एकीकृत नेकपा माओवादीभित्र संस्थापन पक्षसँग असन्तुष्ट नेता बाबुराम भट्टराई पार्टी र संगठनका गतिविधिबाट क्रमशः अलग हुन थालेका छन्। वैशाखमा भएको विराटनगर सम्मेलनबाट पार्टी गतिविधिबाट टाढिँदै गएका भट्टराईले पछिल्लो समय पार्टीका घोषित कार्यक्रम र गतिविधिमा उति रुचि देखाएका छैनन्।
नयाँ शक्ति उदयबारे बहस चलाएको र पार्टीभित्रै समानान्तर समिति गठन गरेको आरोप खेपेका भट्टराई पार्टी गतिविधिबाट अलग हुनुलाई एमाओवादीभित्र भने अर्थपूर्ण रूपमा लिन थालिएको छ। भट्टराई पक्षधर भने यसलाई अलग भएको अर्थमा बु‰न नहुने भन्दै संस्थापन पक्षको एकतर्फी प्रचारबाजीका रूपमा लिनुपर्ने जिकिर गर्छन्।
केन्द्रीय समितिले जेठ २७ देखि असार १७ गतेसम्म राजनीतिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आयोजना भएकामध्ये भेरी–कर्णाली, सेती–महाकाली राज्य समिति स्तरको राजनीतिक प्रशिक्षणमा भट्टराई उपस्थित भएनन्, जबकि उनले प्रशिक्षणमा 'फरक मत' राख्ने निर्णय भइसकेको थियो।
'संविधानसभाको बैठक भएकाले उहाँ (भट्टराई) त्यहाँ नजानुभएको हो, अरु कारण छैन,' भट्टराईनिकट 'पोलिटब्युरो सदस्य' गंगानारायण श्रेष्ठले भने, 'पार्टीको कामभन्दा संविधान लेखनको काम महŒवपूर्ण भएकाले उहाँ केही प्रशिक्षणमा नजानुभएको हो।'
उनका अनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईको मुख्य ध्यान 'प्रगतिशील संविधान' निर्माणमा बढी केन्द्रित गर्ने योजना छ।
पार्टी गतिविधिमा 'कम' र संविधानसभाको समितिमा 'बढी सक्रिय' भट्टराई त्यसअघि पनि पार्टीनिर्णयप्रति बिमति जनाएर अलग हुँदै आएका छन्। पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयनका लागि भएको निर्वाचन प्रक्रियामा असहमत भट्टराई तथा उनी पक्षधर कोही पनि सामेल भएनन्। आफ्नो असहमति र विरोधका बाबजुद 'जबर्जस्त' गरिएको निर्वाचन प्रक्रियालाई गत जेठ १३ गते 'भारदारी लोकतन्त्र' भन्दै भट्टराईले व्यंग्य गरेका थिए।
निर्वाचन प्रक्रियाको सम्पूर्ण प्रक्रियाबाट अलग र अनुपस्थित हँुदाहँुदै पनि आफूसहित आफ्ना पक्षधरलाई संस्थापनले 'जबर्जस्ती पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमा निर्वाचित गरेको' भन्दै भट्टराईले ती सबै अस्वीकार गरिदिए। र, भट्टराईले केन्द्रीय समिति सदस्य मात्रै बस्ने बताए। जसका कारण 'सचिव' टोपबहादुर रायमाझी, 'स्थायी समिति सदस्य' देवेन्द्र पौडेल र 'पोलिटब्युरो सदस्य' हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ र वामदेव क्षेत्री केन्द्रीय सदस्यमा सीमित भएर बसे।
त्यसअघि अध्यक्ष दाहालले प्रस्तुत गरेको १ सय ४९ सदस्यीय केन्द्रीय समिति गठन प्रक्रियामा पनि असन्तुष्टि जनाउँदै भट्टराई अलग बसिदिए। जेठ ६ गते सामाजिक सञ्जालमै 'आज घोषित १ सय ४९ सदस्यीय केन्द्रीय समिति मेरो सहमतिमा बनेको र म पार्टी उपाध्यक्ष बस्न सहमत भएको भन्ने सत्य होइन' भन्दै भट्टराईले 'पार्टी रूपान्तरण अभियान जारी' रहेको जनाउ दिए।
उनले अध्यक्ष दाहालले प्रस्ताव गरेका 'उपाध्यक्ष', 'वरिष्ठ उपाध्यक्ष', 'वरिष्ठ नेता', 'वरिष्ठ सदस्य' जस्ता कुनै पद स्वीकार गरेनन्। उनले केन्द्रीय कार्यालयमा बस्न गरेको आग्रह पनि अस्वीकार गरे। केन्द्रीय समिति बैठकमा मात्रै उपस्थित हुने जनाउ दिँदै भट्टराईले जेठ तेस्रो साताबाट केन्द्रीय कार्यालयसँग औपचारिक रूपमै सम्बन्ध विच्छेद गरेका हुन्।
विराटनगर सम्मेलनमा अध्यक्ष दाहालले प्रस्ताव गरेको ९९ सदस्यीय केन्द्रीय समितिप्रति असहमति जनाउँदै भट्टराई सम्मेलनस्थलबाटै बाहिरिए। सम्मेलन समापन समारोह नसकिँदै दाहालको प्रस्ताव अस्वीकार गरेर भट्टराईसहित उनी पक्षधर बाहिरिएका थिए। त्यसपछि सम्मेलनले भट्टराई पक्षका १६ जनाबाहेक अन्यलाई अनुमोदन गरेको थियो।
पार्टीका सम्पूर्ण गतिविधिबाट अलग हँुदै गएलगत्तै भट्टराई पक्षधरले समानान्तर समिति बनाएको चर्चा चल्यो। भट्टराई पक्षले संस्थापन पक्षले पार्टीबाट अलग गराउन उक्त आरोप लगाएको भन्दै खण्डन गर्ने प्रयास गरेको छ। 'फुटको हल्ला गरेर पार्टी रूपान्तरण अभियानलाई विषयान्तर
'पार्टी गतिविधिबाट नै अलग हुन खोजेको होइन, अध्यक्षलाई आफूअनुकूल पार्टी चलाउन दिने भनिएको हो,' भट्टराईनिकट अर्का नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, 'अध्यक्षले विशेष महाधिवेशनसम्म पार्टी कसरी अगाडि लैजानु हुन्छ, हामी त्यही हेर्छाैं।'
उनले पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराई पक्ष सहभागी भइरहेको र अलग नभएको दाबी गरे। तर, असार ५ गते भएको सुदूरपश्चिम स्तरको भेलामा भट्टराई मात्रै नभएर उनी पक्षधर कोही नेता पनि उपस्थित भएनन्।
यता, भट्टराई पार्टी गतिविधिबाट अलग हुनु तथा उता अध्यक्ष दाहाल दुई वर्षअघि आफंैसँग छुट्टिएर गएका मोहन वैद्यसँग कार्यगत एकता (अझ एकीकरण नै) को प्रयासमा लाग्नुले एमाओवादीभित्र भने अन्योल छाएको छ।
भट्टराई राजनीतिक सिद्धान्त, विचार र दर्शनमा एकमत नभइन्जेल कार्यगत एकता र एकीकरण हुन नसक्ने बताइरहेका छन्। दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने दुई पार्टीबीच एकीकरण चाँडै हुने दाबी गरेका छन्। 'पार्टी फुटाउनु गल्ती भएकोमा दुवैतर्फले गम्भीर अनुभूति गरेका छन्,' शुक्रबार रिपोर्टर्स क्लबमा उनले भने, 'दुई पार्टीबीच एकीकरण चाँडै हुन्छ, त्यसका लागि छलफल भइरहेको छ।'
गजुरेलले हेटांैडा महाधिवेशन र विराटनगर सम्मेलनको कार्यदिशामा दुई पार्टीबीच छलफल चलिरहेको जानकारी दिए। अध्यक्ष दाहालले पनि पार्टी एकीकरण गर्न तयार भए नेतृत्व वैद्यलाई दिने यसअघि नै बताइसकेका छन्। वैद्य माओवादीका महासचिव रामबहादुर थापाले भट्टराईको विचारसँग नभई संस्थापन पक्षको विचारमा पार्टी एकता हुनसक्ने बताइसकेका छन्।
गर्ने छट्टु स्याल प्रवृतिबाट सतर्क बनौं,' भट्टराईले जेठ २३ गते सार्वजनिक रूपमा अपिल गरेका थिए, 'पार्टी बिसर्जनबाट बचाऔं, नयाँ शक्ति निमार्ण गरौं।' पार्टी विभाजन गराउन संस्थापन पक्ष बढी केन्द्रित रहेको उनको संकेत थियो।नयाँ शक्ति उदयबारे बहस चलाएको र पार्टीभित्रै समानान्तर समिति गठन गरेको आरोप खेपेका भट्टराई पार्टी गतिविधिबाट अलग हुनुलाई एमाओवादीभित्र भने अर्थपूर्ण रूपमा लिन थालिएको छ। भट्टराई पक्षधर भने यसलाई अलग भएको अर्थमा बु‰न नहुने भन्दै संस्थापन पक्षको एकतर्फी प्रचारबाजीका रूपमा लिनुपर्ने जिकिर गर्छन्।
केन्द्रीय समितिले जेठ २७ देखि असार १७ गतेसम्म राजनीतिक प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको थियो। सोहीअनुसार आयोजना भएकामध्ये भेरी–कर्णाली, सेती–महाकाली राज्य समिति स्तरको राजनीतिक प्रशिक्षणमा भट्टराई उपस्थित भएनन्, जबकि उनले प्रशिक्षणमा 'फरक मत' राख्ने निर्णय भइसकेको थियो।
'संविधानसभाको बैठक भएकाले उहाँ (भट्टराई) त्यहाँ नजानुभएको हो, अरु कारण छैन,' भट्टराईनिकट 'पोलिटब्युरो सदस्य' गंगानारायण श्रेष्ठले भने, 'पार्टीको कामभन्दा संविधान लेखनको काम महŒवपूर्ण भएकाले उहाँ केही प्रशिक्षणमा नजानुभएको हो।'
उनका अनुसार संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईको मुख्य ध्यान 'प्रगतिशील संविधान' निर्माणमा बढी केन्द्रित गर्ने योजना छ।
पार्टी गतिविधिमा 'कम' र संविधानसभाको समितिमा 'बढी सक्रिय' भट्टराई त्यसअघि पनि पार्टीनिर्णयप्रति बिमति जनाएर अलग हुँदै आएका छन्। पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयनका लागि भएको निर्वाचन प्रक्रियामा असहमत भट्टराई तथा उनी पक्षधर कोही पनि सामेल भएनन्। आफ्नो असहमति र विरोधका बाबजुद 'जबर्जस्त' गरिएको निर्वाचन प्रक्रियालाई गत जेठ १३ गते 'भारदारी लोकतन्त्र' भन्दै भट्टराईले व्यंग्य गरेका थिए।
निर्वाचन प्रक्रियाको सम्पूर्ण प्रक्रियाबाट अलग र अनुपस्थित हँुदाहँुदै पनि आफूसहित आफ्ना पक्षधरलाई संस्थापनले 'जबर्जस्ती पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमा निर्वाचित गरेको' भन्दै भट्टराईले ती सबै अस्वीकार गरिदिए। र, भट्टराईले केन्द्रीय समिति सदस्य मात्रै बस्ने बताए। जसका कारण 'सचिव' टोपबहादुर रायमाझी, 'स्थायी समिति सदस्य' देवेन्द्र पौडेल र 'पोलिटब्युरो सदस्य' हिसिला यमी, प्रभु साह, गंगानारायण श्रेष्ठ र वामदेव क्षेत्री केन्द्रीय सदस्यमा सीमित भएर बसे।
त्यसअघि अध्यक्ष दाहालले प्रस्तुत गरेको १ सय ४९ सदस्यीय केन्द्रीय समिति गठन प्रक्रियामा पनि असन्तुष्टि जनाउँदै भट्टराई अलग बसिदिए। जेठ ६ गते सामाजिक सञ्जालमै 'आज घोषित १ सय ४९ सदस्यीय केन्द्रीय समिति मेरो सहमतिमा बनेको र म पार्टी उपाध्यक्ष बस्न सहमत भएको भन्ने सत्य होइन' भन्दै भट्टराईले 'पार्टी रूपान्तरण अभियान जारी' रहेको जनाउ दिए।
उनले अध्यक्ष दाहालले प्रस्ताव गरेका 'उपाध्यक्ष', 'वरिष्ठ उपाध्यक्ष', 'वरिष्ठ नेता', 'वरिष्ठ सदस्य' जस्ता कुनै पद स्वीकार गरेनन्। उनले केन्द्रीय कार्यालयमा बस्न गरेको आग्रह पनि अस्वीकार गरे। केन्द्रीय समिति बैठकमा मात्रै उपस्थित हुने जनाउ दिँदै भट्टराईले जेठ तेस्रो साताबाट केन्द्रीय कार्यालयसँग औपचारिक रूपमै सम्बन्ध विच्छेद गरेका हुन्।
विराटनगर सम्मेलनमा अध्यक्ष दाहालले प्रस्ताव गरेको ९९ सदस्यीय केन्द्रीय समितिप्रति असहमति जनाउँदै भट्टराई सम्मेलनस्थलबाटै बाहिरिए। सम्मेलन समापन समारोह नसकिँदै दाहालको प्रस्ताव अस्वीकार गरेर भट्टराईसहित उनी पक्षधर बाहिरिएका थिए। त्यसपछि सम्मेलनले भट्टराई पक्षका १६ जनाबाहेक अन्यलाई अनुमोदन गरेको थियो।
पार्टीका सम्पूर्ण गतिविधिबाट अलग हँुदै गएलगत्तै भट्टराई पक्षधरले समानान्तर समिति बनाएको चर्चा चल्यो। भट्टराई पक्षले संस्थापन पक्षले पार्टीबाट अलग गराउन उक्त आरोप लगाएको भन्दै खण्डन गर्ने प्रयास गरेको छ। 'फुटको हल्ला गरेर पार्टी रूपान्तरण अभियानलाई विषयान्तर
'पार्टी गतिविधिबाट नै अलग हुन खोजेको होइन, अध्यक्षलाई आफूअनुकूल पार्टी चलाउन दिने भनिएको हो,' भट्टराईनिकट अर्का नेता देवेन्द्र पौडेलले नागरिकसँग भने, 'अध्यक्षले विशेष महाधिवेशनसम्म पार्टी कसरी अगाडि लैजानु हुन्छ, हामी त्यही हेर्छाैं।'
उनले पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराई पक्ष सहभागी भइरहेको र अलग नभएको दाबी गरे। तर, असार ५ गते भएको सुदूरपश्चिम स्तरको भेलामा भट्टराई मात्रै नभएर उनी पक्षधर कोही नेता पनि उपस्थित भएनन्।
यता, भट्टराई पार्टी गतिविधिबाट अलग हुनु तथा उता अध्यक्ष दाहाल दुई वर्षअघि आफंैसँग छुट्टिएर गएका मोहन वैद्यसँग कार्यगत एकता (अझ एकीकरण नै) को प्रयासमा लाग्नुले एमाओवादीभित्र भने अन्योल छाएको छ।
भट्टराई राजनीतिक सिद्धान्त, विचार र दर्शनमा एकमत नभइन्जेल कार्यगत एकता र एकीकरण हुन नसक्ने बताइरहेका छन्। दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने दुई पार्टीबीच एकीकरण चाँडै हुने दाबी गरेका छन्। 'पार्टी फुटाउनु गल्ती भएकोमा दुवैतर्फले गम्भीर अनुभूति गरेका छन्,' शुक्रबार रिपोर्टर्स क्लबमा उनले भने, 'दुई पार्टीबीच एकीकरण चाँडै हुन्छ, त्यसका लागि छलफल भइरहेको छ।'
गजुरेलले हेटांैडा महाधिवेशन र विराटनगर सम्मेलनको कार्यदिशामा दुई पार्टीबीच छलफल चलिरहेको जानकारी दिए। अध्यक्ष दाहालले पनि पार्टी एकीकरण गर्न तयार भए नेतृत्व वैद्यलाई दिने यसअघि नै बताइसकेका छन्। वैद्य माओवादीका महासचिव रामबहादुर थापाले भट्टराईको विचारसँग नभई संस्थापन पक्षको विचारमा पार्टी एकता हुनसक्ने बताइसकेका छन्।
No comments:
Post a Comment