Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Friday, September 7, 2012

वासिङ्टन पोस्टविरुद्ध भारतीय प्रमको कार्यालय

नयाँ दिल्ली, भदौ २१ (एजेन्सी)- भारतीय प्रधान मन्त्रीको कार्यालयले अमेरिकी पत्रिका वासिङ्टन पोस्टको समाचारको आलोचना गर्दै एकपक्षीय समाचार प्रकाशित गरेको आरोप लगाएको छ।
पोस्टका पत्रकार सिमोन डेनयरले समाचारका लागि प्रधान मन्त्री कार्यालयमा सम्पर्क नगरेकोसमेत आरोप कार्यालयले लगाएको छ।

वासिङ्टन पोस्टको समाचारमा प्रधान मन्त्री मनमोहन सिंहले बोल्न अश्वि्कार गरेको भन्दै समाचार छापिएको थियो। संसदको मनसुन सत्र नसकुन्जेल प्रधानमन्त्रीले कसैसँग पनि अन्तर्वार्ता नदिने बताएको पनि कार्यालयले प्रस्ट पारेको छ। कार्यालयले माफी माग्नसमेत पोस्टलाई आग्रह गरेको छ। यो घटनामा पत्रकार डेनियरले पत्रकारिताको इथिक्सलाई नअपनाएको दावीसमेत गरिएको छ।

वासिङ्टन पोस्टका पत्रकारहरु स्वतन्त्र तथा विभेद नगर्नेखालका राख्नसमेत कार्यालयले आग्रह गरेको छ।

असंलग्न राष्ट्रहरुको सम्मेलनका लागि इरान गएपछि अमेरिकी पत्रिका पोस्टले मौन प्रधान मन्त्री भएको भन्दै उनको नकारात्मक छवि औल्याएको थियो। लगत्तै प्रधानमन्त्री कार्यालयले माफी माग्न पत्रिकालाई आग्रह गरेको थियो। वासिङ्टन पोस्टले माफी माग्ने बताएपनि भूलसुधार वा माफी केही पनि मागेन।

No comments:

Post a Comment