Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, August 26, 2015

'हाम्रो बिमानस्थलमा मात्रै शौचलाय गएको शुल्क लिइन्छ'

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनले विमानस्थलभित्रका स–साना समस्या पनि सल्टाउन नसकी आफूलाई अक्षम नेतृत्वको रुपमा स्थापित गर्दै लगेको छ। ब्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले बिमानस्थल नेतृत्वले स–साना समस्या पनि हल नगरेर अक्षम भएको देखाएको हो।
बिमानस्थलको स्थलगत अध्ययन गरी बिकास समितिले तयार पारेको प्रतिवेदन सभामुख सुबासचन्द्र नेम्वाङलाई बुझाउँदै सभापति रविन्द्र अधिकारीले बिमानस्थलका स–साना समस्यासमेत हल गर्न बिमानस्थल नेतृत्वले नसकेको बताए। 'ठुला समस्याको त कुरा छाडौं, देखिएका स–साना समस्या पनि हल गर्ने काम भएको छैन, बिमानस्थलमा जताततै भद्रगोलको अवस्थामा छ,' अधिकारीले सिंहदरबारमा भने, 'यति सम्म की भिभिआइपी कक्षवाट मनलाग्दी ब्यक्तिहरु प्रवेश गराईन्छ, त्यहाँ कुनै रोकतोक र सोधपुछसम्म गरिदो रहेनछ।'
अधिकारीका अनुसार बिमानस्थल भित्रका स–साना समस्या समाधान गरेमा मात्रै पनि मुलुक र बिमानस्थलको प्रतिष्ठा बढने भए पनि त्यसो गर्ने काम ब्यवस्थापनवाट भएको छैन। यस वारेमा जिज्ञासा राख्न खोज्दा बिमानस्थलका महाप्रवन्धक बिरेन्द्र श्रेष्ठले केही पनि बताउन चाहेनन्। उनी त्यहाँ करिब २ बर्ष देखी नेतृत्वमा छन्।

समितिले आफनो प्रतिवेदनका अधिकांस बुदाँमा स–साना समस्यालाई नै खुटाउने काम गरेको छ। 'संसारका कुनै पनि मुलुकले अन्तराष्र्ट्रिय बिमानस्थलमा शौचालयमा पैसा असुलिदैन, यहाँ लिइन्छ,' प्रतिवेदनमा भनिएको छ, 'ट्रलि निःशुल्क हो तर तल्लो तहका कर्मचारी बिदेशी तथा सोझासिधालाई आनकानी गर्दै पैसा मागिरहेका हुन्छन, हरेक ट्रलि निःशुल्क हो भन्ने संकेत सर्बत्र राखिनु पर्छ।'

सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेध गरे पनि बिमानस्थलमा भने त्यो लागु अझै हुन सकेको छैन। 'बिमानस्थलमा जतासुकै धुम्रपान गरिरहेका देखिन्छन,' समितिले भनेको छ, 'चुरोट नखाने र बिरामीलाई नै सास्ती हुने गरी जतासुकै धुवाँ उडाउन रोक लाग्नु पर्योन।' बिमानस्थल भित्र 'स्मोकिङ जोन' बनाउन समितिको सुझाव छ।

संकेत चिन्ह पुरानो र नबुझिने भई सक्दा पनि त्यसलाई फेर्ने र रंगोरोगन समेत नगरिएको समितिकोभ भनाई छ। 'बिमानस्थल भित्रका संकेत चिन्ह धेरै पुराना परम्परागत भए, आधुनिक प्रस्ट देखिने संकेत, इशारा वा स्थान जानकारी आदिका संकेत चिन्ह अन्तराष्र्ट्रिय प्रचलन बमोजिम बदलिनुपर्छ, नेपाली र अग्रेजी भाषामा लेखिनु पर्छ' प्रतिवेदनमा छ। बिमानस्थलका ट्याक्सी, शौचालय र क्यान्टिन सेवाभावमा नभई ब्यापारिक उदेश्यवाट संञ्चालित भएकाले पनि सर्वसाधारणले निकै समस्या झेल्नु परेको तर त्यसमा कुनै चासो नदिइएको स्थलगत भ्रमण पछि समितिले औल्याएको छ।

बिमानस्थल भित्र र बाहिर ब्यावासायिक बिज्ञापनको दबदबा अति नै रहेको भन्दै समितिले चिन्ता ब्यक्त गरेको छ। 'बिमानस्थल भित्र र बाहिर ब्यावसायिक बिज्ञापनको दबदबा अति बढी भयो, अहिले कुनै पनि ब्लकमा जाँदा रेमिट कम्पनि, वा कुनै बैंकको शाखा वा कुनै टेलिफोन कम्पनीको कार्यालय भित्र रहेको जस्तो देख्नेलाई महशुश हुन्छ', समितिको चिन्ता ब्यक्त भएको छ, 'बिज्ञापनलाई स्थान अनुसार नेपाली संस्कृति झल्कने, देश चिनाउने अनुकुल नबनाई चाहिने सुचनामुलक र राष्ट्रिय जानकारी ओझेलमा राखिएको छ।' बिमानस्थलमा अत्याधिक ब्यापारिक बिज्ञापन हटाउन समितिको सुझाव छ।

बिमानस्थलमा सिसिटिभी थप्नु पर्नेमा अझ भइरहेका पनि धेरै बिग्रिएको अवस्थामा रहेको तर त्यसको लामो समय हुदाँसमेत मर्मत सम्भार नगरिएको समितिको निर्क्यौल छ। 'चलखेल, चोरी हुने स्थान, भिडभाडमा क्यामेरा राखिनु पर्योस, थप्नु पर्योन' समितिको जोड छ।

बिमानस्थलमा आउने र जानेलाई बस्ने पर्याप्त ठाउँ नहुदाँ घन्टौसम्म उभिनु पर्ने मात्रै होईन, सटही काउन्टर, क्याफेलगायत पसल र तीनमा को बस्छन? भन्ने थाहा पाउन गार्होि हुने जस्ता समस्या बिमानस्थलमा कायमै रहेका छन। 'त्यस्तो स्थानमा बस्नेको पोशाक अनिवार्य गरी पारर्दशी बनाउनु पर्योु' समिति भनाई छ। बिमानस्थलमा कार्यरत कर्मचारी, ब्यापारीलगायतलाई पहिचान झल्कने खालको पोशाक अनिवार्य लगाउन लाउनु पर्नेमा पनि समितिको जोड छ।

अन्तराष्र्ट्रिय बिमानस्थल जस्तो निकै संबेदनशिल स्थलमा जाने आउने पासलाई जथाभावी बाँडिएकोमा समितिले सबैभन्दा बढी चिन्ता ब्यक्त गरेको छ। 'बिमानस्थलमा पासको दुरुपयोग भएको छ, यो कस्लाई र कस्ले दिइयो? भनेर अनलाईनमा नाम सार्वजनिक गर्नुपर्छ,' प्रतिवेदनमा जोड गरिएको छ, 'डिउटीमा खटिएको प्रहरीले पास बिनै टिकट काउन्टर तथा त्यस माथीसम्म आफना मानिसलाई पठाउँछन, यसमा बिमानस्थलका कर्मचारी निरिह भैदिन्छन, यो बर्दीको दुरुपयोग हो।' त्यसलाई तत्काल रोक्नु पर्ने समितिको भनाई छ।

त्यसो त, पास बितरणमा पनि निकै भेदभाव हुने गरेको समितिको प्रतिवेदनले औल्याएको छ। 'कुनै पुर्व सचिव वा प्रहरी वा यस्तै समुहका ब्यक्तिले छोराछोरी उडाउँदा अन्तिम स्थान सम्मको पास लिने गरेका छन तर बृद्ध अशक्त, बिरामी, बालबालिकालाई पुर्यारउन जानेहरुलाई सजिलै पास उपलब्ध हुन सक्दैन' स्थलगत भ्रमण गरेको समितिले भनेको छ।

हाल, बिमानस्थल ब्यवस्थापनले २ सय ३६ बढी एजेन्सीलाई पास दिएको छ। 'तर, पास (आइडीकार्ड) प्रस्ट देखिदैन, आइडीकार्ड बाहक को हो? सानो तथा मधुरो अक्षरमा लेखिएको छ, संस्थाको नाम र फोटो ठुलो राखिनु पर्छ, अन्य सहायक सुचना सानो फन्टमा राख्दा हुन्छ,' समितिको सुझाव छ। सो समितिले परिचय पत्रको डिजाइन फेर्न पनि सुझाउ दिएको छ।

कार्यरत कर्मचारीहरुको ब्यावहार र शैली सन्तोषजनक नभएकोमा पनि समितिले चिन्ता ब्यक्त गरेको छ। 'इमिग्रेसनमा बस्ने कर्मचारीको ब्यावहारमा परिवर्तन गरी मिठास र मुस्कानसहितको सेवा प्रवाहमा जोड गर्नुपर्ने' समितिको भनाई छ। हेल्प डेस्क लगायत सबै डेस्कमा बर्दिवाला प्रहरी हटाई महिला राख्नु पर्ने सुझाव दिएको समितिले हस्पिलिटी ब्यवस्थापन पढाउने कलेजका बिद्यार्थीलाई इन्टरर्सिपमा त्यहाँ राख्न सकिनेमा समितिले जोड दिएको छ।

'बिमानस्थल भित्र भन्सार, अध्यागमन, बेमा तल्लो तहका कर्मचारी चप्पल लगाई, फोहोर पोशाक मै सेवा दिइरहेको देखिन्छ, स्मार्ट पोशा र परिचय पत्र नभएका कर्मचारीलाई रोक लगाउनु पर्छ', समितिले भनेको छ, 'अध्यागमन, भन्सार, टर्मिनल आदिमा सबै सरोकारवाला निकायले महिला कर्मचारीलाई प्राथमिकताका साथ राख्नु पर्छ।'

बिदेश जानु यात्रुका आफान्तलाई उनीहरुको उडेको दृश्य देख्न पाउने ब्यवस्था गर्न पनि समितिको सुझाव दिएको छ। 'बिमानस्थलमा आफान्तको बिदाई गर्न जाने परिवारजनका लागि अन्तराष्ट्रिय टर्मिनल भवन माथिको अगाडी तर्फको टेरेस सामान्य शुल्क लिई खुल्ला गरिनु पर्ने।' यसअघि खुल्ला गरिदै आए पनि हाल बन्द रहेको सो स्थानलाई सामान्य शुल्क लिएर खुलाउनु पर्ने समितिको सुझाव छ। यसो गर्दा पास बितरणको दुरुपयोगलाई नियन्त्रण गर्न सघाउ पुर्या्उने समितिको सुझाऊ छ।

बिमानस्थल प्रवेशद्धार र टर्मिनल भवनसम्मका बाहिरी क्षेत्रमा फूलबिरुवा लगाएर मनमोहक र आकर्षक नबनाइएको, टयाक्सी पार्किङ स्थल मर्मत नगरिएको मात्रै होइन, त्यहाँ फोहोरमैला जथाभावी फालिने गरिएकोे, बिमानस्थल प्रवेशमा सुरक्षा चेकजाँच प्रभावकारी बनाउन नसकिएको जस्ता समस्याहरुको निर्क्यौल गरी समितिले मंगलावार सभाुमख समक्ष आफनो स्थलगत भ्रमणको प्रतिवेदन बुझाएको हो।

'देशकै प्रतिष्ठा र गौरवको बिषय रहेको बिमानस्थलको यो हालत सुन्दा र थाहा पाउँदा ब्यक्तिगत रुपमा मलाई निकै दुःख लागेको छ, शर्म पनि लागेको छ,' प्रतिवेदन बुझदै नेम्वाङले भने, 'यसलाई कार्यान्वयन गर्न म संवन्धित निकायलाई निर्देशन दिनेछ, तपाईहरुले पनि निरन्तर अनुगमन गर्न आग्रह गर्दछु।' सभामुख नेम्वाङले बिमानस्थलको प्रतिष्ठा बढाउन कुनै कसर बाँकी राख्न नहुनेमा जोड गरेका छन्।

No comments:

Post a Comment