मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी मंसिर ४ मा घोषित संविधानसभा चुनावमा भाग लिने–नलिने विषयमा अनिर्णीत भएको छ।
सोमबार सकिएको साता लामो पार्टीको
पोलिटब्युरो बैठकमा नेताहरु आगामी संविधानसभा चुनाव 'बहिष्कार, उपायोग वा
बिथोल्ने' भन्नेमा अस्पष्ट देखिए। संविधानसभा चुनावलाई हेर्ने दृष्टिकोणमा
देखिएको मतभेदले पोलिटब्युरो बिनानिष्कर्ष टुंगियो।
बैठकका विवादित विषय असार १५ देखि पोखरामा हुने केन्द्रीय समिति बैठकमा लगिनेछ। पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाले संविधानसभा चुनावबारे पार्टी 'पर्ख र हेर' को स्थितिमा रहेको बताए।
'पहिला त हाम्रा मागबारे सरोकारवालासँग वार्ता गर्नेछौं,' बास्तोलाले नागरिकसँग भने, 'यदि त्यो परिणाममुखी भएन भने मात्रै बहिष्कारको नीति लिनेछौं।'
सचिव नेत्रविक्रम चन्द निर्वाचनलाई बहिष्कारमा मात्रै नभई बिथोल्ने गरी संघर्षको कार्यक्रम तय गर्नुपर्ने अडान राखेको स्रोतले बतायो। प्रवक्ता पम्फा भुषाल नयाँ सहमति कायम गरी निर्वाचनलाई उपयोग गर्ने पक्षमा देखिएकी छन्।
यसअघि निर्वाचनलाई उपयोग गर्नु पर्ने धारणा राखेका महासचिव रामबहादुर थापा र मध्यब्युरो इन्चार्ज हितमान शाक्य भने पोलिटब्युरो बैठकमा मौन रहे।
बहिष्कारको नीति लिएको बताउने माओवादीलाई निर्वाचनमा सहभागी हुन राष्ट्रिय/अन्तर्राष्ट्रिय दबाब छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममार्फत गरिएको ११ बुँदे सहमति र २५ बुँदे बाधाअड्काउ फुकाऊ खारेज हुनुपर्ने माओवादीले पूर्वसर्त राख्दै आएको छ।
'निर्वाचनको तिथि घोषणाको विरोध गर्दै जान्छौं। वार्ता र छलफललाई जारी राख्ने नीति पोलिटब्युरोले तय गरेको छ,' एक पोलिटब्युरो सदस्यले भने, 'बहिष्कार गर्ने ठोस औपचारिक निर्णय भएको छैन। वार्ता र विरोध सँगसँगै जाने भएकाले संघर्षका कार्यक्रम तय गरिएन।'
खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी सरकार र सरोकारवाला (उच्चस्तरीय राजनीतिक संयन्त्र) ले खेल्ने भूमिकाले नै आगामी नीति तय हुने ती पोलिटब्युरो सदस्यले बताए।
राजधानीमा आयोजित एक अन्तर्त्रि्कयामा अध्यक्ष वैद्यले संविधानसभा चुनाव बहिष्कार गर्ने औपचारिक निर्णय नगरेको बताए। 'निर्वाचन बहिस्कार गर्ने भनेर कुनै निर्णय भएको छैन,' वैद्यले भने, 'निर्वाचनको जारी प्रक्रियालाई थाती राखेर राजनीतिक दलको नेतृत्वमा चुनावी सरकार बने निर्वाचनमा जान सक्छौं।'
पोलिटब्युरो बैठकमा अध्यक्ष वैद्यले चुनाव बहिष्कार गर्ने, तर नबिथोल्ने धारणा राखेको एक सहभागी सदस्यले बताए।

No comments:
Post a Comment