान्ति र बिद्रोह पनि सम्भव नहुने अकर्मण्यताको स्थीतिमा पार्टीलाई फसाउन जडसुत्रीय संसोधनवादी पक्षले निकै कसरत ग¥यो, यो स्थीतिको असर पनि निर्वाचनमा परेको छ ।’ 
अध्यक्ष दाहालले उल्लेख गरेको १० वटा अन्य बाह्य कारणमा परिबर्तनकारी शक्तिलाई कमजोर बनाउन दक्षिणपन्थी शक्ति लाग्नु, निर्वाचन नियमावलीमा हेरफेर गर्नु (फोटोसहितको नामावली संकलन), उल्लेख्य संख्यामा युवाहरुको बैदिशिक रोजगारीमा जानु, सुचना र सञ्चार क्षेत्रवाट माओवादी बिरुद्ध प्रचार अभियान चलाई भ्रमित बनाउनु, निर्वाचन संविधान निमार्णको एजेन्डामा भन्दा स्थानिय मुद्धामा केन्द्रित हुनु, आर्थिक चलखेल हुनु, मतपेटिका प्रतिनिधि बेगर अन्य स्थानमा राख्नु, निर्वाचन आयोगको १० बुदेँ परिपत्र, मतपत्र घटीबढी देखिनुजस्ता कारण अध्यक्ष दाहालले उल्लेख गरेका छन् । 
प्रतिवेदनमा दाहालले १० वटा बाह्यकारण देखाए पनि सो भन्दै २ अंकले बढी आन्तरिक कारणले चुनाव हारेको प्रतिवेदनमा उल्लेख गर्दै त्यसको सम्पुर्ण जिम्मेवारी भने आफुले लिन पुगेका छन् । 
‘संविधानसभा निर्वाचन र यसको पृष्ठभुमीमा उल्लेखित जे जति गल्ति र कमजोरी हुन गए, तिनको प्रमुख जिम्मेवारी पार्टी अध्यक्षको नै हुन जान्छ’ दाहालले पृष्ठ ५ मा उल्लेख गरेका छन्, ‘अतः यसप्रकारको कमजोरीवाट शिक्षा लिएर भविश्यमा पार्टीलाई सही नेतृत्व प्रदान गर्न आजको ठोस बर्ग संघर्ष र पार्टीको आन्तरिक अवस्थामा अध्यक्षले गम्भिर आत्मसमिक्षा र आत्माआलोचना गर्दै क्रान्तिकारी रुपान्तरणको ठोस ब्यावहारमा आफैलाई होम्नु अनिवार्य छ ।’ 
दाहालले उल्लेख गरेका अन्य पराजयका अन्य आन्तरिक कारणहरुमा पार्टी भित्र देखा परेको गुटबन्दी, अन्तर्घातलाई महत्व दिएका छन् । ‘त्यसवाहेक प्रतिक्रियावादी र दक्षिणपन्थीहरुसँग पैसा लिएर आफ्नै पार्टीका बिरुद्ध अन्तर्घात गर्ने प्रवृति पनि धेरै तिर देखियो’ दाहालले पृष्ठ ५ मा उल्लेख गरेका छन् । 
प्रत्यक्ष तथा समानुपातिकतर्फको टिकट बितरण अपारदर्शी र गुटबन्दीको प्रभाव रहनु, निर्वाचन संवन्धी तयारीमा लापरवाही, दुई तिहाई ल्याउँछौ भन्ने मनोगतवादी दृष्टिकोण, कुटनीतिक सन्तुलन मिलाउने नाऊँमा राष्ट्रियताको मुद्धामा कमजोर हुनु, केन्द्र देखी जिल्लासम्म भद्धा कमिटी निमार्ण र त्यसले पारेको प्रभाव, अन्तरिम संविधानवाट अलग राखेर निर्वाचनमा जानु, जडसुत्र संसोधनवादी (बैद्य समुह)ले सुरु देखी निकालेको ‘किचलो’मा पार्टी अल्झनु अल्झनु लगायतका कारण दाहालले औल्याएका छन् । 
अध्यक्ष दाहालले पार्टी बिग्रदै गएको र नेता तथा कार्यकर्ता उपभोक्तावादी भएको प्रतिवेदनमार्फत स्विकार गरेका छन् । ‘यता केही बर्ष देखी हाम्रो मुल नेतृत्व (दाहाल) देखी सिंगो पार्टी पंक्तिसमेत बिस्तारै बर्ग दृष्टीकोण, बर्ग पक्षरता, बर्गिय निष्ठा र बर्ग संघर्षवाट बिचलित हुदैँ गएको छ’ दाहालले पृष्ठ ७ मा उल्लेख गरेका छन, ‘पार्टीका केही सिमित नेताहरु प्रधानमन्त्री, मन्त्री र विभिन्नस्तरका अधिकृत एवम आर्थिक लाभ लिने प्रक्रियावाट आफ्नो बर्ग उत्थान गरिरहेको देखिन्छ भने पार्टीका बहुसंख्यक कार्यकर्ता, सहिद, बेपत्ता परिवार र आन्दोलनमा ठुलो त्याग र लगानी गरेका आम जनताको जीवनस्तर झन झन अभावग्रस्त  र अन्यौलपुर्ण बन्दै गएको छ ।’ त्यसकारण अध्यक्ष दाहालले आफनो सहित सम्पुर्ण नेता कार्यकर्ताको बर्ग दृष्टीकोण र आचरणमा परिवर्तन ल्याउन पर्नेमा जोड गरेको प्रतिवेदनमा देखिन्छ । 
उनले जसलाई पायो, त्यसलाई पार्टी सदस्यता, टिकट र केन्द्रीय जिम्मेवारी दिएर तथा प्रवेश गराउने कार्य गलत भएको स्विकार गरेका छन् । ‘पार्टीको स्वरुप न जन (मास) पार्टी जस्तो, न त सर्वहारा बर्गको अग्रदस्ता जस्तो बन्न पुग्यो’ भनेर चिन्ता ब्यक्त गरेका अध्यक्ष दाहालले पार्टीका नेता तथा कार्यकर्ता ठगी र तस्करीमा संलग्न रहेको स्विकार गर्दै पृष्ठ ८ मा भनेका छन, ‘श्रम र उत्पादनको निमित्त संघर्षमार्फत जीवनको सम्पुर्ण गौरब र औचित्य हासिल गर्ने सर्वहाराकरणको सट्टा श्रम र उत्पादनवाट बिमुख भई चन्दा, ठगी, तस्करी र भ्रष्टचारजस्ता लम्पेन सर्वहारा चरित्रको बिकास हुदैँ गएको देखिनुले पार्टी, क्रान्ति र सिंगै समाजका लागि निकै ठुलो खतराको संकेत गर्दछ ।’
दाहालले सोही प्रक्रिया निरन्तर चलेमा माओवादी बिघटन र बिसर्जनको दिशामा जाने पनि ठोकुवा गरेका छन् । ‘कार्यदिशाले माग गरे अनुसार आफनो बर्ग दृष्टीकोण र आचारणमा परिवर्तन गर्न सकिएन भने कार्यदिशा कार्यान्वयन हुदैन,’ पृष्ठ ७ मा दाहालको भनाई छ, ‘र, अन्ततः कार्यदिशा नै परिवर्तन गरेर आफनो बिचलित र विजातीय बर्ग दृष्टीकोण अनुसार अर्कै कार्यदिशाको खोजीमा लागे क्रान्तिकारी पार्टी बिर्सजन हुन पुग्दछ ।’ बर्गिय दृष्टीकोणको कार्यशैली र आचरण स्पष्ट गर्नु पार्टीका लागि सबैभन्दा महत्वको बिषय हुन पुगेको दाहालको भनाई छ । 
श्रेष्ठसँग ‘नरम’, भट्टराईलाई ‘बेवास्ता’
अध्यक्ष दाहालले पुर्व उपाध्यक्षद्धय मध्य नारायणकाजी श्रेष्ठले उठान गरेका फरक मतलाई दस्तावेजमा समावेश गरेर नरम नीति र भट्टराईको मुख्य मागलाई सम्वोधन सट्टा ‘बेवास्ता’ गरी दोहोरो नीति चालेको प्रतिवेदनमार्फत संकेत गरेका छन् । 
भट्टराईको ‘नेतृत्व दुई कार्यकाल भन्दा बढी बस्न नहुने’ प्रमुख एजेन्डालाई दाहालले सिंगो प्रतिवेदनमा कतै पनि समावेश गरेका छैनन, न त राष्ट्रपतिको नयाँ निर्वाचन हुनु पर्छ भन्ने भट्टराईको मागलाई नै ठोस रुपमा सम्वोधन गरेको दाहालले देखिन्छ । 
माओवादीको हालको अवस्था ‘मोर्चामा हारेको सेना झै’ भएको उल्लेख गरेका दाहालले नेतृत्व हस्तान्तरण नगर्ने तथा नभाग्ने संकेत गरेका छन् । ‘बिगतको गल्ति कमजोरीवाट शिक्षा लिएर क्रान्तिकारी दिशामा पहिला आफैलाई बदल्ने र सिंगो पार्टीलाई बदल्ने अभियानको नेतृत्व गरेर मात्र कसैले पनि आफ्नो नेतृत्वको औचित्य सिद्ध गर्न सक्छ,’ दाहालले नेतृत्व तत्काल नछाडने संकेत गर्दै भनेका छन, ‘अन्यथा इतिहासले निकै निर्मम तरिकाले आफनो कठोर फैसला नेतृत्वको बिरुद्ध लिनेछ ।’ दाहालले माओको भनाई उद्यृत गर्दै अतितमा गरेको कामको ब्याजमा होइन, बर्तमानमा गरिने त्याग र योगदानले मात्र आफनो उपस्थीतिको औचित्य पुष्टी हुने दाहालको भनाई छ ।
दाहालले अर्का उपाध्यक्ष श्रेष्ठले उठाउँदै आएका राष्ट्रियताको मुद्धा, सरकारमा नजाने तर प्रतिपक्षमा बसेर रचनात्मक भुमिका खेल्ने, संविधान बहिस्कार नगर्ने र त्यसैमा रहेर संविधान निमार्णमा केन्द्रित हुनु पर्नेजस्ता ‘फरक मत’लाई भने दाहालले आफनो प्रतिवेदनमा समावेश गरेका छन् । 

No comments:

Post a Comment