महेन्द्र यादव, बाबुराम भट्टराई नेतृत्वको सरकारमा सिंचाई मन्त्री थिए । ‘प्रिपेड घुस लिएको’ भन्दै उनी ‘बदनाम’ पनि भए । भलै, उनले त्यसको
प्रतिरक्षा गरे र तत्कालिन प्रधानमन्त्री भट्टराईले पनि साथ दिए । यो नेपाल
हो, त्यति बेला उनको पद भने गएन किनकी यादव मधेसी मोर्चाका एक प्रमुख घटक
तराई मधेस लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष थिए । ‘घुस काण्ड’मा फसेका
भन्दै श्रम मन्त्रीद्धय सरिता गिरी र मालेका कुमार बेलबासेको पद गयो तर
यादव भने जोगिए, भट्टराई रहुन्जेल उनी गर्बका साथ झन्डा हल्लाई नै रहे ।
नेकपा एमाले छाडेर मधेसमा क्रान्ति गर्न महन्थ ठाकुरसँगै तराई मधेस लोकतान्त्रिक पार्टीमा गए र महामन्त्री पनि भए । तर, ठाकुरसँग रहुन्जेल उनले मन्त्री त, के सहायक/राज्य मन्त्री पनि पाएनन् । त्यसैले यादवलाई झोक चल्यो । र, उनले पार्टी फुटाए र तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल भनी नयाँ पार्टी नै बनाए र त्यसको अध्यक्ष चाँही आफु भए । लगत्तै फ्याटटै मन्त्री पनि ! गरीखाऊ यादवजी भन्नेहरु धेरै नै देखिए ।

अहिले समय बदलियो । महन्थसँगै क्रान्ति गर्न निस्केका यादव अब पार्टीमा एक्लै पर्लान जस्तो मात्रै देखिएन, राजनीतिक रुपमा घर न घाटको हुने खतरा पनि बढदै गएको छ । किनभने, उनका पछि लागेर आएका ९ जना सभासद मध्ये ७ जनाले उनलाई छाडेर गई दिएका छन् । त्यो पनि पदाधिकारीको जिम्मेवारीमा रहेकाले नै, यादववाट ‘मधेसमा क्रान्ति हुने’ देखेनन् क्यारे ! शुक्रवारवाट औपचारिक रुपमा नै छाडिदिए । यादबजी, अब के गर्नु त ? राजनीति भनेको नै यस्तै त्यस्तै नै त रहेछ, चित्त वुझाउनुहोस् ।
चुरो कुरामा नै जाऊ...
अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको आज्ञामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरी बाँस्कोटाले बिजय गच्छदारलाई बैठकमा आउनु भन्दै पत्र लेखेर पठाएका थिए । तर मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदार भने हिजोको बैठकमा देखा परेनन । बैठकमा नआई गच्छदार कता गए त ? भनेर सोधखोज पनि भयो त्यहाँ । कुरा बुझदै जाँदा थाहा भयो, गच्छदार त रौतहटको सदरमुकाम गौरमा पो पुगेका रहेछन् ।
गौर पुगेका गच्छदारले त यादवसँगै तमलोपावाट ‘मधेस क्रान्ति गर्न’ निस्केका मध्ये ५ जना सभासदलाई लाने औपचारिक कार्यक्रम पो आयोजना गरिरहेका रहेछन् । सार्वजनिक कार्यक्रम अर्थात आमसभा नै राखेर यादव नेतृत्वमा रहेका महामन्त्री गोबिन्द चौधरी, सह–महामन्त्री अरबिन्द साह, कोषाध्यक्ष रमणी राम तथा केन्द्रिय सदस्यद्धय चन्दन साह र उर्मिला महत्तोलाई फुलमाला लगाएर लोकतान्त्रिक फोरममा भित्रयाइरहेका पो रहेछन् ।
गच्छदारले गौरमा आफ्ना पार्टीका महत्वपुर्ण तथा जिम्मेवारी नेतालाई चुढेर लगिरहदाँ अध्यक्ष यादव भने सिंहदरवारस्थित, राष्ट्रिय योजना आयोगको हर्क गुरुङ हलमा निराश मुद्रामा बसिरहेका थिए, तस्बिर हेर्नुहोस, आफै पत्ता लगाउनु हुन्छ । शिरमा थोरै मात्र कपाल भएका यादवको अनुहार हर्क गुरुङ हलमा निकै अध्याँरो देखिन्थ्यो । तर, त्यो त सबैले वुझ्न भने सकेनन् । खुकरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भन्छन, के गर्नु ? यादवले पनि त्यही सोचेर बसे होलानजस्तो लाग्छ, हर्क गुरुङ हलमा (यो चाँही मेरा अनुमान) ।
हुन त महामन्त्री गोबिन्द चौधरी, ज्ञानेन्द्र शाही कालमा कृषी तथा सहकारी सहायक मन्त्री भएका ब्यक्ति हुन् । राजतन्त्रको वकालत गर्ने उनै चौधरीलाई रौतहट–५ वाट जनताले भने गणतन्त्र नेपालको संविधान लेख्न भारी मत दिए । बबन सिंहजस्ता ‘अपराधी’लाई त आफ्नो ‘अमुल्य’ मत दिएर जिताउने ‘रौतहटेली राजनीतिक चेतना’ले शाहीकालमा मन्त्री भएका चौधरीलाई नजिताउने त कुनै कुरा नै थिएन् । त्यसैले त जिताई दिएर सिंहदरबारमा पठाए । तर याद गर्र्नुहोस, शाही कालका मन्त्री भएर पनि निर्वाचन जित्ने चौधरी मात्र एक्ला भाग्यमानी नेता हुन् ।
हुन त चौधरी नेपाली कांग्रेसका तर्फवाट ०४८ सालमा तत्कालिन क्षेत्र नं ३ बाट बिजयी भएका नेता पनि हुन । ०५१ र ०५६ को चुनावमा कांग्रेसको बागी नेता निर्वाचनमा त उठे तर दुवैमा हारे । कांग्रेसको राजनीतिवाट मन भाडिरहेका बेला पुर्व राजा ज्ञानेन्द्रले भने उनलाई पत्याई दिए र आफ्नो क्याबिनेटमा सदस्य नै बनाए । यो भयो, बिगतका कुरा ।
चौधरीले तमलोपा, नेपाल छोडेको घोषणा केही हप्ता अघि नै गरेका हुन् तर अरु पार्टीमा भने गइसकेका भने थिएनन् । त्यसैले पार्टी छोडेर बसेका चौधरीलाई आफ्नो पार्टीमा ल्याउन भनेर सदभावना पार्टी अध्यक्ष राजेन्द्र महत्तोले निकै प्रयास भने नगरेका होइनन । चन्द्रनिगाहपुर बजारमा (रौतहट)मा महत्तोले चौधरीलाई भेटेर कुराकानी पनि गरे । जुन दिन सर्लाहीमा महत्तोका पार्टी निकट बिद्यार्थी संगठनको राष्ट्रिय सम्मेलन भइरहेको थियो । त्यही बिहान उनको चौधरीसँग कुराकानी भयो, चौधरीलाई छोडेर सम्मेलन उदघाटन गर्न गएका थिए, महत्तो । चौधरीले के के सर्त राखे, त्यो त सबै थाहा भएन तर यो बुझन् चाँही गा¥हो थिएन कि चौधरीको माग भने महत्तोले पुरा गर्न सकेनन् । त्यस पछि गच्छदारसँग कुरा अघि वढयो, माग उतै पुरा भयो होला र त उनी उत्तै गएको ।
यादवलाई चौधरीसँगै छोडेर जाने चन्दन साह पनि छन, जो रौतहटका नै हुन् । समानुपातिक कोटा (तमलोपाबाट)मा साह सभासद भएका हुन् । दुई-दुई जना एउटै जिल्लाका पुर्व सभासद भएकाले पनि गच्छदारले कार्यक्रम गौरमा राखिएको अनुमान गर्न कुनै गा¥हो छैन् ।
यता, ‘प्रभावशाली’ सहयोगीले नै छोडे पछि यादब भने निकै नै तनाबमा छन् । सो अघि पार्टीका प्रबक्ता नै रहेका पुर्व सभासद रामाशिष गुप्ताले पनि यादवलाई छोडेर महत्तोको सदभावना पार्टीमा गइदिएका थिए । अब अध्यक्ष यादवसँग सह–अध्यक्ष दानबहादुर चौधरी र अर्का एकजना पुर्व सभासद मात्रै बाँकी छन । सरकारवाट हटे लगत्तै ७–७ जना पुर्व सभासद गुमाएका अध्यक्ष यादवले आफ्नो पार्टीमा भने उपेन्द्र यादव नेतृत्वको फोरम, नेपालवाट शिबपुजन राई (यादव)लाई ल्याउन भने सफल भएका थिए । महन्थ ठाकुरलाई पराजित गर्ने उनै राई भने राहादानी दुरुपयोग गरेका अभियोगमा जेलनेल भोगिसकेका ‘महान नेता’ हुन् । तीनले यादवलाई अब के नै गर्लान ? मलाई चाँही पत्यार लाग्दैन् ।
प्रत्यक्ष निर्वाचित भएर सभासद भएका कुनै पनि ब्यक्ति अब यादवसँग छैनन । स्वयं यादव पनि समानुपातिक कोटामा पहिलो लिस्टमा भएकाले मात्रै सभासद भएका हुन् । निर्वाचनमा यादवले जित्ने ठाउँ देखिदैन किनभने शुक्रवार मात्रै गएका ५ जना सभासदले सो पार्टीमा रहेका अन्य जिल्ला र गाउँस्तरका नेता स्वभाविक रुपमा लाने नै छन् ।
त्यस माथी सर्लाही घर भएका यादवको जिल्लाका मात्रै मधेसवादी दलका ६ जना त अध्यक्ष मात्रै छन् । सर्लाहीमा निर्वाचन क्षेत्र छ वटा छन, मधेसवादी दलका अध्यक्ष पनि छ जना नै, एक-एकवटा निर्वाचन क्षेत्रवाट लडयो भने पनि छ जना अध्यक्षले नै प्रत्यक्षमा उम्मेदवारी दिनुपर्छ । त्यसमाथी कांग्रेस, एमाले र माओवादी पनि सर्लाही नभएका भने होइनन, सर्लाही मै चुरे भावर पनि छ । त्यो पनि कमजोर शक्ति भने होइन, त्यसमाथी चुरे भावरको जन्म नै सर्लाहीमा नै भएको हो । उत्तरी क्षेत्रमा चुरे भावरको बढी नै प्रभाव छ ।
त्यसैले माथीका तथ्य र घटनाक्रम हेर्दा तमलोपा, नेपाल पार्टी नै मासिन सक्ने खतरा प्रबल हुदैँ गएको छ । अध्यक्ष भएर अर्को पार्टीमा प्रवेश गर्ने कुरा पनि भएन, न त एकताका लागि बार्गेनिङ गर्ने शक्ति नै अब यादबसँग बाँकी छ । राजनीतिमा असम्भव भन्ने कुरा त हुदैन, सानो शक्ति ठुलो हुन सक्छ, ठुलो सानो तर पनि समस्या भने बढी नै छ यादवसँग । हिजोको जस्तो स्थीति र तागत स्वभाविक रुपमा यादवसँग अब हुने छैन् । अब यादवले के गर्लान ? त्यो भने हेर्न बाँकी छ ।
यादवलाई छाडेर जाने पाँच शिर्ष नेता, गौरमा, तस्विर सौजन्यः मदन ठाकुर |

तर, यसले एउटा पाठ भने सिकाएको छ कि राजनीति विचार र सिद्धान्तले मात्रै चल्छ, न कि भीड जम्मा गरेर र सत्ताको बलले रोकेर । त्यो दृश्टान्त यादवले देखाएका छन् ।
No comments:
Post a Comment