प्रधानमन्त्री कोइरालाले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा मोदीका लागि विशेष साकाहारी परिकार बनाउन भनिएको छ। मोदी साकाहारी भएकाले यस्तो व्यवस्था गरिएको हो। नेपालको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्केकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको सम्मानमा परराष्ट्रमन्त्री पाण्डले होटल याक एन्ड यतिमा दिएको रात्रिभोजमा पनि साकाहारी परिकार राखिएको थियो।
सञ्चारकर्मीलाई सेक्युरिटी कार्ड-मोदीको नेपाल भ्रमण बेला समाचार संकलन गर्ने सञ्चारकर्मीले सूचना विभागले दिने विशेष कार्ड र सूचना तथा सञ्चार मन्त्रालयले उपलब्ध गराउने सेक्युरिटी कार्ड साथमा बोक्नुपर्नेछ। दुवै कार्ड साथमा नराखे कार्यक्रम स्थलमै गएर समाचार संकलन गर्न पाइनेछैन।
सूचना विभागले वितरण गरेको विशेष कार्डका आधारमा परराष्ट्रले सेक्युरिटी कार्ड बनाएर सञ्चार मन्त्रालयमार्फत वितरण गर्नेछ। 'विभागको विशेष र सेक्युरिटी दुवै कार्ड साथमा नहुने सञ्चारकर्मीले कार्यक्रमस्थलमा गएर समाचार संकलन गर्न पाउनेछैन,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'भारतीय प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर यसो गरिएको हो।'
यो अभ्यास आगामी कात्तिक महिनामा काठमाडौंमा हुने सार्क शिखर सम्मेलनका बेला पनि काम लाग्ने भएकाले अहिल्यै कार्यान्वयनमा ल्याउने निर्णय गरिएको स्रोतले बतायो। सञ्चारकर्मीसँगै सुरक्षा निकाय, मन्त्रालयका कर्मचारी सबैलाई सेक्युरिटी कार्ड अनिवार्य गरिएको छ। सेक्युरिटी कार्डबिना प्रहरी प्रमुखले पनि कार्यक्रममा प्रवेश नपाउने स्रोतले बतायो। सूचना विभागले वितरण गरेको विशेष कार्डका आधारमा परराष्ट्रले सेक्युरिटी कार्ड बनाएर सञ्चार मन्त्रालयमार्फत वितरण गर्नेछ। 'विभागको विशेष र सेक्युरिटी दुवै कार्ड साथमा नहुने सञ्चारकर्मीले कार्यक्रमस्थलमा गएर समाचार संकलन गर्न पाउनेछैन,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'भारतीय प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर यसो गरिएको हो।'
प्रधानमन्त्री सुशील कोइरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आसन्न नेपाल भ्रमण क्रममा आधा घन्टा 'वान टु वान' (एक्लाएक्लै) भेटवार्ता गर्ने भएका छन्। दुवै देशका प्रधानमन्त्रीले केही समय एक्लाएक्लै कुराकानी गर्न चाहेपछि आधा घन्टा समय निकालिएको हो। मोदी नेपाल आएकै दिन साउन १८ गते आइतबार दिउँसो साढे २ देखि ३ बजेसम्म सिंहदरबारमा 'वान टु वान भेटवार्ता' तय भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए।
त्यसपछि प्रधानमन्त्रीको उपस्थितिमै दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुने र सहमति बनेका (सम्झौतापत्र) विषयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको उनले बताए।
प्रधानमन्त्री स्तरमा एक्लाएक्लै भेटवार्ता हुँदा कुनै विशेष प्रस्ताव वा एजेन्डामा छलफल हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको परराष्ट्र अधिकारीहरू बताउँछन्। त्यसपछिको द्विपक्षीय बैठकमा त्यही प्रस्ताव वा एजेन्डालाई सहमतिमा लगेर सार्वजनिक गरिन्छ।
मोदीले भोलिपल्ट सोमबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम छ। त्यसै दिन उनले राष्ट्रपति रामवरण यादवसँग शिष्टाचार भेट गर्नेछन्। लगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम छ। मधेसवादी दलका नेताले सामूहिक रूपमा मोदीसँग भेटवार्ता गर्ने तय भएको छ। संविधानसभाबाहिर रहेको नेकपा–माओवादीका नेतासँग भेटघाट कार्यक्रम छैन।

भारतीय सञ्चार माध्यमका अनुसार मोदी सात मन्त्री, उच्च सरकारी अधिकारी, ठूला उद्योगी, सञ्चारकर्मीसहित १ सय १ सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै विशेष विमानमा नेपाल आउनेछन्। यहाँ रहँदा उनका लागि दुईवटा 'बुलेटप्रुफ' गाडी भारतले नै ल्याउँदैछ। भ्रमण सकिएपछि ती गाडी भारतले फिर्ता लग्नेछ। नेपालले पछिल्लोपटक सन् १९९९ मा किनेको बुलेटप्रुफ गाडीमा भरपर्ने अवस्था नभएकाले मोदीका लागि गाडी व्यवस्था गर्न भारतलाई नै भनिएको हो। द्विपक्षीय बैठकमा सहभागी हुने भारतीय औपचारिक प्रतिनिधिमण्डल २५ जनाको हुनेछ। सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री आइके गुजरालले नेपालको औपचारिक भ्रमण गरेयता कुनै भारतीय प्रधानमन्त्री औपचारिक भ्रमणमा आएका छैनन्।
(साभारः सुरेन्द्र पौडेल, नागरिक दैनिक )
मोदीको दुई दिने कार्यतालिकाको सम्पुर्ण बिबरण पढन चाँही यहाँ क्लिक गर्नुृहोस
मोदीको दुई दिने कार्यतालिकाको सम्पुर्ण बिबरण पढन चाँही यहाँ क्लिक गर्नुृहोस
प्रधानमन्त्री
कोइरालाले होटल सोल्टीमा आयोजना गर्ने रात्रिभोजमा मोदीका लागि विशेष
साकाहारी परिकार बनाउन भनिएको छ। मोदी साकाहारी भएकाले यस्तो व्यवस्था
गरिएको हो।
नेपालको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्केकी भारतीय विदेशमन्त्री सुषमा स्वराजको सम्मानमा परराष्ट्रमन्त्री पाण्डले होटल याक एन्ड यतिमा दिएको रात्रिभोजमा पनि साकाहारी परिकार राखिएको थियो। - See more at: http://www.nagariknews.com/politics/international/story/22187.html#sthash.t1OucqPy.dpuf

No comments:
Post a Comment