Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 15, 2015

रजत जयन्तीमा सदभावना भित्र सक्कली र नक्कलीको बिबाद

भोली अर्थात बैशाख ३ गते सदभावना पार्टीको २५ औ स्थापना दिवस । गजेन्द्रनारायण सिंहले स्थापना गरेको सो पार्टी आज कतिवटा छन ? फ्याट्टै भन्न सक्ने अवस्था छैन् । तर, संविधानसभा भित्र प्रतिनिधित्व गर्ने सदभावना पार्टीको संख्या भने तीनवटा छन । पहिलो, राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी, अर्को अनिलकुमार झा नेतृत्वको नेपाल सदभावना पार्टी र तेस्रो, महेन्द्रराय यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी (पहिला तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल अर्थात तमलोपा नेपाल) गरी तीन पार्टी संसद भित्र सक्रिय छन् । संसदीय राजनीतिमा संसद भन्दा बाहिर रहेका पार्टीको कुनै मान्यता हुदैन र ती गनिन पनि नआउने भएकाले तीनलाई यहाँ समावेश गरिएको छैन, भलै अरु पनि सदभावना पार्टी होलान् । ल कुरा, यहाँसम्म ठिकै छ तर सोही सदभावनाका दुई पार्टीले भोली गर्ने स्थापना दिवसको कार्यक्रमलाई लिएर भने बिबाद देखा परेको छ । दुवै पार्टीले आफु सक्कली र अरु नक्कली सदभावना भएको भन्दै आरोप र प्रत्यारोपमा उत्रन थालेका छन् ।
महत्तो नेतृत्वको सदभावनाले कृष्णभोग, मध्यबानेश्वरमा एउटा अन्तक्रिया कार्यक्रम राखेको छ भने अनिल झा नेतृत्वको अर्को सदभावनाले अमृत भोग, कालिकास्थानमा कार्यक्रम राखेका छन् । झट्ट सुन्दा दुवै एउटै जस्तो लाग्छ तर कार्यक्रम स्थान र आयोजक भने फरक हुन । त्यसैले "भ्रममा नपर्न: भन्दै झाका एक नेता राजिब झाले महत्तो नेतृत्वको सदभावनालाई नक्कली भन्दै सो कार्यक्रममा नगई अमृत भोगमा आउन सामाजिक सञ्जालवाट अनुरोध गरेका छन् । उनले भनेका छन्–
भ्रममा नपर्न सवैमा नेपाल सदभावना पार्टीको आग्रह

"नेपाल सदभावना पार्टीले आफनो २५ औ वर्ष पार गरेको उपलक्ष्यमा करिव एक महिना देखि रजत जयन्ती मनाउने तयारी गर्दै आएको कुरा यहांहरुलाई अवगत नै रहेको छ । यसै क्रममा भोली वैशाख ३ गते नेपाल सदभावना पार्टीको रजत जयन्ती काठमाण्डुको अमृत भोग पैलेसमा हुन गइरहेको छ । नेपाल सदभावना पार्टी को स्थापना २०४७ वैशाख ३ गते भएको र सदभावना पार्टीको स्थापनाा २०६४ मंसिर मा भएको कुरा सर्वविदितै छदा छदै केहि उछृंखल खालका मधेश विरोधी व्यक्तीहरुले सदभावना पार्टीको रजत जयन्ती वैशाख ३ गते कृष्ण भोग कम्पलेक्स मा हुन गइरहेको कुरा गरि जनतालाई दृगभ्रमीत गर्ने कार्य भइरहेको कुरा यसै सुचना मार्फत जानकारि गराउन चाहन्छौ । पार्टीको नाम करिव करिव एक जस्तो मिलेको ले कसैले फैलाएको भ्रममा नपरि वैशाख ३ गते नेपाल सदभावना पार्टीको भोली ३ गते अमृत भोग पैलेसमा रजत जयन्तीको भव्य कार्यक्रम हुने भएकोले पत्रकार,वुद्धिजीवी, नागरिक समाज, नेता तथा कार्यकताहरुलाई कार्यक्रममा उपस्थित हुन सादर अनुरोध गरिन्छ ।"
झाले आफनो फेसबुक पेजमा लेखेको यो स्टाटस अनुसार महत्तो नक्कली हुन । र, आफुहरु सक्कली भएको दावी झाको स्टाटसवाट देखिन्छ । तर, भलै सदभावाको सक्कली को र नक्कली को ? भन्ने छुटाउन गारहो चाँही छ ।यसको जिम्मा सदभावनाका नेता हुँ भन्नेलाई नै छाडौ ।
भोलीको कार्यक्रमका लागि अनिल झा नेतृत्वको सदभावना पार्टीले दुई हप्ता अघि निमन्त्रणा पत्र छापेर बितरण गरेको थियो, जो मैले पनि पाएको थिए । त्यस्तै महत्तो नेतृत्वको निम्ता पनि पाइएको छ । संविधान निमार्णको चरणमा मधेसका मुद्धा लिएर एकजुट हुनु पर्ने बेलामा सदभावनाका नेताहरु भने अहिले कार्यक्रमको बिषयलाई नै लिएर फेसबुक र टिवटरमा झगडा गरेर बसेको दृश्य देख्नु परेको छ ।

मुलुकमा संघीयताको बहस सिर्जना गराउने सदभावना तराई मधेसको पराम्परागत शक्ति हो, जो आज धेरैवटा पार्टीमा बिभाजन हुन पुगेको छ । अलिकति हाइट बढयो कि नेता भइहाल्नु पर्ने प्रवृति अरुमा भन्दा सदभावनामा बढी छ । परिणाम, नेता पिच्छे नै पार्टीहरु खुलेको छन, बन्द भएका छन, गुमनाम छन् । सदभावनाले जन्माएका धेरै नेताहरु मध्ये हृदयेश त्रिपाठी तराई मधेस लोकतान्त्रिक पार्टीमा छन, भरत बिमल यादव मधेसी जनअधिकार फोरम नेपालमा छन र सरिता गिरीले भर्खरै अनिल झा नेतृत्वको पार्टीसँग एकीकरण गरेर जोडिन पुगेकी छिन । अर्को एउटा सदभावनाका नेता छन्, श्यामसुन्दर गुप्ता, जो चाँही हाल डिल्लीबजार सदरखोर थुनामा छन् । तीनलाई ठगी र अपहरणको मुद्धा लागेको छ, त्यहाँ भित्र उनी बिन्दास छन भन्ने बारेमा बेला बेलामा समाचार पनि आउँछ् ।
आफना चेला र अनुयायीहरु आफनो देहान्त पछि यसरी छिन्न भिन्न तथा नेता पिच्छे नै पार्टी खोलेर बस्लान भन्ने कल्पना सायद गजेन्द्रनारायणले गरेका थिएनन तर अहिले गजेन्द्रनारायणले कल्पना नगरेको त्यही कुरा अहिले भई दिएको छ । मुलुककै पहिलो तराई–मधेस केन्द्रित दल भएर पनि कमजोर हुनुको कारण पनि यही टुटफुट हो । सदभावनाको हत्तपत्ति कुनै भुमिका पनि देखिदैन, सो पार्टीको कुरा हत्तपत्ति राज्यका निकायमा लागु पनि हुन सक्दैन । मानौ, सदभावना पार्टीको बिऊँ मात्रै बाँकी छ ।
यद्धपी,
सदभावनाको सबैभन्दा राम्रो पक्ष र अनुसरण गर्नु पर्ने एउटा ऐतिहासिक पाटो भने छ, जसलाई कदापी भुल्नु हुदैन, त्यसलाई अबमुल्यन पनि गर्नु हुदैन । त्यो पाटो भनेको २५ बर्षे लामो सदभावनाको अहिसात्मक आन्दोलन हो । आफनो मुद्धा उठायो तर यसरी उठाउँदा अरुको अपमान गरेन, यो सदभावनाको सबैभन्दा सबल र सुन्दर पक्ष हो । कुनै बेला "साम्प्रदायिक शक्ति" भनेर अपमान गरिने त्यही सदभावनाले आज मधेस र मधेसीको मुद्धाहरु  छन है भनेर यो मुलुकमा प्रमाणित र, स्थापित गरिदिएको छ ।

तर, अरुले लगाउने गरेको साम्प्रदायिकको आरोपलाई चिर्न सदभावनाले तराई मधेसका मुद्धामा मात्रै केन्द्रित नभई राष्ट्रिय मुद्धामा अघि सर्न पनि आवश्यक भइसकेको छ । एउटा समुदाय, एउटा जात र एउटा भुगोलमा मात्रै सिमित नभई पहाड र हिमाल उक्लन सकेमा यो पार्टीको भविश्य राम्रो छ, त्यो हक र नैतिक बल पराम्परागत शक्ति भएको नाताले पनि सदभावनालाई बढी छ । किन पनि भने, २५ बर्ष लामो अहिंसात्मक आन्दोलन गरेर, कुनै समुदाय प्रति बिभेद र अन्याय नै नगरी मधेसका मुद्धालाई राष्ट्रिय मुद्धाका रुपमा स्थापित गराउन सदभावना मात्र सफल भएको छ ।
यो रजत जयन्ती सदभावना पार्टी बिच एक भई अहिंसात्मक आन्दोलनमार्फत मधेसका मुद्धा संस्थागत गर्न अघि बढोस, शुभकामना


No comments:

Post a Comment