प्रकाश तिमल्सिना, काठमाडौं, भदौ २४ -एकीकृत माओवादीनिकट अखिल नेपाल होटल
तथा रेस्टुरा मजदुर संगठनमा राष्ट्रिय सम्मेलनबारे विवाद देखिएको छ।
तत्कालीन अध्यक्ष रमेश पन्त र महासचिव प्रकाश श्रेष्ठ समूहबीच राष्ट्रिय
सम्मेलनबारे विवाद बढेपछि पोखरामा भदौ ३० मा सुरु हुने सम्मेलन प्रभावित
हुने देखिएको छ। मजदुर संघ राष्ट्रिय सम्मेलन गर्ने माओवादीको पहिलो जनवर्गीय संगठन हो।
पन्त समूहबाट आयोजक समिति सदस्य रहेका राजु बडुवालले सम्मेलन एकपक्षीय भएको भन्दै बहिष्कार गर्ने बताए। 'पोखरामा हुने सम्मेलनलाई हामीले मान्यता दिएका छैनौं, स्थगित नगरिए बहिष्कार गर्छौ,' बडुवालले नागरिकसँग भने, 'अधिवेशन आयोजक समितिमा मनपरी सदस्य थपेर एक पक्षीय रूपमा सम्मेलन गर्ने योजना स्वीकार्य छैन।'
अध्यक्षका प्रत्यासी श्रेष्ठ मजदुर नेता नभई रेस्टुरेन्ट तथा होटल मालिक भएको आरोप पन्त समूहले लगाउँदै आएको छ। 'आफ्नोमा मात्र होइन, आफन्तको रेस्टुरेन्ट तथा होटलमा मजदुर संगठन खोल्न नदिने श्रेष्ठ कसरी मजदुर नेता हुन सक्छन्?' बडुवालले प्रश्न गरे, 'मालिकलाई मजदुरको नेता बनाउने पार्टी निर्णय हामीले नमान्ने भनेका हौं, अध्यक्ष (पन्त) लाई पाखा लगाएर कसरी सम्मेलन हुन्छ?' सम्मेलन स्थगित गर्न पार्टीसमक्ष राखेको माग पूरा नभए पत्रकार सम्मेलन गरेर बहिष्कार गर्ने उनको भनाइ छ।
उपाध्यक्ष बाबुराम भट्टराईनिकट पन्त मजदुर संगठनका अध्यक्ष शालिकराम जमकट्टेलमाथि आक्रमण गरेको आरोपमा निलम्बित भएकाले उनलाई मानिरहनु जरुरी नभएको श्रेष्ठ समूहको भनाइ छ। उक्त समूहका सदस्य माधव पाण्डेले जमरकट्टेलमाथि भौतिक आक्रमण गर्ने पन्त र उनको समूह पार्टी निर्णयविपरीत चलेको भन्दै सम्मेलनको विरोध गर्नुको तुक नभएको बताए। 'पार्टीले कारबाही गरेको मान्छे (पन्त) ले सम्मेलन बहिष्कार गर्छु भन्नु हास्यास्पद छ,' पाण्डेले नागरिकसँग भने, 'पार्टीको निर्णयअनुसार पोखरामा नै सम्मेलन हुन्छ, उनी (पन्त)हरूको सानो झुन्डले बहिष्कार गरे पनि अरु प्रतिनिधि सहभागी हुने निश्चित भइसकेको छ।' उनकाअनुसार सम्मेलनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। जनवर्गीय संगठनका इन्चार्ज जनार्दन शर्माले सम्मलेन उद्घाटन गर्ने तय भइसकेको छ।
पार्टी कारबाहीमा परेपछि पन्त अध्यक्ष पदमा नरहेको तथा सम्मेलन प्रतिनिधि पनि नभएको महासचिव श्रेष्ठले जनाए। 'रमेशजी सम्मेलनको प्रतिनिधि नै हुनुहुन्न, प्रतिनिधि नभएको व्यक्तिले बाहिर के-के भन्छ, त्यो मेरो चासोको विषय होइन।' पार्टीले उनलाई निलम्बन गरेको जानकारी आफुले पाए पनि फुकुवा गरिएको जानकारी नआएको उनको भनाइ छ। बडुवालले भने पन्तमाथि पार्टीले गरेको कारबाही फुकुवा भइसकेको दाबी गरे । अध्यक्षका लागि महासचिव श्रेष्ठ र उपाध्यक्ष राजन काफ्लेको दुई प्यानल भिड्ने भएका छन्। श्रेष्ठ प्यानलबाट उपाध्यक्षमा माधव पाण्डे, महासचिवमा कुमार पन्त भिड्दै छन् भने काफ्ले प्यानलबाट उपाध्यक्ष र महासचिवमा क्रमशः केशव अधिकारी र पिताम्बर गौतमले उम्मेदवारी दिँदैछन्।

No comments:
Post a Comment