यही समाचारको बिषयलाई लिएर श्रेष्ठ र थापा बिच भनाभन भएको हो |
पुर्व मन्त्री कर्ण थापा, जसलाई केही दिन अघि नेकपा एमालेले फिर्ता बोलाएको थियो, र जनआस्थाका सम्पादक किशोर श्रेष्ठ बिचको चर्काचर्कीले अहिले मार्केट खाएको छ । श्रेष्ठले आफनो पत्रिका जनआस्थामा केही दिन अघि मन्त्री थापाका बारेमा समाचार लेखेका थिए, त्यसमा मन्त्री थापाले आपत्ति जनाएछन । चिनियाँ राजदुतले बोलाएको एउटा पार्टीमा दुवैको भेट हुदाँ त्यहाँ एक किसिमले दोहोरी नै चलेको रहेछ भन्ने दुई जनाका कुराले नै थाहा पाइन्छ । तर, त्यो बेलाको घटनालाई दुबैले सामाजिक सञ्जालमार्फत बाहिर ल्याए पछि अहिले पत्रकारवृतमा सत्यता के हो ? भनेर चर्चा परिचर्चा भइरहेको छ । यस सन्दर्भमा दुवैको बिचारलाई अर्थात दुवैको कुरालाई यो ब्लगमा राखेर सत्यता आफै खुटाउने जिम्मा ब्लगरका पाठकलाई दिएको छ । आफै बिचार र मनन गर्नुहोस कि कस्ले बढी कुरा ग¥यो र कस्ले सत्यतालाई बंगाउने कुरा गरयो ?
जनआस्थाका सम्पादक किशोर श्रेष्ठ |
- किन गुण्डा च्याप्नुहुन्छ कमरेड, चरीको झैं ज्यान सुरक्षा गर्न र कर्णको झैं मन्त्री पद जोगाइराख्न नसक्ने गरी ? गत साता उध्योग मन्त्रीबाट खुस्किएका कर्ण थापाले हिजो साँझ छिमेकी मित्रराष्ट्र चीन गणराज्यको 65 औँ स्थापना दिवसका अवसरमा याक एण्ड यति होटलमा जम्काभेट हुनासाथ भने-'मेराबारेमा लेख्छस् साले हरामी ? मारिदिउँ तँलाई,बाँच्न मन छैन ?' हाँसिरहें म, युवराज दिपेन्द्र र पारशले त्यसै भन्थे, सेनापति प्रज्वल समशेरले पनि र्याडिसन होटलमा सँकट्कालताका यसैगरी चिनियाँ रिसेप्सन कै दौरान धम्काएकै हुन् ! कर्णको यो रुप देखेपछि एमाले उपमहासचिव बिष्णु पौडेलले तत्काल भन्नुभयो- 'यो कुनै ठाउँ हो, नचाहिंदो रिस पोख्ने ?'
पुर्व मन्त्री कर्ण थापा, |
कर्ण थापाले आधा घन्टा अघि लेखेको प्रस्टोक्तीः पत्रकारिताको आवरणमा परपीडामा रमाई रहेका किसोर श्रेष्ठले मैेले उनलाई
ज्यानमार्ने धम्की दिएको भनेर फेसबुकमा लेखेछन । यो सतप्रतिशत झुट कुरा हो ।
सत्य के हो भने हिजो बेलुकी चिनिया राजदुतावासको निमन्त्रणामा म याक ए यति
होटलमा गएको थिए । किसोर श्रेष्ठसँग मेरा भेट भयो । उनले मलाई के छ त
मन्त्री, राम्रो स्वाद भेटयौ होइन ? मलाई नटेर्नेलाई म कहाँ छोड्छु र ?
भनेर उनले मलाई अपमानित गरे । मैले अप्रसाँगिक कुरा नगर्र्नुस भने । उनले
मलाई गिज्याउने सैलीमा बोली रहे । मैले तिमि मेरो पछि किन लागेको
छौ । केही लेख्नुछ भने राजनीतिक विषयमा लेख । साँचो सत्य कुरा लेख, केही
आपत्ति छैन । तथ्यहिन, आधारहिन नीजि र पारिवारिक विषयले मलाई किन पीडा
दिन्छौ ? भने । उनले मलाई च्यालेन्ज दिएको भनेर उल्टै धम्की पो दिन थाले ।
मैले सबै पेशामा लाग्ने मानिस उत्तरदायि बन्नु पर्छ । तिम्रो पत्रिकामा
प्रकाशित भएका समाचारको सत्यता तिमिले पुष्टि गर्नु पर्छ । पत्रकार
महासंघका पदाधिकारी, प्रेश चौतारीका पदाधिकारी, वरिष्ट पत्रकार र तिमिले
पीडा दिएका मानिससमेतको उपस्थितिमा छलफल गराउछु, मैले भने । भएको यही हो ।
किसोर जीले बेलुकी नै मैले ज्यान मार्ने धम्की दिएको भनी प्रचार गराए छन् ।
म स्पष्ट के गर्न चाहान्छु भने म पत्रकार र पत्रकारिता व्यवसायलाई उच्च
सम्मान गर्ने मानिस हुँ । पत्रकारीताको आवरणमा स्वइच्छाचारिता र अराजकता
मच्चाउनेहरुलाई समर्थन गर्न सकिदैन । कुनै पत्रकार साथीहरुलाई भ्रम नपरोस ।
किसोर श्रेष्ठबाट धेरै मानिसहरु पीडित भएका छन् । शिर्षा कार्कीलाई
आत्महत्या गर्न बाध्य तुल्याउने यिनै किसोर श्रेष्ठ थिए । किसोर श्रेष्ठको
अतिका विरुद्धमा मैले कलम उठाएको छु । सबै पीडितहरु एकतावद्ध भएर अगाडि बढौ
। स्वच्छ पत्रकारिता र पत्रकारको सम्मान बढाउने अभियानलाई अगाडि बढाऔ ।
No comments:
Post a Comment