Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, October 22, 2014

'अरु केही नगरे नि गोकर्णमा नेताले कपडा चाँही धेरै फेरे छन'

काठमाडौं, गोकर्ण रिसोर्टमा हिजो बिहानै देखि राति अबेरसम्म भएका अनौपचारिक र औपचारिक बैठकमा तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीले पुरानै अडान दोहोर्याउँदा बैठक फलहीन भएको छ । संविधानका विवादित विषयमा सहमति कायम गर्ने तीन प्रमुख दलका नेताको मंगलबारको प्रयास पनि निरर्थक भएको छ। हिजोको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आठ घन्टा ढिलो पुगेका थिए । गोकर्णको रिसोर्ट छोडेर प्रचण्ड, ओली रामचन्द्र र नारायणकाजी हिजो घरै फर्किए । तर, राप्रपा नेपालका अशयक्ष कमल थापाले भने सो बैठकको कडा रुपमा आलोचना गरेका छन् । उनले भनेका छन्–गंभीर बिषयमा छलफलका लागी संबिधानसभाको बैठक बसिरहेको बेला ३ दलिय सिण्डिकेट भने संबिधान वारे छलफल गर्न रिसोर्ट जानु संबिधानसभाको घोर अपमान हो । त्यस्तै, फेसबुक, टिवटर जस्ता सामाजिक सञ्जालवाट पनि सर्बसाधारणले सो बैठकलाई उत्सुकताका साथ हेरेका मात्रै छैनन, सहमति नजुटाएको भन्दै नेताहरु प्रति पनि उत्तिकै आक्रोश पोखिरहेका छन् ।
सहमति जुटाएको सन्देश दिन नसके पनि गोकर्ण बैठकमा भने नेताहरुले लुगा फेरी फेरी (परिबर्तन) लगाएको, हाँसीमजाक गरेको, डकुमेन्टहरु अगाडी राखेर कुराकानी गरेछन्। भब्य सानदार कोठा देखी कुटीसम्म बसेर नेताहरु छलफल गरका छन् । पत्रकारलाई प्रवेश निषेध गरी तस्बिर  खिच्न नदिए पनि त्यहाँ रहेका नेताजन, नेताका सहयोगीले खिचेको तस्बिर भने यहाँहरुका लागि प्रस्तुत छ ।









तस्बिर साभारः बाबुराम भट्टराईको फेसबुक पेज, बिश्वद्धिप पाण्डे, शिब खकुरेल, चिरञ्जीबी अधिकारी लगायत ।

No comments:

Post a Comment