उनका अध्यक्ष हुन, अशोक राई, जो हिजोका दिनमा एमाले उपाध्यक्ष थिए । हिजोसम्म नेकपा एमालेमा रहेर मदन भण्डारीद्धारा प्रतिपादित "जनताको बहुदलीय जनवाद" मार्फत नै "साम्यवाद" ल्याउने सपना बोकेका र वकालत गर्ने उनै श्रेष्ठ अहिले दुवै बिषयलाई गलत भन्दै हिडन थालेका छन् । एमालेले जातीय राज्य नमानेको भन्दै रिसाएर हिडेका श्रेष्ठलाई नयाँ पार्टी खोले पछि जबज र साम्यवादको मोहभंग भएको छ । जातीय राजनीति प्रतिको मोहले नयाँ पार्टी खोलेर महासचिव मात्र के भएका थिए, श्रेष्ठले हिजो आफै आवद्ध रहेको कम्युनिष्ट प्रति नै आज ‘बमिट’ गर्न थालेका छन् ।
मोहनबिक्रम सिंह र निर्मल लामाको चौथौ महाधिवेसन हुदै श्रेष्ठ वामपन्थी
राजनीतिमा आएका हुन् । ०३८ सालमा तत्कालिन मालेमा प्रवेश गरेका श्रेष्ठ ०४७ सालवाट भने एमाले भए ।
दुई पटक एमालेको टिकट पाएर सिंहदरवारका सांसद भएका श्रेष्ठ ०५५ सालमा
भौतिक योजना तथा निमार्ण मन्त्री समेत भए । पार्टीको केन्द्रिय सदस्य तथा उपत्यका
इन्चार्जको जिम्मेवारी सम्हालेका उनै श्रेष्ठ करिब ४० बर्षको बामपन्थी राजनीति प्रति आज घृणा गर्न पुगेका छन्, मानौ उनले बामपन्थी राजनीति गरेर अपराध गरेका थिए । ‘संघीय समाजवाद’ भन्ने नयाँ अवधारणा लागु गराएको दावी गर्ने श्रेष्ठको वामपन्थी प्रतिको मोहभंग निकै अनौठो खालको छ । जस/जसले हिजोको राजेन्द्र श्रेष्ठलाई चिनेका छन, आज उनलाई देख्यो र उनको कुरा सुन्यो भने ‘जुन थालमा खायो, त्यही थालमा थुक्ने’ राजनीतिमा अलिकति पनि नैतिकता नभएको "नयाँ नेता" को रुपमा चित्रित गर्न बेर लगाउदैनन् । तर, जे होस, श्रेष्ठको राजनीतिक नैतिकताको पर्दाफास भने सोमवार भएको छ ।
नेपाली कांग्रेस निकट मानिने ‘तरुण साप्ताहिक’मा दिएको उनको अन्तवार्ता हेर्ने हो भने श्रेष्ठलाई कम्युनिष्ट हुनुमा निकै पश्चताप देखिन्छ । मानौ, उनले जीवनमा एउटै गल्ति गरे, त्यो कम्युनिष्ट बनेर, अन्तवार्ता यही बोल्छ । शेरबहादुर देउवा नेतृत्वको तत्कालिन ‘प्रजातान्त्रिक कांग्रेस’ को केन्द्रिय कार्यालय रहेको घरलाई हाल आफ्नो पार्टी कार्यालय बनाएका उनलाई कतै सोही घरले प्रभाव त पारेन ? प्रश्न उठन सक्छ । हिजोका खुंखार एमाले नेताका छबि बनाएका उनै श्रेष्ठले यसरी अन्तवार्ता दिए होलान भनेर उनलाई चिन्नेले कल्पना पनि गर्न सक्दैन । तर, जातीय मोहले उनलाई कस्तो बनाएको रहेछ भने उनको पुर्ण अन्तवार्ता हेर्न र पढने हो भने त्यो घाम जत्ति कै छर्लङ देखिन्छ ।

कम्युनिष्टको नाम पनि सुन्न नसक्ने अवस्थामा यतिखेर श्रेष्ठ पुगेको देखिन्छ । झन, कुनै समय मदन भण्डारीद्धारा प्रतिपादित "जनताको बहुदलीय जनवाद" को वकालत गर्दै हिडने उनै श्रेष्ठ अहिले त त्यसले राष्ट्रलार्य निकास नै दिदैनन भनेर अलाप/बिलाप गर्न थालेका छन् । एउटा कम्युनिष्ट नेताले बर्गिय राजनीति प्रतिको मोह छुटाए पछि कस्तोसम्म बन्दो रहेछ र भन्दो रहेछ भन्ने कुरा बुझ्न उनै श्रेष्ठका अन्तवार्ताका तलका मुख्य अंश हेर्दा थाहा हुन्छ । एउटा जिम्मेवार कम्युनिष्ट नेता बिग्रियो भने कस्तो सम्म बन्दो रहेछ/भन्दोरहेछ भनेर वुझ्न नेपालको सन्दर्भमा श्रेष्ठलाई हेर्दा थाहा हुन्छ । प्रस्तुत छ, अन्तवार्ताका केही मुख्य मुख्य अंश, जो कम्युनिष्ट प्रति केन्द्रित छन् ।
# हामीले आफूलाई कम्युनिस्ट भनेर दाबी गरेका छैनौं
# अहिलेको विश्व परिवेशलाई हेर्दा कुनै पनि देशमा साम्यवादको अस्तित्व
आइसकेको छैन। नेपालको आर्थिक, सामाजिक परिवेशले ल्याउन सक्ने भनेको समाजवाद
मात्रै हो, साम्यवाद कल्पनाको कुरा हो कि भन्ने छ।
# अहिलेसम्मको अभ्यास हेर्दा साम्यवाद एउटा सुन्दर परिकल्पना मात्रै हो।
विश्वमा कहीँ पनि जीवन्त सत्यको रूपमा वा प्रयोगका रूपमा साम्यवाद आएको
छैन।
# ३०/३५ वर्षसम्म हामीले कम्युनिस्ट पार्टीमा काम गर्र्दै जाँदा साम्यवाद त
परै जाओस्, निकट भविष्यमा पनि समाजवाद आउने सम्भावना देखेनौं।
# जिन्दगीमा मैले जे जति योगदान त्यो पार्टीका निम्ति गरंे,
मार्क्सवाद–लेनिनवादप्रति विश्वास भएरै गरेको हुँ। पछिल्लो विकासको क्रममा
नेपालमा कम्युनिस्ट नाम रोखर, साम्यवादी नाम राखेर पुँजीवादी कामहरू भए
# मदन भण्डारीको बहुदलीय जनवाद भनेको पुँजीवादी कार्यक्रम हो। त्यसले तत्काल
मुलुकमा उठेका मुद्दाहरूलाई सम्बोधन गर्दैन। उदाहरणका लागि नेपालमा
संघीयताको मुद्दा आएको छ, तर बहुदलीय जनवादले केन्द्रीय सरकार र स्थानीय
सरकारको मात्रै परिकल्पना गरेको छ। नेपलालाई एकात्मक राज्यका रूपमै सीमित
गरेको छ।
# जातीय, भाषिक, क्षेत्रीय पहिचानमा आधारित संघीयताको सन्दर्भलाई
मदन भण्डारीको बहुदलीय जनवादले बोक्न सकेन। कार्यक्रम बोक्नुपर्ने
पहिचानसहितको संघीयता, तर सिद्धान्त बहुदलीय जनवादको यो कसरी सम्भव छ ?
# मदन भण्डारीको बहुदलीय जनवादले बहुमतको सरकार अल्पमतको प्रतिपक्ष भनेर
वकालत गरेको छ। तर संघीय समाजवादी पार्टी संसदीय व्यवस्थाको पक्षपाती होइन।# मदन भण्डारीको बहुदलीय जनवाद परम्परागत उदार लोकतन्त्रमा आधारित छ, तर हामी समावेशी लोकतन्त्रका पक्षधर हौं।
माथि उल्लेखित धारणा र दृष्टीकोण पेश गरेर विश्वमा श्रेष्ठले कम्युनिष्ट अर्थात बामपन्थी राजनीति गर्नेलाई धक्का दिएका छन्, हिजोको एउटा कम्युनिष्ट पार्टीका नेता हुनुका नाताले । एउटा बामपन्थी पृष्ठभुमीका एक जिम्मेवार नेताले दिएको अन्तवार्ताले नेपालको बामपन्थी राजनीति कतातिर गइरहेको छ त ? भन्ने पनि देखाउँछ। र, प्रश्न यो पनि उठाउँछ कि वामपन्थी राजनीति गर्नेहरु झुट मात्रै बेचिरहेका छन त ? यदी यो प्रश्न सत्य हो भने श्रेष्ठले पनि ३५/४० वर्षे राजनीतिमा झुटमात्रै बोलेर कटाएका रहेछन्, जो उनी आफै भन्दैछन् ।
उनी बामपन्थी राजनीति प्रति यसरी कृतघन भएर उभिएका छन, त्यति त हिजो केशरजंग रायमाझी (राजावादी हुन पुगेका कम्युनिष्ट पार्टीका महासचिव) पनि थिएनन होला । तर, त्यसको दम (अर्थात तत्वज्ञान) कहाँवाट श्रेष्ठलाई आयो ? यो प्रश्न भने उनलाई अवश्य उठेको छ । वामपन्थी राजनीति प्रति यति कृतघ्न त एमाले नै छोडने रामचन्द्र झा पनि भएनन, उनको बक्तब्यले वामपन्थी राजनीतिलाई सम्मान गरेको थिए, त्यो नैतिकता श्रेष्ठले भने राख्न सकेको देखिएन् ।
यद्धपी, आफ्नो जीवनको उर्जा र सम्मान दुवै वामपन्थी राजनीतिवाट मिलेको हो भन्ने कुरा श्रेष्ठले चटक्कै भुलेको अन्तवार्ताले देखाउँछ । एमाले उपाध्यक्ष र केन्द्रिय सदस्य त्यागेर नयाँ उर्जा र नयाँ जोशका साथ पार्टी खोलेका भए पनि केन्द्रिय कार्यालयमा पदाधिकारी र केन्द्रिय नेतामा मात्र सिमित देखिन्छ । पार्टीमा आकर्षण छ कि छैन भन्ने जान्नलाई त्यो पार्टी कार्यालयमा क्यान्टिन छ कि छैन ? बिषयले पनि निर्धारण गर्छ । श्रेष्ठको महराजगञ्ज कार्यालय पुग्यो भने जाने चाँही छर्लङ्ग हुन्छ ।

No comments:
Post a Comment