नागरिक अगुवा तथा बाम बिश्लेषक श्याम श्रेष्ठ एकीकृत नेकपा माओवादीको कोटावाट संविधानसभाका सदस्यमा मनोनित भए । बिहिवारको मन्त्री परिषदले उनलाई संविधानसभा सदस्यको रुपमा मनोनित गरेको छ । तर, उनकै सहकर्मीहरुले भने श्रेष्ठको ‘लोभीपापी चरित्र’को चर्को आलोचना र ब्यंग्य गरेका छन् । बहल समाजवादी पार्टीको एउटा कार्यक्रममा उनको सहकर्मी अथवा नजिकका मित्र डा. कृष्ण भट्टचनले श्रेष्ठको चर्कै ब्यंग्य गरेका हुन । बहुल समाजवादी पार्टीले आयोजना गरेको ‘बहुल राष्ट्रिय सभा’ कार्यक्रममा 'दिल खोलेर' भट्टचनले श्रेष्ठलाई नंग्याउने प्रयास गरेका थिए । अमृतभोग, कालिकास्थानमा आइतवार डा. सुन्दरमणी दिक्षित, पासाङ शेर्पा, किशोर बिश्वास, सिताराम अग्रवाल लगायत दर्जनौ नेता तथा कार्यकर्ता उपस्थित कार्यक्रममा जनजाति अगुवा भट्टचनले आलोचना गरेका हुन् ।
उनका अनुसार श्याम श्रेष्ठले जीवनभर कुनै पनि सरकारी पद अर्थात लाभको पद नखाने र नागरिक समाजमा नै रहेर देशको सेवा गरिरहने प्रतिवद्धता जनाएका थिए । बामपन्थी निकट मुल्याङकन मासिकका पुर्व सम्पादकसमेत रहेका श्रेष्ठ जनआन्दोलन–२ ताका नागरिक अगुवाका छवी बनाएका श्रेष्ठले जीवनभरी लाभको पदमा नजाने प्रसङ्ग उल्लेख गदै भट्टचनले कार्यक्रममा भने, ‘श्यामजीले जीवनभर सरकारी सुबिधा लिन्न भनेर प्रतिवद्धता जनाउनु भएको थियो तर सभासद हुन जानु भएछ ।’ कम्तिमा पनि मासिक ८२ हजार रुपैयाँ आम्दानी हुने पदमा श्रेष्ठ गए पछि भट्टचनले उडाउनसम्म उडाउन भ्याए ।
‘पहिला त श्यामकुमार श्रेष्ठ भनेर सभासदको नाममा आयो, को मान्छे रहेछ यो भन्ने लाग्यो पनि,’ भट्टचनले कार्यक्रममा भने, ‘पछि त नागरिक अगुवा भनेर चिनिएका हाम्रा मित्र श्याम श्रेष्ठ पो रहेछन, सभासद बनाउने बितिक्कै लुरुक्क परेर जाने त ?’ उनका अनुसार सहकर्मीमाझ सद्यै सरकारी सुबिधा लिन्न भन्थे रे श्रेष्ठले ।
तर, सरकारी सुबिधा नलिने भन्ने उनै श्रेष्ठ माओवादी कोटामा सभासद भएर गए पछि आफु छक्क परेको सुनाए । ‘सरकारी सुबिधा नलिने भन्ने पटक पटक कुरा गर्ने श्रेष्ठजी सभासदमा लोभिनु होला भन्ने मलाई लागेको थिएन, तर लोभिनु भएछ’ भन्दै भट्टचनले श्रेष्ठलाई केही बेर कार्यक्रममा उडाउन पनि भ्याएका थिए ।
भट्टचनले श्रेष्ठलाई अब सभासद भन्ने कि ? बाम बिश्लेषक भन्ने कि ? एमाओवादी नेता भन्ने की ? पत्रकार भन्ने कि ? नागरिक समाजको अगुवा भन्ने की ? के भन्ने भन्दै आफु अलमलमा परेको पीडा पनि सुनाए ।
No comments:
Post a Comment