प्रधानमन्त्री डा. बाबुराम भट्टराई
संयुक्त राष्ट्रसंघको ६७ औं महासभामा भाग लिन नजाने हुनुभएको छ ।
प्रधानमनत्री न्यूयोर्कमा हुने महासभामा भाग लिन असोज २ गते त्यसतर्फ जाने
कार्यक्रम तय भएको थियो ।
मुलुकमा राजनीतिक गतिरोध बढिरहेका बेला
बिपक्षी दलहरुले प्रधानमन्त्रीको विदेश भ्रमणलाई लिएर विभिन्न टिक्का
टिप्पणी गरिरहेका थिए । उहाँकै पार्टी एकीकृत नेकपा माओवादीले पनि यस्तो
अवस्थामा विदेश नजान सुझाव दिएपछि प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण
स्थगित गर्नुभएको हो । प्रधानमन्त्री नगएपछि उक्त भ्रमण टोलीको नेतृत्व
गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ असोज ६ गते
न्युयोर्क जाने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
from ONLINEKHABAR
No comments:
Post a Comment