प्रकाश तिमल्सिना, काठमाडौं, भदौ २३ - एकीकृत माओवादीका मधेसी समुदायका
नेताले राज्यको पुर्नसंरचना गर्दा तराई-मधेसका १६ जिल्लालाई समेटेर एउटै
'मधेस प्रदेश' हुनपर्ने माग गरेका छन्। पार्टीले भाषाको आधारमा प्रस्ताव
गरेको कोचिला, मिथिला, भोजपुरा र अवधमा विभाजित राज्यहरुलाई खारेज गरी
मधेसी समुदायका नेताहरुले एउटै स्वायत्त मधेस प्रदेशको माग गरेका हुन्।
'पुर्वको झापा देखी पश्चिमको कपीलवस्तुलाई एउटै मधेस प्रदेश बनाउनु पर्छं' महाधिवेसन आयोजक समिति सदस्य रामकुमार शर्माले नागरिकसँग भने, 'पार्टीले भाषिक आधारमा प्रस्ताव गरेको कोचिला, मिथिला, भोजपुरा र अबधलाई खारेज गरी एउटै मधेस प्रादेशिक राज्य बनाउनु पर्छ भनेर लिखित रुपमा नै माग गरेका हौं।' उनका अनुसार झापा देखी कपिलवस्तु भित्र पर्ने तराई-मधेसका १६ वटा जिल्लाको एउटै स्वायत्त मधेस प्रदेश वनाउनु पर्ने मागको वारे पार्टी भित्र छलफल भइरहेको छ।
झापा, मोरङ, सुनसरीलाई कोचिलामा, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाहीलाई मिथिला राज्य अन्तर्गत राखेर प्रादेशिक संरचना बनाएको माओवादीले रौतहट, बारा, पर्सालाई समेटेर भोजपुरा राज्य बनाउन जोड गर्दै आएको छ। चितवनलाई ताम्सालिङ र नवलपरासी, रुपेन्देही र कपिलवस्तुलाई अवधमा समेटेर निमार्ण गरेको प्रादेशिक संरचनालाई मधेसी समुदायका नेताहरुले भने पछिल्लो समयमा आएर अस्विकार गर्ने स्पष्ट पारेका छन्।
पार्टीले भाषिक आधारमा निमार्ण गरेका चारवटा प्रादेशिक राज्य संरचनाको खिलाफमा उभिएका माओवादी मधेसी नेताले अध्यक्ष पुष्पकमल दाहालको अखण्ड चितवनको प्रस्तावलाई पनि अस्विकार गर्ने जानकारी दिइसकेका छन्। 'हामीलाई न त अखण्ड चितवन स्विकार्य छ, न त अखण्ड सुदुरपश्चिम नै', शर्माले नागरिकसँग भने, 'मधेस प्रदेश र थरुहट प्रदेश मात्रै चाहान्छौं।'
पार्टी संरचना अनुसार थारुवान अन्तर्गत राखिएका दाङ, वाँके, वर्दिया तथा सेती-महाकालीमा रहेका कैलाली र कञ्चनपुरसहित ५ जिल्लालाई समेटेर छुट्टै 'थरुहट' प्रदेश बनाउनु पर्ने माग पनि उनीहरुले राखेका छन्। 'थरुहटमा ५ जिल्ला र मधेसमा १६ जिल्ला राख्नु पर्छ भन्ने हाम्रो कुरा हो' अर्का सदस्य भरत साहले नागरिकसँग भने, 'स्वायत्त मधेस प्रदेश भित्र भाषाको आधारमा हाल रहेका प्रदेशलाई आरक्षित प्रदेशका रुपमा मान्यता दिन भने सकिन्छ ।'
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध रहेका दल लगायतले माग गरे जस्तो सो मधेस प्रदेशको प्रमुख भाषा हिन्दीलाई भने माओवादी मधेसी नेताहरुले अस्विकार ंगरेका छन्। 'हिन्दी भाषालाई राज्यको भाषा बनाउनु पर्छ भनेर हामीले माग गरेका छैनौ र त्यो राज्यको भाषा पनि हुन सक्दैन, जहाँ जे भाषाको वाहुल्यता छ, त्यसलाई नै मान्यता दिएर अघि बढनु पर्छ भनेका छौं' साहले नागरिकसँग भने। कम्तिमा दुई कार्याकाल भएपनि मधेसी समुदायलाई मधेस राज्य अग्राधिकारको व्यवस्था हुनुपर्छ भन्ने माग भने उनीहरुको यथावतै छ।
यता, मधेस ब्युरो प्रमुख हरिबोल गजुरेलले मधेस प्रदेश र थरुहट प्रदेशको मागका वारेमा पार्टी भित्र छलफल भइरहेको बताए। 'तराई मधेसमा कतिवटा प्रदेश बनाउने हो? भन्ने बारेमा सुझावसहित साथीहरुको जिज्ञासा आएको छ' गजुरेलले नागरिकसँग भने, 'स्वायत्त मधेस प्रदेश र थरुहट मात्र बनाउनु पर्छ भनिरहनु भएको छ, तर कतिवटा प्रादेशिक राज्य बनाउने हो? त्यो भने पार्टीले छलफल पछि मात्र निर्णय दिन्छ।' यद्धपी, मधेसी समुदायका नेताहरुले राखेको मागका वारेमा पार्टी चाँडै निष्कर्षमा पुग्ने गजुरेलको भनाई छ।

No comments:
Post a Comment