एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चामा आबद्ध दलले प्रक्रिया (मतदान) बाट हुने संविधान लेखनलाई अस्वीकार गर्ने घोषणा गरेका छन्।
खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै २२ दलका शीर्ष नेताले नेपाली कांग्रेस र नेकपा एमालेलगायत सत्तारुढ दलको प्रक्रियामा जाने निर्णयप्रति संयुक्त रुपमै आपत्ति जनाएका हुन्। संविधानसभाभित्रका ११ र बाहिरका ११ सहित २२ दलले सहमतिमै संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखनलाई बिथोल्नका लागि सभा आयोजना नगरिएको प्रस्ट पारे। ‘धेरैले संविधान लेखन कार्य बिथोल्न यो मोर्चा निर्माण गरिएको ठानेका छन् तर त्यस्तो होइन,' दाहालले सम्बोधन गर्दै भने, ‘सहमतिमै संविधान लेखाउन यो सभा आयोजना गरिएको हो।' शुक्रबारको सभालाई ‘आन्दोलन' नभई खबरदारीका रुपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
सहमति जुटाउनका लागि गठित उच्चस्तरीय राजनीतिक समितिको संयोजकसमेत रहेका दाहालले आन्दोलनरत मोर्चाको नेतृत्व गरेर दोहोरो भूमिका देखाएको आरोप लाग्दै आएको छ। आफूलाई ‘यताको कि उत्ताको?' भन्दै प्रश्न आउने गरेको उनले सुनाए। ‘तपाइँ आन्दोलनको नेता कि सहमति गर्ने नेता भनेर धेरैले सोध्छन्, मैले भन्ने गरेको छु– म दुवैतिरको नेता,' दाहालले भने, ‘म जता गए पनि संविधानका लागि नै खटिइरहेको छु।'
बहुमतीय प्रक्रियाबाट संविधान लेखनको कार्य भए आफू जनविद्रोहको नेतृत्व गर्न तयार रहेको उनले बताए। ‘जनयुद्धमा नफर्कने प्रतिबद्धता मैले पटक–पटक गरिसकेको छु तर बहुमतीय प्रक्रियाबाट संविधान लेखन कार्य भए म त्यसविरुद्ध शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न तयार छु,' दाहालले भने।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेस र एमालेलाई सही बाटोमा हिँडाउनका लागि एमाओवादीसँग गठबन्धन गरिएको बताए। ‘धेरैले मलाई प्रजातन्त्रका लागि लडेको मान्छे, कसरी प्रचण्डसँग सहकार्य गरेर हिँडिरहनुभएको छ भन्छन्,' गच्छदारले सभालाई सम्बोधन गर्दै भने, ‘तर पहिचानसहितको संघीयताका लागि एकजुट भएको हो भन्ने बु‰दैनन्।' उनले संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति र सर्वदलीय बैठकमा आफ्ना कुराको सम्बोधन हुन नसकेपछि जनसभासम्म आउनुपरेको बताए। गच्छदारले माओवादी र तराई मधेसकेन्द्रित दलको गठबन्धनलाई अपवित्र भनिएकोमा गुनासो पोखेका छन्। ‘धेरैले यो गठबन्धनलाई अपवित्र, राष्ट्रियताविरोधी र संविधान बनाउन नदिने गठबन्धन भन्छन् तर यो जनताको गठबन्धन हो,' उनले भने।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानसभाबाट जनताको पक्षमा संविधान निर्माण हुनेमा आंशका गरे। ‘यो संविधानसभाबाट जनताको पक्षमा संविधान बन्छ भन्नेमा मलाई विश्वास छैन, त्यसैले भीषण संघर्ष र आन्दोलनको तयारी साथसाथै गर्नुपर्छ।' बहुमतीय प्रक्रियाबाट बनाइने संविधान तराई–मधेसलाई अस्वीकार्य हुने उनको चेतावनी छ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बहुमतीय प्रक्रियाबाट संविधान लेखिए भोलिपल्टै च्यात्ने चेतावनी दिए। ‘कांग्रेस र एमालेले बहुमतको आडमा संविधान बनाए त्यो भोलिपल्टै च्यातिन्छ,' उनले भने।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले सहमतिको विकल्प नभएको भन्दै प्रक्रियामा नजान आग्रह गरे। ‘नत्र महाभारत हुन्छ, यसको सामना गर्न कांग्रेस र एमाले तयार हुनुपर्छ,' यादवको चेतावनी छ। तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले प्रक्रियामा गए ठूलो आन्दोलन हुने चेतावनी दिए। सभामा अन्य साना दलका नेताले पनि सम्बोधन गरेका थिए।

No comments:
Post a Comment