Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Thursday, March 19, 2015

माओवादी केन्द्रीय नेतालाई बलात्कारको आरोप, कमरेड फरार

 पराजुली,  केन्द्रीय सदस्य, नेकपा माओवादी
मुलुकलाई निकास दिने र क्रान्तिकारी परिवर्तन गर्ने भन्दै समाज र राष्ट्रको नेतृत्वमा जान खोज्नेले नै बाटो बिराएपछि के भन्ने ? यस्तै बाटो बिराएर बलात्कार जस्तो जघन्य अपराध अभियोगमा एक माओवादी केन्द्रीय नेता मुछिन पुगेका छन् । जसलाई जोगाउन केही नेता लागिपरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीभित्र त्यसले हंगामा गराएको छ ।
चन्द नेतृत्वको माओवादीका केन्द्रीय सदस्य झम्क पराजुलीमाथि बलात्कार प्रयासको आरोप लागेपछि पार्टीभित्र हलचल मच्चिएको हो । बारा, निजगढ प्रहरीचौकीमा नेता पराजुलीमाथि लिखित उजुरी परेपछि आरोपी केन्द्रीय सदस्य भने फरार भएका छन् । आरोपीलाई जोगाउन केन्द्रीय नेता अनिल शर्मा विरही लागि परेको परिवारजनले गुनासो गरेका छन् ।
पराजुली दोलखा निवासी भए पनि घटना भने बारा निजगढको हो । परिवारजनका अनुसार फागुन ९ गते परीक्षा दिएर घर फर्किरहेकी तिमल्सिना थरकी एक युवतीमाथि पराजुलीले बलात्कारको प्रयास गरेका हुन् । आफ्नो घरमा सधैंजसो आउजाउ गर्ने पराजुलीले परीक्षा दिएर फर्केकी ती युवतीलाई ‘आऊ मेरो बाइकमा चढ म घर पु¥याइदिन्छु’ भनेर मोटरबाइकमा चढाएर लगेका थिए । बाटोमा एकान्त भेटेपछि बलात्कारको प्रयास गरेको पीडित परिवारको भनाइ छ । एकान्तमा बलात्कारका लागि जोरजर्बस्ती गरेपछि युवती चिच्चाएकी थिइन् । त्यसपछि मात्रै पराजुलीले उनलाई छाडेको उनका आफन्तले बताए । आफूमाथि पराजुलीले जोरजर्बस्ती गरेको र संवेदनशील अंगहरूमा प्रहार गरेको जानकारी आफ्ना परिवारजनलाई सुनाएपछि पराजुलीको हर्कत बाहिर आएको थियो ।
पीडित परिवारले पराजुलीमाथि कारबाहीको माग गर्दै निजगढ प्रहरी कार्यालयमा लिखित उजुरी दिएका छन् भने पीडित युवती वीरगन्जस्थित मेडिकल कलेजमा उपचार गरी घर फर्किएकी छन् । सो घटनापछि पराजुली फरार भएको परिवारजनको भनाइ छ ।
केही समयअघिसम्म प्रचण्ड नेतृत्वको एमाओवादीको बारा जिल्ला कमिटीका सदस्य रहेका पराजुली चन्दले पार्टी विभाजन गरेलगत्तै सो पार्टीमा प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए । युद्धकालमै यौन विचलनको आरोपमा कारबाही भोगिसकेका पराजुलीमाथि दोलखामै ७८ लाख रुपैयाँ हिनामिना गरेको आरोप यथावतै छ । उनै पराजुलीले फेरि अहिले बलात्कार जस्तो जघन्य अपराध गरेपछि उनलाई कारबाहीको माग गर्दै निजगढ प्रहरीमा उजुरी परेको हो ।
तर, आफ्ना नेतामाथि बलात्कार जस्तो गम्भीर आरोप लागेपछि केन्द्रीय नेता अनिल शर्मा जोगाउन लागिपरेको पीडित परिवारजनको गुनासो छ । ‘पाँच लाख रुपैयाँको प्रलोभन देखाएर घटनालाई गुपचाप राख्न आग्रह गरिँदै आएको छ,’ परिवारका एक सदस्यले भने । पार्टी भर्खरै गठन भएको र गठन भएको तीन महिनाभित्रै केन्द्रीय नेतामाथि नै यस्तो गम्भीर आरोप लागेका कारण पार्टीको छवि बिग्रने भन्दै शर्माले परिवारजनलाई आर्थिक प्रलोभन देखाइरहेका छन् ।




No comments:

Post a Comment