संबिधानसभा बिघटन पुर्व नेकपा एमालेमा मधेसी आदिबासी÷जनजाति लगायतका सभासदले नेतृत्वको चर्का आलोचना गरे । एकल जातीय पहिचानको पक्षमा नेतृत्व न उभिएको भन्दै एमाओवादीसँग लागेर हस्ताक्षर क्याम्पेनिङ गरे र भनिदिए, ‘एमाले आदिबासी, जनजाती, मधेसी बिरोधी पार्टी हो, अब यो पार्टी बाहुन क्षेत्रीको मात्रै भयो, अरुको हुन सकने ।’ यो पनि थप आफनै पार्टीको जिम्मेवारी नेताहरुवाटै आरोप लाग्यो कि, ‘एमाले संघीयता बिरोधी छ, त्यसकारण यो पार्टीको भविश्य छैन ।’ परिणाम, एमालेमा स्थापित धेरै आदिबासी, जनजाति, मधेसी नेताले पार्टी छाडे, कोही अरु पार्टीमा लागे त, कोहीले आफैले पाटी बनाए ।
उपाध्यक्ष अशोक राई, राजेन्द्र श्रेष्ठ, विक्रम सुब्बा, रकम चेम्जोङ, अजम्बर काङबाहाङ, रिजवान अन्सारी, गोपाल ठाकुर लगायत एमालेका चर्चित नेताले एमाले छाडे र संघीय समाजवादी पार्टी निमार्ण गरे । रामचन्द्र झा, उर्मिला अर्याल र लक्की शेर्पालगायत एमाओवादीमा गए, पासाङ शेर्पाले नयाँ पार्टी बनाए । जो जो एमालेलाई विभिन्न आरोप लगाउँदै छाडेर हिडे, तीनीहरुको हालत अहिले पत्ला भएको छ, राष्ट्रिय राजनीतिमा रुझेको मुसो जस्तो हुन पुगेको छ भने एमाले संविधानसभाको दोस्रो ठुलो शक्तिको रुपमा उभिन पुगेको छ । यसैअवस्थामा, अशोक राईहरु भने प्रचण्डको शरणमा पुगेका छन, संघीय गणतान्त्रिक मोर्चाको नाममा ।
भनिन्थ्यो कि त्यतिबेला एमाओवादी र पश्चिमा राष्ट्रको आर्थिक सहयोगमा मुलुकलाई जातीय बिखण्डनमा ल्याउन एमालेका आदिबासी÷जनजाति, मधेसीलाई प्रयोग गरिएको छ । लामो समयसम्म मुलुकलाई जातीय मुद्धामा अल्झाएर संकटमा पार्न निकै प्रयास भएका छन । तर, त्यसको कुनै प्रमाण फेला परेको थिएन । ‘कुरो सत्य नै थियो तर प्रमाण भने छैन’ भन्ने कोणबाट धेरै प्रश्न न उठेका होइनन् तर आज भने सोही खेलमा संलग्न एकजना ‘खेलाडी’ दिपक पुनमगरले भने एमालेमा विभाजन गर्न, जनजाति÷आदिबासीको नाममा कहाँ कहाँवाट पैसा आउथ्यो, माओवादीले कसरी एमालेका सभासदहरुलाई प्रयोग ग¥यो जस्ता बिषयको फेहरिस्त लेखेका छन ।
हाल केपी शर्मा ओली पक्षवाट एमाले नवौं महाधिवेसनमा सचिवको उम्मेदवार भएका तत्कालिन आदिबासी जनजाति सभासद (ककस)का सभापति पृथ्वी सुब्बा गुरुङलाई लेखेको यो पत्र प्रकाश उज्यालोका हातमा परेको छ । तपाईले यो पत्र पढे पछि यस्ता रहस्यहरु थाहा पाउनु हुन्छ कि साँच्चै एमाले कसरी टुक्रियो र आदिबासी÷जनजाति आन्दोलनका नाममा कसरी घिनलाग्दा काम अध्याँरो कोठामा हुदाँेरहेछ, थाहा पाउनु हुन्छ । प्रस्तुत छ, सोही गोप्य पत्रः
उपाध्यक्ष अशोक राई, राजेन्द्र श्रेष्ठ, विक्रम सुब्बा, रकम चेम्जोङ, अजम्बर काङबाहाङ, रिजवान अन्सारी, गोपाल ठाकुर लगायत एमालेका चर्चित नेताले एमाले छाडे र संघीय समाजवादी पार्टी निमार्ण गरे । रामचन्द्र झा, उर्मिला अर्याल र लक्की शेर्पालगायत एमाओवादीमा गए, पासाङ शेर्पाले नयाँ पार्टी बनाए । जो जो एमालेलाई विभिन्न आरोप लगाउँदै छाडेर हिडे, तीनीहरुको हालत अहिले पत्ला भएको छ, राष्ट्रिय राजनीतिमा रुझेको मुसो जस्तो हुन पुगेको छ भने एमाले संविधानसभाको दोस्रो ठुलो शक्तिको रुपमा उभिन पुगेको छ । यसैअवस्थामा, अशोक राईहरु भने प्रचण्डको शरणमा पुगेका छन, संघीय गणतान्त्रिक मोर्चाको नाममा ।
भनिन्थ्यो कि त्यतिबेला एमाओवादी र पश्चिमा राष्ट्रको आर्थिक सहयोगमा मुलुकलाई जातीय बिखण्डनमा ल्याउन एमालेका आदिबासी÷जनजाति, मधेसीलाई प्रयोग गरिएको छ । लामो समयसम्म मुलुकलाई जातीय मुद्धामा अल्झाएर संकटमा पार्न निकै प्रयास भएका छन । तर, त्यसको कुनै प्रमाण फेला परेको थिएन । ‘कुरो सत्य नै थियो तर प्रमाण भने छैन’ भन्ने कोणबाट धेरै प्रश्न न उठेका होइनन् तर आज भने सोही खेलमा संलग्न एकजना ‘खेलाडी’ दिपक पुनमगरले भने एमालेमा विभाजन गर्न, जनजाति÷आदिबासीको नाममा कहाँ कहाँवाट पैसा आउथ्यो, माओवादीले कसरी एमालेका सभासदहरुलाई प्रयोग ग¥यो जस्ता बिषयको फेहरिस्त लेखेका छन ।
हाल केपी शर्मा ओली पक्षवाट एमाले नवौं महाधिवेसनमा सचिवको उम्मेदवार भएका तत्कालिन आदिबासी जनजाति सभासद (ककस)का सभापति पृथ्वी सुब्बा गुरुङलाई लेखेको यो पत्र प्रकाश उज्यालोका हातमा परेको छ । तपाईले यो पत्र पढे पछि यस्ता रहस्यहरु थाहा पाउनु हुन्छ कि साँच्चै एमाले कसरी टुक्रियो र आदिबासी÷जनजाति आन्दोलनका नाममा कसरी घिनलाग्दा काम अध्याँरो कोठामा हुदाँेरहेछ, थाहा पाउनु हुन्छ । प्रस्तुत छ, सोही गोप्य पत्रः
आदरणीय कमरेड, पृथ्वी सुब्बा गुरुङ मिति २०७१/३/१५ गते
हार्दिक क्रान्तिकारी
अभिवादन !
आराम रही आरमको कामना गर्दछु । तपाईले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेसनमा सचिवको उम्मेदवारी दिने चर्चा परिचर्चाले मलाई असाध्यै खुसी बनाएको छ । भने, केही महत्ववपुर्ण पुराना समझदारी गम्भिर उलङघन हुन सक्ने सम्भावनालाई पुनः स्मरणको लागि यो ऐतिहासिक महत्वको पत्र लेख्ने जर्मको गरिरहेको छु ।
बर्तमान परीस्थिति तपाईका लागि ज्यादै अनुकुल छ । पार्टीमा दुईवटा प्यानल खडा भइरहेको अवस्थामा एउटा प्यानलको सुचीमामा पर्ने र तपाई बिजयी हुने सम्भावना पनि देखेको छु । तपाईले मलाई पनि महाधिवेसन प्रतिनिधि बनाउन पहल गर्नु भएको थियो । आफनै गुट भित्रको दबाबका कारण मलाई प्रतिनिधि बनाउन सक्नु भएन । म प्रतिनिधिमा नपर्दा पनि तपाईले गरेको पहलकदमीको उच्च सम्मान गर्दछु । म यसमा सन्तुष्ट नै छु ।
यो पत्र लेख्नको मुख्य कारण चाँही दोस्रो संबिधानसभाको बिघटन पुर्व र पश्चात तपाईको नेतृत्वमा नेकपा एमालेको बिरुद्धमा अन्तसंघर्ष गर्दै पार्टीका तत्कालिन उपाध्यक्ष कमरेड अशोक कुमार राईलाई समेत तपाईले आफनो बिचार समुहमा ल्याउनु भएको सर्बबिदित्तै होला । एमाले बिरोधी संघर्षको कारण पछि परेको कामरेडलाई जानकारी छन । म पछि परे पनि त्यतिखेर भएका समझदारी सम्झौता कार्यान्वयन गर्न मैले तपाईलाई ध्यानकर्षण मात्र गराउन खोजेको छु । मैले तपाईलाई सबै कुरा टेलिफोन मै जानकारी गराई सकेको छु । तर, पार्टी महाधिवेसन भरी म विशेष कामले उपत्यका बाहिर जानु पर्ने भएकाले मेरो आफनो सहयोगी मार्फत यो पत्र तपाईलाई उपलब्ध गराउने सोचका साथ पत्र तयारी गरेको छु ।
आदरणीय कमरेड,
तपाई पहिलो संबिधानसभामा रहदाँ आदिबासी जनजाति सभासद (ककस)को संयोजक हुनुहुन्थ्यो । त्यहाँ तपाईको मुख्य सहयोगी क. पासाङ शेर्पामार्फत पश्चिमा राष्ट्र, एकीकृत नेकपा माओवादीका नेता क. अनन्त, क. बादल, क. देव गुरुङसँग घनिष्ट संबन्ध भएको र त्यसपछि मेरो बिग्रिएको संबन्ध तपाई कै पहलमा राम्रो बनाई दिनु भएकोमा प्रति म आभारी नै छु । तर, मलाई बढी उपयोग गरिएको प्रति भने थुप्रै गुनासाहरु टेलिफोनम मार्फत तपाईलाई जानकारी नै गराई सकेको छु । संबिधानसभा बिघटन पछि मलाई सुचना सम्प्रेषणको जिम्मेवारी तपाईले दिनु भयो । पार्टीको राष्ट्रिय कार्यकर्ता भेलामा समेत क. अशोक राईको बक्तब्य र तपाई तथा क. राजेन्द्र श्रेष्ठले लेख्नु भएको दस्तावेज ‘बर्तमान परिस्थीतिको संबन्धमा हाम्रो मत’ नामक दस्तावेज नेतृत्व पंक्तिमा समेत पुग्ने गरी बाँडफाँड गर्न लगाउनु भयो, जसलाई मैले पालना गरे । त्यो नै मेरो राजनीतिक जीवनको ठुलो धक्का लागेको महशुश त्यतिखेरै गरेको थिएँ । यस संबन्धमा मैले तपाईलाई धेरै पटक गुनासो गरिसकेको छु ।
आदरणीय कमरेड,
क. अशोक राई पार्टीबाछ बाहिरीगमन भइसके पछि तपाईले पनि त्यता जान लागेकोमा तपाई पार्टी केन्द्रीय सचिव हुने आशमा एमालेमा नै फर्कनु भयो । साथै, मलाई पनि केन्द्रीय कमिटिमा बैकल्पिक सदस्यमा मनोनयन गर्न पहल गर्छु भन्नु भएको थियो । न तपाईले सचिव पाउनु भयो, न मलाई केन्द्रीय कमिटिमा लगे, न त एकल जातीय पहिचानसहितको संघीयताको बिचार बहसमा लगे । तर, तपाईका लागि नवौं राष्ट्रिय महाधिवेसनवाट सचिव हुने कुरा पक्का छ । मेरा लागि भने प्रतिकुल भयो । तपाईले सचिव भइसके पश्चात महत्वपुर्ण जिम्मेवारी दिने बचन ब्यक्त गर्नु भएको प्रति भने म आशावादी नै छु ।
आदरणीय कमरेड,
हुन त मैले माओवादी बिचार र कार्यशैलीमा असहमति राख्दै एमालेमा सयौं कमरेडहरु सहित प्रवेश गरेको थिए । तर म र मेरा कमरेडहरुको गाँस, बास, कपास तथा सुरक्षाको ब्यवस्था थुप्रै समस्या भएकाले म तपाई मार्फत माओवादीसँग झुक्न बाध्य भए । तत्कालिन रोजीरोटीको अपुगमा हामी झुक्यौ, यो हामीहरुको गरिबीको पराकाष्टा थियो । तर तपाईले क. अनन्तमार्फत लिनु भएको आर्थिक बाँडफाँड नगर्नुभएको प्रति मलाई दुःख लागेको छ । हुन त तपाईले क. किरण गुरुङ र क. दलबहादुर रानामगरलाई दिए भन्नु हुन्छ । तर उहाँहरुले पैसा लिनु भए जस्तो लाग्दैन । मैले सोध्न पनि सकेको छैन । अलिअलि दुई चार लाख भए पनि हामीलाई दिदा समस्या टार्नु पर्ने टारिन्थ्यो । मैले आशा गरेको छु । क. पासाङ शेर्पा र क. रकम चेम्जोङमार्फत आएको रकम मैले सुका पनि पाएको छैन । तपाईले आरोप मात्रै लगाउनु हुन्छ ।
तपाईले दोस्रो संबिधानसभा जित्न र हराउन लिएको पैसामा तपाईले मात्रै मोज गर्नु भयो । उल्टै तपाईले हार्नु भयो, क. जमिन्द्रमान घलेले जित्नु भयो । मैले तपाईलाई भने कै थिए । माओवादीले हार्छ, धेरै दुःख नगरौं एमालेले जित्छ भनेर । तर, यी बाहुन जनजाती बिरोधीले हार्छन भनेर लेखी राख्नु भनेर हर्कानु भयो । थाहा पाउनु भयो, मेरो अनुमान । तपाईले कमरेड माधवकुमार नेपाल हराउन सक्नु भयो, न कमरेड केपी ओली, न त सुबासचन्द्र नेम्वाङ ? अहिले त तपाईको सहयोग दाता कै फोन उठाउन छाडनु भयो । तपाईले फोन नउठाउँदा मलाई फोन गर्छन, उठाउँछु पनि । बरु पासाङ शेर्पाले कमरेड इश्वर पोखरललाई हराउने जिम्मा पाएकोमा आफै हारे पछि दुई लाख थप पैसा पाएछन । उनले हराएको जस्तो भयो ।
कमरेड ल्यारकल लामाले ठटटा गरेको म तपाईलाई स्मरण गराउन चाहान्छु । कमरेड तपाईले भनेको जस्तो एमाले कांग्रेसले हार्छन भन्ने ठान्नु भएको छ भने तपाई काशी गएर बस्नु पर्छ । ६३÷६३ सिटमा भारतले कांग्रेस÷एमालेलाई तालमेल गराई सकेको छ । माओवादीले कनफर्म हार्छ भनेका थिए । पछि तपाईले एमालेमै समानुपातिकको बन्द सुचीमा पर्न नसक्दा क. टासी र कमरेड ल्यारकाललाई माओवादीमा पठाउनु भयो । उनीहरुलाई पठाउन मेरो रोल धेरै राम्रो हो । क. उर्मिला अर्याल दिदी र म प्रचण्डसँग वार्ता गरेर बन्द सुचीमा राख्दा हजारौं जनजाति पार्टी प्रवेश गर्छन भन्ने गफ छाँटेको थिए । त्यसपछि मात्र उनीहरुलाई पार्टी प्रवेश र समानुपातिकको बन्द सुचीमा राखेको हो । तर, तपाईले त्यस कामको नाममा पनि २० लाख रुपैयाँ ब्यापारीवाट लिएको तर माओवादीले चुनाव हार्दा शक्ति कमजोर भएकाले काम गराउन नसक्दा अहिले पीडित भएर मलाई गुनासो गरेका छन । तर, मैलै पछि माओवादी र पीएस दाईले तपाईको काम गर्दिन्छन भनेर गफ छाँटेको छु । बरु १० लाख फिर्ता गर्दिनु भयो भने केस मिल्छ जस्तो लाग्छ ।
आदरणीय कमरेड,
मैले आशा गरेको कुरा के हो भने पुरानो हिसाव किताब मिलाऔं । कमरेड रकम चेम्जोङ र माओवादीले पनि तपाईले धोका दिएको बुझेका छन । मैले लिएको पैसा परिचालनमा सकिएको बिबरण पेश गरिसकेको तपाईलाई जानकारी नै दिइ सकेको छु । तपाई माओवादीमा गए पनि म त नजाने बरु अरु माओवादी नेतालाई ल्याएर एमाले मै बस्ने र पुराना कमजोरीलाई सच्चाउने गरी आत्माआलोचित हुने सोच बनाएको छु । उतावाट कमरेड रामचन्द्र झा र कमरेड उर्मिला अर्याल तथा कमरेड लक्कि शेर्पालाई पनि तपाईलाई राम्रो मान्न भएको छैन । प्रिपेड मोबाइल भन्छन । जनजातिको टाउको बेचेर ब्यापार गर्ने ब्यापारी ठानेका छन । अरुलाई धकेलेर आफु ठुलो नेता हुने सोचका दिन गए जस्तो मलाई लाग्छ । त्यसैले यो काम राम्रो चाँही होइन । यसकारण फोन गरेर महाधिवेसनमा जितेर माओवादीमा अरु थुप्रै कमरेडहरुलाई ल्याएर आउँछु भन्ने पुग्छ । मैले तपाईको भलोको लागि त्यही रिर्पोट गरेको छु ।
आदरणीय कमरेड,
म महाधिवेसन कै बेलामा ‘बुद्धिष्ट जनअधिकार मञ्च, नेपाल’को महासचिवको हैसियतवाट पश्चिमका केही महत्वपुर्ण स्थानमा कार्यक्रम तय भएको हुदाँ म उता लागे । यस कार्यक्रमले पनि आर्थिक फाइदा देखेको छु तर स्पष्ट भएको छैन । म आउने बितिक्कै बाँकी लेनदेन मिलाएर आ–आफनो बाटोमा हिडनु पर्छ । कमरेड किरण गुरुङ र कमरेड दिलबहादुर राणाले तपाईलाई साथ दिन्छन जस्तो लाग्दैन । म पनि थला परे, तपाईलाई सबैले विश्वास गर्न छाडे । त्यसैले बाँडीचुडी खाने आदत बसाल्नु होस । हार्दिक शुभकामना सचिव पदमा बिजयी हुने आशामा । महाधिवेसन प्रतिनिधिलाई बाँडफाँडका लागि फ्रान्सको नागरिक तेरी मार्फत लिएको रकम बाँडफाँड गर्नु र जिते पछि पनि सहयोग गर्ने बचन दिनुहोला र राम्रोसँग भोट माग्नु होला । हिसाब मै कटाउँला, यो पत्र पु¥याउन आउनु हुने कमरेड केशव जंग मल्ल काठमाडौं जिल्ला कमिटी सदस्य हो, उहाँलाई मलाई दिने ६० हजार दिनुहोला । उहाँले कोठा भाडा तिर्नु हुन्छ र भोट पनि माग्न अलि प्रचार गर्न लगाउनु होला । कमरेड डम्बर घर्तीलाई पनि २०÷३० जना साथीहरु लिएर जानुहोला भनेको छु । उहाँहरुले तपाईलाई फोन गर्नु हुन्छ उठाउनु होला भन्दै मैले यो पत्र लेख्न अन्त्य गर्दछु ।
हार्दिक अभिवादसहित !
उही तपाईको प्यारो भाई
कमरेड दिपक पुनमगर
कमरेड दिपक पुनमगर
बाग्मति अञ्चल समन्वय कमिट सदस्य
कपन–३, काठमाडौं, नेपाल
No comments:
Post a Comment