प्रकाश तिमल्सिना
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्धसहित मधेसवादी दल भित्र केन्द्रिय सदस्य, पुर्ब सभासद देखी स्थानिय तहमा पार्टी परित्याग र प्रवेशको लहर चल्न थालेको छ । दोस्रो संविधानसभा निर्वाचनको माहौल सुरु हुन थाले पछि मधेसवादी दलमा त्यसको असर अन्य राष्ट्रिय र क्षेत्रीय दलको तुलनामा बढी नै प्रकट रुपमा देखिएको छ ।
तराई–मधेसका २२ जिल्लालाई केन्द्र बनाएर राजनीतिक गर्ने मधेसवादी दलका अध्यक्ष तथा केन्द्रिय नेता जुन सुकै जिल्ला वा कार्यक्रममा पुगे पनि स्थानिय तहमा प्रवेश कार्यक्रम गराइरहेका बाक्लै भेटिन्छन् । ‘मधेसी मोर्चामा आबद्ध दल बिच नै पार्टी प्रवेश गराउने होडबाजी देखिएको छ’ तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्दराय यादव भन्छन्, ‘मेरो पार्टीमा पनि अन्य पार्टीका नेता÷कार्यकर्ता प्रवेश भइरहेका छन्, अरुले पनि गराईराखेका छन् ।’ उनका अनुसार संगठन शुद्धिकरण, सशक्तिकरण सँगसँगै पार्टी प्रवेशजस्ता कार्यक्रममा मधेसवादी दल ब्यस्त भइरहेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्धसहित मधेसवादी दल भित्र केन्द्रिय सदस्य, पुर्ब सभासद देखी स्थानिय तहमा पार्टी परित्याग र प्रवेशको लहर चल्न थालेको छ । दोस्रो संविधानसभा निर्वाचनको माहौल सुरु हुन थाले पछि मधेसवादी दलमा त्यसको असर अन्य राष्ट्रिय र क्षेत्रीय दलको तुलनामा बढी नै प्रकट रुपमा देखिएको छ ।
तराई–मधेसका २२ जिल्लालाई केन्द्र बनाएर राजनीतिक गर्ने मधेसवादी दलका अध्यक्ष तथा केन्द्रिय नेता जुन सुकै जिल्ला वा कार्यक्रममा पुगे पनि स्थानिय तहमा प्रवेश कार्यक्रम गराइरहेका बाक्लै भेटिन्छन् । ‘मधेसी मोर्चामा आबद्ध दल बिच नै पार्टी प्रवेश गराउने होडबाजी देखिएको छ’ तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महेन्दराय यादव भन्छन्, ‘मेरो पार्टीमा पनि अन्य पार्टीका नेता÷कार्यकर्ता प्रवेश भइरहेका छन्, अरुले पनि गराईराखेका छन् ।’ उनका अनुसार संगठन शुद्धिकरण, सशक्तिकरण सँगसँगै पार्टी प्रवेशजस्ता कार्यक्रममा मधेसवादी दल ब्यस्त भइरहेका छन् ।
त्याग गरेको पार्टी प्रवेश गरेको पार्टी
१. फोरम, नेपाल
१. शिवपुजन राई (पुर्व सभासद)- तमलोपा नेपाल
२. योगेन्द्र राय यादव (केस)- नेपाल सदभावना पार्टी
३. सुनिता विश्वास (केस) - नेपाल सदभावना पार्टी
२. तमलोपा
१. जयप्रकाश यादव (पुर्व सभासद) - फोरम गणतान्त्रिक
२. मोहनलाल चौधरी(केस )- फोरम लोकतान्त्रिक
३. सिरहाका (केस) - नेपाल सदभावना पार्टी
३. तमलोपा नेपाल
१. गोविन्द चौधरी (महामन्त्री)- फोरम लोकतान्त्रिक
२. रामाशिष गुप्ता (प्रवक्ता)- नेपाल सदभावना पार्टी
३. उर्मिला महत्तो (पुर्व सभासद)- फोरम लोकतान्त्रिक
४. फोरम लोकतान्त्रिक
१. करिमा बेगम (पुर्व सभासद)- फोरम नेपाल
२. शरदसिंह भण्डारीसहित ११ सभासद– राष्ट्रिय मधेस समाजवादी पार्टी
३. सर्वदेव ओझा – तराई मधेस जागरण अभियान
५. तराई मधेस जागरण अभियान (जेपी गुप्ता)
१. सन्ध्या देवी – फोरम लोकतान्त्रिक
परित्याग र प्रवेश किन ?
स्थानिय तहमा ब्यक्तिगत तथा निहित स्वार्थ, सुरक्षाको अनुभुति, स्थानिय निकायमा पाउने भुमिकाजस्ता कारणले एक पार्टीवाट अर्को पार्टीमा प्रवेश हुने गरेको राजनीतिक विश्लेषक चन्द्रकिशोर झा बताउँछन् । ‘एउटा दलमा उकुसमुकुस भयो कि सहजै अर्को दलमा प्रवेश गरेको देखिन्छ, त्यसमा आफ्नो राजनीतिक भुमिका र पदाधिकारीे लोभ लालचले पनि जोडिन पुग्छन्’ झा भन्छन, ‘मुख्यतः मधेसमा पार्टी प्रवेशको बिषयलाई अर्थराजनीतिले निकै ठुलो प्रभाव पारिरहेको छ ।’ अर्थराजनीतिक तथा निहित स्वार्थको छाता ओडेर भइरहेका प्रवेशले भने मधेसवादी दललाई नाफा भन्दा घाटा हुने उनको तर्क छ । किनभने, त्यो स्थायित्व हुन सक्दैन् ।
केन्द्र मै एक पार्टीवाट अर्को पार्टीमा
सत्ता राजनीतिमात्र केन्द्रित भएर मधेसवादी दल विभाजित हुने गरेको आरोप यस अघि लाग्दै आयो तर संविधानसभा विघटन पछि परित्याग र प्रवेशको क्रम भने रोकिएको छैैन् । अर्को परित्याग र प्रवेशको लहर स्थानीय तहमा मात्रै होइन, केन्द्रिय तहमा पनि उत्तिकै छ । (हेर्नुहोस बक्समा)
हाल राजनीतिमा सुरक्षित तथा उम्मेदवारीको टिकट पाउने आशामा मात्र पार्टी परित्याग र प्रवेश हुने गरेको भन्नेमा झा पुग्दैन्नन । ‘पदाधिकारीको लोभ र आफु सुरक्षित (अपराधवाट) हुने आशमा पनि केन्द्रमा परित्यागको लहर देखिन्छ’ झा भन्छन् ।
जस्तो कि रातो पार्सपोर्ट अभियोग लागेका शिबपुजन राई तमलोपा नेपालमा प्रवेश गरे भने सोही अभियोग खेपेका लोकतान्त्रिकका बीपी यादव फोरम गणतान्त्रिक रोज्न पुगे । यसको भित्रि कारण आफु रहेको पार्टीमा सुरक्षित नभए पछि अर्को दल रोजेको विश्लेषकहरुको भनाई छ ।
सिंगो मधेस ‘कन्फ्युज्ड’मा
राष्ट्रिय राजनीतिको संक्रमणमा भएकाले त्यसको प्रभाव मधेस केन्द्रित राजनीतिमा स्वाभाविक रुपमा पर्छ, परेको नै छ । अर्का राजनीतिक विश्लेषक तुलानारायण साह भने यसलाई ‘कन्फ्युज्ड मधेस’को संज्ञा दिन रुचाउँछन् । ‘६० वर्ष कांग्रेसलाई, ४० वर्ष एमालेलाई र २० वर्ष एमाओवादीलाई चाखिसकेको मधेसी जनताले विकल्पमा मधेसवादी दल रोजेका थिएँ,’ साह भन्छन, ‘तर, मधेसवादी दललाई ५ बर्ष टेस्ट गर्दा पनि मधेसी जनता सन्तुष्ट हुन् सकेनन्, अब के गर्ने त ? भन्ने अन्यौलता मधेस गुुज्रिरहेको छ ।’ त्यसैको प्रभाव पार्टी परित्याग र प्रवेशको लहरमा प्रकट रुपमा देखा परेको उनको ठम्याई छ ।
पार्टी धेरै, अवसर पनि उत्तिकै
झाको भाषामा नै हिजोका ‘ब्रान्डिङ’ शक्ति फोरम, ‘इर्मिजिङ’ शक्ति तमलोपा र ‘परम्परागत’ शक्ति सदभावना यतिखेर धेरै टुक्रामा विभाजित अवस्थामा छ ।
फोरम, नेपाल विभाजित भएर फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तराई मधेस फोरममा पुर्नगठित छ । माऊ पार्टी फोरम नेपालसँग विभाजित फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिक पनि पुनः टुक्रिन पुगेका छन् । बिजय गच्छदार नेतृत्वको लोकतान्त्रिकवाट छुट्टिएर शरदसिंह भण्डारीले राष्ट्रिय मधेस समाजवादी पार्टी र जयप्रकाश गुप्ताको गणतान्त्रिकवाट छुट्टिएका राजकिशोर यादवले पार्टी नै कब्जा गरे । गुप्ता यतिखेर तराई मधेस जागरण अभियान लिएर घुमिरहेका छन् ।
महन्थ ठाकुर नेतृत्वको तमलोपावाट महेन्द्रराय यादव नेतृत्वमा तमलोपा नेपाल गठन भयो भने पंञ्चायती कालरात्री समाप्तिसँगै गजेन्द्रनारायण सिंह नेतृत्व स्थापित नेपाल सदभावना पार्टी पाँच टुक्रा भएका छन् । राजेन्द्र महत्तोको नेतृत्वमा नेपाल सदभावना पार्टी, अनिल झाको नेतृत्वमा संघीय सदभावना पार्टी, राष्ट्रिय सदभावना र सदभावना (आनन्दीदेवी)को नेतृत्वमा भने क्रमशः रामनरेश राय यादव र सरिता गिरी विद्यमान छन् भने सदभावनासँगै छुट्टिएको नव नेपाल निमार्ण पार्टीको नेतृत्व मोती दुगडले गरेका छन् ।
‘मधेसमा हिजो तीनवटा प्रमुख मधेसवादी शक्ति थिए, आज आएर बढोत्तरी हुन पुगेको छ’ साह भन्छन, ‘एउटा पार्टीमा चित्त नवुझेर सोही पार्टीमा बसेर संघर्ष गर्नुभन्दा अन्य पार्टीमा जान तम्सिन्छन, फेरी अर्को पार्टी भने त्यो नेताले कहिले पार्टी छोडला र मेरोमा ल्याउला भनेर ढुकेर बसिरहेको हुन्छ ।’ पार्टी प्रवेश गरेर खुम्चने अवस्था नभएको र अन्य स्थानमा अबसर नै अबसर भएकाले पनि परित्याग र लहर चलेको उनको तर्क छ ।
एउटा पार्टीको नेता अर्को पार्टीमा प्रवेश जत्ति सहज मधेसवादी दललाई छ, त्यो भन्दा कयौं गुना गा¥हो भएकालाई जोगाउनुमा छ । त्यसैले मधेसवादी दल यतिखेर आफनो पार्टीमा प्रवेश गराउने कार्यक्रमका साथ भएकालाई जोगाउन पनि उत्तिकै खटिएका देखिन्छन् ।
घाटा तराई–मधेसलाई नै
पार्टीमा धेरै भन्दा धेरैलाई प्रवेश गराउने होडबाजीले गुनात्मक प्रभाव पारे पािन गुणात्मक विकास भने नहुने भनाई झाको छ । ‘संख्या देखाएर ठुलो पार्टी र प्रभावशाली हुदैन, पार्टी बलियो हुदैन त्यसमा गुणहरु हुनु जरुरी छ’ झा भन्छन, ‘आज प्रवेश गरेको नेता भोली अर्को तर्फ जाने सम्भावना पनि उत्तिकै हुन्छ ।’ अर्थराजनीति र अवसरवादी चरित्र मधेसको समग्र राजनीतिका लागि घाटा भइरहेको झाको भनाई छ ।
यता, जति धेरै पार्टी हुन्छ, त्यति धेरै मत स्वाभाविक रुपमा बिभाजित हुन्छ, त्यसमा मधेसवादी दल पनि अछुतो रहन सक्दैन् । ‘मधेसी दल विभाजित भई चुनावमा गए घाटा हुने मधेसी दल र मधेसी जनतालाई नै हो, यसमा कुनै शंका छैन,’ संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा स्विकार गर्छन् । एक अर्को पार्टी विच नेता÷कार्यकर्ता ओसारपसारमा ध्यान दिनु भन्दा पनि मधेसवादी दल बिच मोर्चाबन्दी वा पार्टी एकीकरण गरेर चुनावमा जानु पर्ने झाको भनाई छ ।
मोर्चाबन्दी सम्भव छ त ?
मोर्चाबन्दी र पार्टी एकीकरण गरी निर्वाचनमा जानु मधेस र मधेसी जनताको हितमा भए पनि त्यो तत्काल सम्भव भने देखिदैन् । कारण, राजनीतिक ‘इगो’ र महत्वकांक्षा त्यहाँ वढी प्रकट हुन्छ । बिश्लेषक साह पनि मधेसवादी दल एउटै मोर्चाबन्दी र पार्टीमा अटाउन नसक्ने दावी गर्छन् । ‘खासमा संघीयतालाई हेर्ने आँखा र राजनीतिक आस्था यस्ता कारण हुन, जसले उनीहरुलाई एक ठाउँमा जोडिन दिदैन्’ साह भन्छन, ‘यद्धपी तीनवटा मोर्चावन्दी र पार्टीमा सिमिति हुन भने सक्छन तर त्यहाँवाट तल घट्न भने कदापी सक्दैनन् ।’ मधेसवादी दल विच एकता हुन नसके त्यसको फाइदा भने नेपाली कांग्रेस र एकीकृत माओवादीले लिनेछन र तुलनात्मक रुपमा नेकपा एमाले मधेसमा कमजोर देखिने उनको विश्लेषण छ ।
source: nagarik
No comments:
Post a Comment