Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Sunday, March 17, 2013

‘काजी’साब लुसुलुसु प्रचण्डसँग किन पैसा लिनुभयो ?’

नारायणकाजी श्रेष्ठ एकीकृत माओवादीका उपाध्यक्ष हुन् र निबर्तमान उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री पनि । बेला बेलामा नेपाली राजनीति देखी सर्वसाधारणसम्म काजी सा’ब चर्चा र परिचर्चामा रहन्छन् । कहिले रोएर उनी चर्चामा आउँछन, कहिले दौरा सुरुवाल लगाएर, कहिले के कहिले के गरेर उनी चर्चामा रहन्छन् । आज पुनः काजी सा’ब फेरी चर्चामा छन् । खासगरी उनले युद्धकाल मै प्रचण्डसँग पैसा लिएर तत्कालिन एकता केन्द्र पार्टी चलाउने गरेको रहस्योदघाटन ड्यास माओवादीका एक जिम्मेवारी नेताले गरिदिए पछि ।
काजी सा’ब ‘प्रकाश’ उपनामले धेरै लामो समयसम्म भुमिगत रहे । प्रचण्डले युद्ध जाऊँ भन्दा काजी सा’ब त्यो बेला जान मानेनन् । माओवादी पार्टी गठन गरेर प्रचण्ड रुकुम रोल्पा तिर लागे, काजी सा’ब भने एकता केन्द्रको महासचिव भएर बसे । युद्धकाल भरी माओवादी युद्धको उनले चर्को विरोध गरे ।

यहाँसम्म कि सो युद्धलाई उनले सामाजिक फासिवादको संज्ञा दिदै आलोचना र विरुद्धका आन्दोलन पनि गरे । माओवादीको ज्यादती विरुद्ध भण्डाफोर चलाउने पनि काजी सा’बको पार्टी जनमोर्चा नेपाल नै थियो ।
माओवादी १२ वुदेँ हुदै शान्ति प्रक्रियामा आए पछि प्रचण्ड असार ३ गते सार्वजनिक भए तर काजी  सा’ब भने अझै गुमनाम नै रहे । तर, माओवादीलाई १२ वुदेँ समझदारीमा ल्याउन जति एमाले नेता माधवकुमार नेपालको भुमिका थियो, लगभग त्यति नै भुमिका काजी सा’बको पनि रहेको छ । यो इतिहासले बोलेकै छ, धेरै लेख्नै पर्दैन् ।
जव तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्री परिषदमार्फत काजी सा’व संविधानसभाका मनोनित सभासद भए, त्यसपछि उनको भुमिका स्वतः सार्वजनिक रुपमा प्रकट हुन थाल्यो । संविधानसभा निर्वाचन पछि काजी सा’बले तत्कालिन नेकपा माओवादीसँग पार्टी एकीकरण गरी एकिकृत नेकपा माओवादी भन्ने नयाँ पार्टी बनाई दिए । त्यस पछि मात्र हो, हिजो माओवादी युद्धलाई ‘सामाजिक फाँसिवाद’, ‘उग्रवामपन्थी भडकाव’ भनेर लेख्ने र अभिब्यक्ति मार्फत खरो आलोचना गर्ने उनै काजी सा’व एकाएक ‘महान जनयुद्ध’ भन्दै सो युद्धको मुक्तकण्ठले प्रशंशा गर्न सुरु गरेको । हिजोको काजी सा’बलाई चिन्नेले पछिल्लो काजी सा’वको यो कुरा मन पराएनन, न त त्यस कुरामा दम नै देखे । जे होस, काजी सा’ब ठुला नेता भने भए, छन् ।
सद्यै प्रचण्ड सँगसँगै रहे पनि चर्चित धोबीघाट गठबन्धनमा यीनले उनलाई छोडिदिए र मोहन वैद्य र बाबुराम भट्टराईको लहलहैमा लागेर प्रचण्ड विरुद्ध हस्ताक्षर नै गरे । कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यलाई पनि त्यो अभियानमा साथै राखे । त्यसको केही समय मैै पार्टी विभाजन भए, वैद्यहरुले अलग्गै पार्टी खोले, नेकपा–माओवादी । उनी भने प्रचण्डसँगै टासिए र बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा चौका हान्न पुगे । बिच बिचमा धेरै पटक बाबुरामसँग यीनको कुरा मिलेन् । दिल खुल्नेहरुसँग यीनले सधै नै भनिरहे, ‘राजिनामा खल्तिमा हालेर जिम्मेवारी लिनु जत्तिको आनन्द सायद अरुमा छैन्, म राजिनामा खल्तिमा हालेर उपप्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छु ।’ जे होस, काजी सा’बको काम गर्ने यो तरिका पनि ठिक छ है ।
महाधिवेसनमा राष्ट्रियताको कुरा उठाएर काजीसा’बले माघ अन्तिम साता पुनः चर्चा कमाए, जतिखेर हेटौडामा महाधिवेसन भइरहेको थियो । महाधिवेसन स्थल मै पत्रकारलाई मःमः खुवाई खुवाई गरिएको पत्रकार सम्मेलनले केही उनलाई नाफा पनि भयो र सँगसँगै घाटा पनि । जे होस चर्चा चाँही ठुलै भयो । भट्टराई सरकारले भारतसँग गरिएको बिप्पाको निरन्तर बिरोध गर्ने काजी सा’बले महाधिवेसनमा पनि त्यो कुरा उठाए । र, अहिले चाँही उनी त्यस सबालमा सुते जस्ता छन् ।
अहिलको चर्चा चाँही अलि फरक छ । कारण हो, सशष्त्र संघर्षरत माओवादीसँग पैसा लिएर पार्टी चलाउनु र ब्यवहार चलाउने काम गर्ने गरेको रहस्योदघाटन भइदिएकाले । ड्यास माओवादीका पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले काजी सा’वले युद्धकालमै माओवादीवाट पैसा लिने गरेको खुलासा आज जनदिशा दैनिकवाट गरिदिएका छन् । केसीले काजी सा’बका राष्ट्रियताको कुरा पनि नक्कली मात्रै भएको ठोकुवा गरिदिएका छन । प्रचण्डसँग लुसुक्क पैसा लिन गरेको भेद पनि खोलिदिएका छन् । प्रचण्डले महाधिवेसनमा पेश गरेको प्रतिवेदनमा युद्धकाल मै काजी सा’बसँग ‘कमरेडेली संवन्ध’ थियो भनेर लेखेका त छन् । तर त्यो कमरेडली संवन्ध केका लागि हुन्थ्यो त त्यो बेला भने कतै उल्लेख गरेका छैनन । तर, जनदिशा दैनिकमा आइतवार छापिएको कुल केसीको भनाईले भने कयौं मध्यका एउटा रहस्य भने खुलाई दिएका छन् । सायद काजी सा’बले रिसले भने पनि कुलको भनाई भने यहाँ जस्ताको तस्तै राखिएको छः



सोनामद्वारा नारायणकाजीको रहस्योदघाटन

काठमाडौं, ४ चैत / नेपाल कम्युनिष्ट पार्टी – माओवादीका पोलिटव्यूरो सदस्य एवम् ताम्सालिङ राज्य इन्चार्ज कुलप्रसाद केसी ‘सोनाम’ ले अलग पार्टीमै रहेका नारायणकाजी श्रेष्ठले जनयुद्धकालमा आफूहरुसँग पैसा लिने गरेको रहस्योदघाटन गरेका छन् ।

श्रेष्ठको यो काम मूल्यको राजनीति विपरित भएको बताउँदै जनदिशान्युज अनलाइनसँग सोनामले भनेका छन् ‘लडाईँको त्यो भीषण अवस्थामा आर्थिक अभाव धेरै थियो, त्यो बेलामा दिल्लीबाट प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पैसा दिनुप¥यो भनिरहन्थे ।’

आफूहरुले दिएको पैसाबाट माओवादीलाई नै सामाजिक फासीवादी भनेर पुस्तक लेखेर अभियान चलाएका श्रेष्ठका बारेमा मूल्याङ्कन गर्दै सोनामले भनेका छन् ‘नारायणकाजी क्रान्तिकारी माओवादीलाई ध्वस्त पार्न निर्माण गरिएका पात्र हुन् । राष्ट्रियताको कुरा गर्दै राष्ट्रिय आत्मसमर्पणवादलाई बलियो बनाउने काम गर्दै आएका छन् ।’

No comments:

Post a Comment