Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Wednesday, April 22, 2015

उपेन्द्र-अशोक राईको पार्टी एकीकरणमा सरिताको कडा आपत्ति

सरिता गिरी, तराई–मधेस केन्द्रित राजनीतिकी पुरानी नेतृ हुन । भाषण गर्ने शैलीमा तगडा मानिने गिरी सदभावना पार्टीका नेतृ पनि हुन । नेपाल सदभावना पार्टीका उनै नेतृ गिरी केही समय अघि अनिलकुमार झा नेतृत्वको संघीय सदभावना पार्टीसँग एकीकरणमा लागिन् । झाको नेतृत्व स्विकार गरेर गएकी गिरी बेला बेलामा आफनो बिचार सामाजिक सञ्जालमार्फत बाहिर ल्याई रहेकी हुन्छिन् । गत चुनाववाट संविधानसभा र ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्न नसकेकी गिरीले आफनो धारणा बाहिर ल्याउनका लागि सामाजिक सञ्जाललाई प्रयोग गरिरहेकी छिन् । आमहडताल फिर्ता पछि तराई–मधेस केन्द्रित दललाई एमाओवादी नेतृत्वको मोर्चावाट अलग्गिन आब्हान गरेकी गिरीले आज चाँही मधेसका नेता उपेन्द्र यादव बिरुद्ध खनिन पुगेकी छिन् । आमहडताल फिर्ता लिए (Apr 8) पछि "यदि संविधान सभा से मधेश को अधिकार दिलाना है तो मधेशी मोर्चा को माओवादी से अलग हो स्वतंत्र और अहिंसक आंदोलन करना होगा" लेख्ने  नेतृ गिरीले फोरम नेपाल माथी प्रहार गर्दै हिजो चाँही 'मधेश आंदोलन को नेतृत्व गरेको दावी गर्ने मधेशी जनाधिकार फोरम नेपाल विलीन भयो अर्थात liquidation मा गयो ' भन्दै छोटोमा यस्तो लेखेकी थिइन् । 

यतिले मात्रै चित्त बुझेन, मधेसी जनअधिकार फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग गर्न लागेको एकीकरणको बिषयलाई लिएर आक्रोशित नेतृ गिरीले ज्ञापन पत्र नै लेखिछन् । सो एकताको कुनै अर्थ नभएको र मधेसका लागि प्रत्युत्पादक हुने गिरीको भनाई छ । उनले आफनो फेसबुक पेजमा लेखेकी छिन् ।

"नेपाल सद्भावना पाटी और संघीय सद्भावना पार्टी के एकीकरण के तुन्त बाद मधेशी जनाधिकार फोरम तथा सघीय समाजवादी पार्टी का एकीकरण मधेश तथा नेपाल में लोकतंत्र और संघीयता के लिए बहुत मायने रखता है । मधेश की सबसे पुरानी पार्टी नेपाल सदुभावना पार्टी का संघीय सद्भावना पार्टी के साथ एकीकरण पार्टी के इतिहास तथा निरन्तरता को कायम रखते हुए देश तथा मधेश की राजनीति मे पार्टी की पुरानी हैसियत को पुनः हासिल करने के लिए किया गया है ।

मधेश का अस्तित्व तथा अधिकार जब संकट में है, उस समय पार्टी के नेताओं ने अपने दायित्व को समझते हुए एकीकरण का साहसिक निर्णय किया । लेकिन मधेशी जनाधिकार फोरम का संघीय समाजवादी के साथ एकीकरण से उसकी पहचान ही समाप्त हो गयी है । पहचान के समाप्त होने के बाद दायित्व का क्या होगा ? संक्रमण काल की वत्र्तमान नाजुक अवस्था में संघीय संविधान जारी होने के पहले ही मधेशी जनाधिकार के विलीन होने के कारण देश तथा मधेश की वत्र्तमान राजनीति के बारे में बहुत सारे गम्भीर प्रश्न उठ खडे हुए हैं ।

मेरा यह मानना है कि मधेश की क्षेत्रीय राजनीति के पहाड की जातीय राजनीति के साथ जोडने के कारण ही भूगोल तथा क्षेत्रीयता के आधार पर संघीय संविधान जारी नहीं हो पाया है और न होगा । मधेश के दलो का जातीय राजनीति के साथ गठबंधन संविधान जारी होने के रास्ते मे सबसे बडी बाधा है और इससे सिंह दरबार की केन्द्रीकृत राजीनीति को ही सबसे ज्यादा फायदा हो रहा है ।

मधेशी मोर्चा की इस एकीकरण के बारे में क्या प्रतिक्रिया होती है , अभी देखना और समझना बाकी है ।"

यादव नेतृत्वको फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी बिच किन एकीकरण भईरहेको छ ? त्यो समयले प्रस्टाउला । नत्र, महत्तो नेतृत्वको सदभावना, महन्थ ठाकुर नेतृत्वको तमलोपा र यादव नेतृत्वको फोरम नेपाल बिच हुने एकीकरणको कथाको जस्तै अवस्था होला अर्थात हात्ति आयो हात्ति आयो फुस्सा भने झै । तैपनी, नेतृ गिरीले असहमति जनाए पनि मेरो चाँही मिल्न खोज्नेहरु सबैलाई शुभकामना ।  


(पुनश्चः हिन्दी भाषामा उल्लेखित यी धारणा नेतृ गिरीको फेसबुक पेजवाट साभार गरिएका हुन् ।)





No comments:

Post a Comment