काठमाडौं, भदौ २२(नागरिक)- अमेरिकाले एकीकृत माओवादीलाई आतंककारी सूचीबाट
हटाएको छ। विदेश मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत आठ वर्षपछि आतंककारी
सूचीबाट हटाइएको जानकारी दिएको हो।
'धेरै समीक्षा गरेपछि माओवादी अहिले अमेरिकी नागरिक तथा अमेरिकी विदेश नीतिलाई खतरा हुने गरी आतंकवादी गतिविधिमा संलग्न नभएको पायौं,' विज्ञप्तिमा छ, 'पछिल्लो वर्ष माओवादी पार्टी नेपालको गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ भने उसले शान्ति तथा पुनर्निर्माण प्रक्रियामा विश्वसनीय प्रतिबद्धता देखाएको छ।'
आफ्नो पार्टीलाई आतंककारी सूचीबाट हटाएको स्वागत गर्दै उपप्रधानमन्त्री तथा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकसँग भने, 'पहिले नै हटाउनु पर्थ्यो, अहिले हटाउनु भयो, राम्रो गर्नुभयो, हामी स्वागत गर्छौं।'
आतंककारी सूचीबाट हटाउनुले पार्टीले विगतमा गरेको हिंसात्मक घटना बिर्सेको वा बेवास्ता गरेको अर्थ लगाउन नहुने विज्ञप्तिमा छ। आगामी दिनमा शान्ति तथा प्रजातान्त्रिक राजनीतिक संवादलाई निरन्तरता दिनसमेत अमेरिकाले माओवादीलाई सम्झाएको छ।
सन् २००४ देखि अमेरिकाले इमिग्रेसन एन्ड नेसनालिटी एक्ट (आइएनए) अनुसार माओवादीलाई बाह्य आतंककारी सूची र एक्जुकेटिभ अर्डर १३२२४ अनुसार विश्व आतंककारी सूचीमा राखेको थियो।
यस निर्णयसँगै अमेरिकाले माओवादी संगठन तथा यसका नेताको सम्पत्तिमा लगाउँदै आएको प्रतिबन्द पनि हटेको छ। अमेरिकी संस्थाले अब माओवादी पार्टीसँग कारोबार गर्नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ।

No comments:
Post a Comment