हिजो कायममुकाम प्रधान न्यायधिस दामोदरप्रसाद शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलगायतलाई सपथ खुवाए । सबैले यो दृश्य टेलिभिजनमा देखे, तस्बिरमा पनि देखे तर प्रकाश उज्यालोका एकजना नियमित पाठक डि कौडिन्यले भने अलि फरक कुरा लेखेर पठाई दिएका छन् । जुन हैसियतमा बसेर शर्माले अरुलाई सपथ खुवाएका छन, उनी आफैले चाँही त्यो हैसियतको सपथ भने अझै खाएकै रहेनछन् । केही हप्ता अघि लामो दा¥ही पालेका उनै
शर्मा बारामा ‘जोगी’ झै देखिएका थिए । आफु सपथ नखाने तर अरुलाई ख्वाउने उनै
‘जोगी न्यायधीस’ का भाग्यका कथा हो यो । के उनले सपथ खानु पर्दैन ? डि कौडिन्यको प्रश्न छ...
कानुन र व्यवहार बीच तालमेल नमिल्दा कहिलेकाही गज्जवका संयोग र अवसर जुट्दा रहेछन् । प्रसंग हो, कायममुकाय प्रधानन्यायधीश दामोदर प्रसाद शर्माको । १ चैतमा ‘दलीय कागताली’ परेर प्रधान न्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रीपरिषदको अध्यक्ष बन्ने अवसर पाए, संविधानसभाको निर्वाचन गराउने सर्तमा ।
२०७१ जेठसम्म कार्यकाल भएका रेग्मी अध्यक्ष बनेर सिंहदरवार छिरे पछि उनको विरासत स्वभाविक रुपमा बरिष्ठतम् न्यायाधीश दामोदरप्रसाद शर्मालाइ आउने नै भयो । किनकी अन्तरिम संविधानले नै प्रधानन्यायाधीशको अनुपस्थितिमा प्रधानन्यायाधीशले गर्ने सवै काम कामुले गर्ने उल्लेख छ । र, त्यस्तो कामु प्रचलन अनुसार वरिष्ठतम् न्यायाधीशलाइ नै दिइन्छ ।
सर्वोच्च अदालतमा न्यायाधीशको संख्या घटेर पाँच जनामा सिमित भएका बेला रेग्मीले छोडेर हिडेपछि दामोदरमा न्यायीक स्वतन्त्रता कायम गर्ने र अदालतमा न्यायाधीश भर्ती गर्नै पर्ने दुई चुनौती थिए ।
पहिलो चुनौतीमा उनी कति खरो उत्रिए, त्यो लोकमान प्रकरण र न्यायलयमा पत्रकारलाइ प्रवेश निषेधका घटनाले पुष्टि गरिसकेका छन् । नदेखिने गरी स्वतन्त्रता रक्षाका लागि लडेका रहेछन् भने उनै जानुन ।
न्यायिक स्वतन्त्रता रक्षा सवालमा बुधवार शर्माले भने जस्तो दवाव र प्रभाववाट मुक्त राख्न जरुरी छ । तर भाग्यमानी शर्माको अभिव्यक्ति पनि भाग्यमानी नै लाग्छ किनकी उनले कमसेकम पुर्खाले जोगाएको विरासतमा खुट्टा राखेर आफुले प्रधान न्यायधीशको सपथ नै नखाई चार जना सर्वोच्चका न्यायधीशलाइ सपथ ग्रहण गराउन पाए । अझ बुधवार त उनले बिबादास्पद छविका अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाइ प्रधान न्यायाधीश तथा अध्यक्ष खिलराज रेग्मी मात्र होईन राष्ट्रपति डा. रामवरण यादव कै अघि सपथग्रहण गराई दिए, जबकी उनी आफुले अहिले सम्म प्रधानन्यायधीशका रुपमा राष्ट्रपतिवाट सपथ लिने मौका नै पाएका छैनन् ।
‘बिधिको बिधान अचम्म’ भन्ने उखान छ, तर यहाँ परिबन्धको बिधानले अचम्म पारेको छ । कायम मुकायम भए पछि स्वत प्रधानन्यायधीशको अधिकार पाइने । हेर्दै जाउ लोकमान कयोदेवी यमी र भानु आचार्यलाइ मात्र होइन, शर्माले अझै कतिलाइ सपथ खुवाउने हुन कायम मुकायमकै हैसियतमा ।
यसमा दोश शर्माको होईन, रेग्मीलाइ चार दलले कार्यकारी प्रमुख बनाए पछि सपथ नखाई पनि उनले यो कर्म गर्ने परेको छ । र, गरिरहन पर्नेछ । त्यसैले अहिले जताततै उनको भाग्यकै चर्चा छ ।
Wednesday, May 8, 2013
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment