Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, July 30, 2014

प्रचण्ड पुष्पलाल,कमल बीपी‘चोर्ने’: एमाले/कांग्रेस हाँसेरै मर्ने ?

एमालेले बर्षौ देखी आर्दश मान्दै आएका तीन नेताको तस्बिर
नेपाली राजनीतिक आन्दोलनमा सबै भन्दा शिर्ष स्थानमा रहने ब्यक्तिहरु हुन, पुष्पलाल र बीपी कोइराला । हामीले देख्दै आएको र सुन्दै आएका कुरा चाँही के हो भने पुष्पलाललाई एमालेले र कोइरालालाई कांग्रेसले आफनो आर्दश राजनीतिज्ञको रुपमा मान्दछ, मानिरहेका छन । बरु एमालेले माक्र्स, एंगेल्स र लेनिनको तस्विर राख्दैन तर एमालेको महाधिवेसन होस वा राष्ट्रिय भेला अथवा कुनै पनि सामान्य कार्यक्रम नै किन नहोस, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर टाग्न छोडदैनन । त्यस्तै, कांग्रेसले बिपीको तस्विर झुन्डाएर मात्रै कुनै पनि कार्यक्रम गर्छ, त्यस माथी कांग्रेसले आजकाल गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको तस्विर पनि झुन्डाउने गर्न थालेको छ । यो देखिएको र सुनिएको अझ भने हेरिएको दृश्यहरु हुन । तर, यो साल दुईवटा अचम्मको घटना हुन पुगेका छन् । पहिलो घटना, एकीकृत नेकपा माओवादीले आफनो पार्टीको आर्दश नेता  पनि पुष्पलाल हो भन्दै पहिलो पटक पुष्पलाल जयन्ती मनायो भने साउन १७ गते राप्रपा नेपालले बीपीको शतवार्षिकीमा एक बिचार कार्यक्रम राखेको छ । 

राप्रपा नेपालले बिपी जयन्तीका अवसरमा कार्यक्रम गर्दै
पहिलो, जीवनभर पुष्पलाललाई गद्धार भन्ने माओवादीहरुले यो पटक औपचारिक कार्यक्रम नै गरेर पुष्पलाल जयन्ती मनाए । पहिलो पटक जयन्ती मनाउने क्रममा अझ एमाओवादी अध्यक्ष प्रचण्डले त पेरिसडाँडामा नै भने, ‘पुष्पलाललाई सम्झने हक एमाओवादीलाई मात्रै छ, अरु कुनै पनि कम्युनिष्ट पार्टीलाई त्यो हक छैन ।’ कुरा यहाँसम्म त ठिकै होला । तर, ख्याल गर्नु पर्ने बिषय चाँही यो हो की, यो बर्ष अघि कहिल्यै पनि एमाओवादीले पुष्पलाल जयन्ती औपचारिक रुपमा मनाएको थिएन । जातीय राज्यको बिरोध गर्दै थर (श्रेष्ठ) लेख्न अस्विकार गर्ने पुष्पलालको  पहिलो पटक यसरी माओवादीले जयन्ती मनाउनु भन्दा अघि के निर्णय गरेको थियो ? त्यो बुझन सान्र्दभिक हुन्छ । सातौं महाधिवेसन (हेटौडा) महाधिवेसन)मा अध्यक्ष प्रचण्डले जीवनभर पुष्पलाललाई 'गद्धार' भनेकोमा पछुतो मान्दै आफनो (माओवादी) कित्तामा ल्याउन प्रस्ताव गरेका थिए । पुष्पलाललाई आर्दश राजनीतिज्ञ मान्ने सो प्रस्ताव हेटौडा महाधिवेसनवााट अनुमोदन भएको थियो जबकी त्यो अघिसम्म माओवादीहरुको बुझाई पुष्पलाल 'गद्धार' नै हुन भन्ने थियो । हेटौडा महाधिवेसनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डले लेखेका छन– विगतमा माओवादी कित्ता भित्रैबाट वहाँलाई दक्षिणपन्थी, दलाल र गद्दारको विल्ला भिराउनु एक भयानक गल्ती थियो । नेपाली कांग्रेसको वर्ग–विश्लेषण र संयुक्त–मोर्चा नीतिमा केही उदारवादी कमजोरी भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा वहाँले खेलेको भूमिका र लिएको सही अडानका अगाडि त्यो नितान्त गौण विषय हो । क. पुष्पलाललाई संशोधनवादी कित्तामा तान्ने प्रयत्नका विरुद्ध हामीले वहाँको समूचित कदर गरी क्रान्तिकारी माक्र्सवादी कित्ता मै राख्ने पहल बढाउनु पर्दछ  (थप पढन यहाँ क्लिक गर्नुहोस )। हिजो आफैले गाली गरेका पुष्पलाललाई संशोधनवादी कित्ता (एमाले) वाट आफनो (एमाओवादी) कित्तामा ल्याउन प्रचण्डले जोडतोडले बल गरेको देखियो ।
एमाओवादी पहिलो पटक पुष्पलाल जयन्ती मनाउँदै, पेरिसडाँडामा
त्यस्तै, कट्टर राजवादी शक्ति मानिने कमल थापा नेतृत्वको राप्रपा नेपालले कांग्रेसले आर्दश मान्दै आएको बीपी कोइरालाको शतवार्षिकीमा कार्यक्रम गर्दै आएको छ । छिमेकी मुलुक भारतले नेपालमाथी राज गर्न चाहेको (अझ आफनो बनाउन चाहेको) संकेत पाए पछि राजा र प्रजा (जनता) मिल्नु अनिवार्य भएको भन्दै मेलमिलापको नीति लिएर निर्वासन जीवन त्यागी (2033 BS) नेपाल फर्केका बीपीलाई सम्झेर कमल थापाको पार्टीले एक कार्यक्रम गर्न लागेको छ । पुष्पलाललाई एमाओवादीले पहिलो पटक सम्झे जस्तै कमल थापाले  पनि बीपीलाई पहिलो पटक औपचारिक रुपमा नै सम्झन पुगेका छन् ।
संविधानसभाको तेस्रो दल एमाओवादीले पुष्पलाललाई र चौथो ठुलो दल राप्रपा नेपालले बीपीलाई सम्झना गर्नुलाई अर्थपुर्ण रुपमा लिन सकिन्छ । आफनो आदर्श नेता नभएका दुवै पार्टीले अर्का पार्टीका आदर्श नेता (यसको मतलब पुष्पलाल र बीपीलाई मान्नु नै हुदैन भन्ने चाँही होइन, नेता सबैका हुनं) लाई सम्झेर के गर्न खोजेका हुन ? त्यो चाँही बुझि साध्य छैन । भन्नेहरुले के भन्छन भने, ‘देखाउने टाउको नभए पछि अर्का पार्टीका टाउको देखाउने ध्याउन्नमा दुवै पार्टी लागेका छन किनकी पुष्पलाल र बीपीको नीति आज आएर पुष्टी हुदै गएका छन, जनताले मन पराएका छन ।’
जे होस, नेता चाँही सबैका साझा हुन तर दुवैको ब्यावहार चाँही अचम्म लाग्दा नै भए र त यो ब्लग लेखियो ।










No comments:

Post a Comment