Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Saturday, April 20, 2013

बिप्लवका तीनै भाई केन्द्रिय समितिमा पर्ने, अरु चाँही बैतरणी तर्ने !!!

प्रकाश तिमल्सिना– मोहन वैद्य नेतृत्वको केन्द्रिय समिति विस्तारमा दिन दिनै लफडा देखा परेको छ । सोही बिषयलाई लिएर अध्यक्ष बैद्यको गोंगबु घर घेर्ने देखी अनामनगरस्थित संबाद डबलीमा असन्तुष्ट पक्षको भेला डाक्नेसम्म काम भइसकेका छन, त्यो क्रम रोकिने छाँटकाट अभै पनि देखिएको छैन् । आफु र आफ्नो पक्षलाई केन्द्रिय समितिमा नलगेको भनेर दिनदिनै बैद्यबालाई टाउको दुखाइरहेका छन् ।
तर, वढुवा भएका नामावली हेर्ने हो भने एकजना ‘प्रभावशाली नेता’ले आफ्ना दुई दाजु, अर्का ‘प्रभावशाली नेता’ले श्रीमती र अर्की ‘प्रभावशाली नेतृ’ले श्रीमानलाई केन्द्रिय समितिमा लैजान सफल भएका पनि रहेछन् ।

मोहन बैद्य नेतृत्व नेकपा–माओवादी भित्र केन्द्रिय सदस्यका बिषयलाई लफडा दिन दुगुना रात चौगुनका रुपमा बढेको छ । गत चैत २९ गते देखी १ सय ८ जना केन्द्रिय सदस्य छान्न ( वैकल्पिक केन्द्रिय सदस्यसहित) बैठक बसे पनि यो आलेख तयार पारुन्जेलसम्म चयन भएको निर्णय गर्न सकेको छैन । केन्द्रिय सदस्य चयन गर्नका लागि वैठक जारी रहदै महासचिव रामवहादुर थापा, सचिवद्धय नेत्रविक्रम चन्द र देव गुरुङको एउटा कार्यदल बस्यो । लगातार पाँच दिन केन्द्रीय समिति बस्यो तर कुरा टुंगिएन । पोलिटब्युरो र पदाधिकारीको छुट्टै वैठक त कति हो कति ? हिजो रातीसम्म पनि पदाधिकारी बस्यो तर निष्कर्ष भने निस्किएन् । केन्द्रिय समिति विस्तार गर्ने निर्णयवाट पछि हटने कुरा पनि आयो तर हात लाग्यो शुन्यको अवस्था छ । जे होस,  माओवादी केन्द्रिय समितिमा भने निकै नै लफडा छ । यो लफडा किन भइरहेको होला भनेर खोजीनीति गर्दा केही रोचक पक्ष पनि पत्ता लागेका छन् ।
कुरा, नेत्रबिक्रम चन्दबाट नै सुरु गरौं, उनी माओवादीका ‘प्रभावशाली’ सचिव हुन् । जति प्रभाव पार्टी संगठनमा चन्दले राख्छन, त्यति प्रभाव सो पार्टी भित्र अरु कसैले पनि राख्न सक्दैनन् । त्यसैले पनि होला, विस्तार हुन लागेको केन्द्रिय समितिमा चन्दले आफ्ना दुई दाजुलाई ल्याएका रहेछन् । जेठा दाजु चन्द्रवहादुर चन्द र माइला दाजु, जो खेलकुद मञ्चका अध्यक्ष थिए, जयन्त चन्दलाई केन्द्रिय समितिमा ल्याएर ‘बहादुरी’ देखाएका रहेछन् ।
ताम्सालिङ राज्य समितिका इन्चार्ज कुलप्रसाद केसीले श्रीमतिलाई जोडबल लगाएर केन्द्रिय समितिमा तानेका रहेछन् । तारा घर्ती नाम गरेकी केसीका श्रीमति बुद्धनगरस्थित केन्द्रिय कार्यालयको हकदार बनेकी छिन् । उमा भुजेल पनि के कम ? युद्धकालमा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी महिला न परिन, उनले आफ्ना श्रीमान बसन्त श्रेष्ठलाई तानेर केन्द्रिय सदस्य बनाइन् । सिन्धुपाल्चोकका धावा लामा र मकवानपुरकी कुमारी मोक्तान श्रीमान श्रीमति हुन् र पुर्व सभासद पनि । यो जोडी पनि केन्द्रिय समितिमा परेको छ ।
साबीत्रि पोखरेलका श्रीमान शिव डाँगी प्रचण्डको क्यास माओवादी तिर छन, श्रीमति पोखरेले भने वैद्य बाको पार्टीमा केन्द्रिय नेतृ हुन पुगेकी छिन् । दुवै तिरका केन्द्रिय समितिमा भएको छलफलका बिषयलाई बुढाबुढी दुवैले सुन्न पाउने भएका छन, कम्तिमा साँझ त त्यो बारेमा कुरा होला । कलाकार माइला लामा पनि केन्द्रिय समितिमा तानिएका छन भने पुर्व विद्यार्थी नेता लेखनाथ न्यौपानेले ‘क्वाटर्र’ (वैकल्पिक केन्द्रिय सदस्य) मात्र भएकोमा असन्तुष्टी जनाउँदै ‘फुल’ खोजिरहेका छन् ।



No comments:

Post a Comment