नेपालका टविटर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमार्फत संगठित भै प्रत्यक्ष
रुपमा सामाजिक सुधारका काम गर्न लागि संस्था दर्ता गराएका छन । टविटर
प्रयोगकर्ताहरुले २०७१ असोज ८ गते बुधवार जिल्ला प्रशासन कार्यालय
काठमाडौंमा सामाजिक उद्देश्यका लागि टविट नेपाल टीएफएससीएन दर्ता गराएका
हुन । संस्थाको अध्यक्षमा राज खरेल रहुनुभएको छ । उपाध्यक्षमा रुक्मिणी
पोखरेल, कोषाध्यक्षमा नवराज गौतम, सचिवमा सुनिता बराल रहनुभएको छ ।
सदस्यहरुमा निशा ओली, केशव गौतम र नविन कुमार लुईटेल रहनुभएको छ ।
र्भचुअलवाट रियलतर्फ भन्ने नारा बोकेको संस्थाले सामाजिक सञ्जाल
टविटरमार्फत विपत्तिमा सामाजिक अभियानमार्फत सहायता गर्ने, कानूनी समस्यामा
रहेकाहरुलाई निशुल्क कानूनी सहायता लगायतका काम गर्ने उद्देश्य राखेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार सामाजिक सञ्जालमार्फत काम
गर्ने गरि दर्ता भएको यो नेपालको पहिलो गैर सरकारी संस्था हो । सामाजिक
सञ्जाल टविटरमार्फत नै यो संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका
क्षेत्रमा समेत काम गर्ने बताइएको छ । संस्थामा टविटरका करिव एक हजार सक्रिय
प्रयोगकर्ता आबद्ध रहेका छन ।
मिति २०७१ असोज ८ गते बुधवार
प्रेस विज्ञप्ती
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग दिनानुदिन बिश्वव्यापीरुपमै बढदै गइरहेको छ । सामाजिक सञ्जालको प्रयोगवाट विपत्तिमा परेकाहरुलाई सहयोग संकलन मात्रै हैन ठुला ठुला अभियान समेत सफलतापुर्वक सञ्चालन भइरहेका छन । नेपालमा पनि पछिल्लो समय ट्विटर लगायतका सञ्जालको प्रयोग बढदै गएको छ । नेपालमा पनि सामाजिक सञ्जालमार्फत समाज परिवर्तनका लागि केही सकारात्मक पहल गर्न सकिन्छ भन्ने बहस चलिरहेको छ । त्यही जनचासोलाई आत्मसाथ गर्दै ट्विटरका सक्रिय प्रयोगकर्ताहरुका काठमाडौंको पटक पटक भएको भेला सल्लाह र सुझावका आधारमा २०७१ असोज ८ गते बुधबार औपचारिक रुपमा सामाजिक उद्देश्यका लागि ट्विट नेपाल टीएफएससीएन दर्ता भएको जानकारी गराउन पाउदा हामीलाई खुसी लागेको छ । र्भचुअलवाट रियलतर्फ भन्ने नाराका साथ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २९३ दर्ता न.ं मा दर्ता भएको यस संस्थाले सामाजिक सञ्जाल ट्विटरमार्फत विपत्तिमा सामाजिक अभियानमार्फत सहायता गर्ने, सामाजिक सञ्जालमार्फत समस्या भोग्नेहरुलाई निशुल्क कानूनी सहायता लगायतका काम गर्ने उद्देश्यहरु राखेका छन । सामाजिक सञ्जाल ट्विटरमार्फत नै संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा समेत काम गर्नेछ । संस्थाले आफ्नो सेवा क्षेत्र विस्तार गरी देशभित्र तथा अन्र्तराष्ट्रिय रुपमा समेत काम गर्ने उद्देश्य राखेको छ । राज खरेलको अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्षमा रुक्मिणी पोखरेल, कोषाध्यक्षमा नवराज गौतम, सचिवमा सुनिता बराल रहनुभएको छ । सदस्यहरुमा निशा ओली, केशव गौतम र नविन कुमार लुईटेल रहनुभएको छ । ट्विटर प्रयोगकर्ताको भेलावाट आएको सल्लाह सुझावका आधारमा कार्यसमिति चयन भएको हो । सामाजिक सञ्जालमार्फत केही सकारात्मक काम गर्न सकिन्छ भन्ने उद्देश्यले गठन भएको यो नेपालको पहिलो ट्विटर विद्युतिय सामाजिक संस्था पनि हो । नाफारहित र विशुद्ध समाज सेवा गर्ने उद्देश्यले संस्था दर्ता भएको यो समाचार तपाईको लोकप्रिय सञ्चारमाध्यममा प्रकाशित प्रशारित र पोष्ट गरी सहयोग गरिदिनुहुने आशा राखेका छौ ।
..................
अध्यक्ष
राज खरेल
टीएफएससीएन नेपाल
नोट: यो समाचार तपाइको लोकप्रिय सञ्चारमाध्यममा प्रकाशित र प्रशारित गरेर सहयोग गरिदिनु होला । (आवश्यक भए थप जानकारीका लागि सम्पर्क ९८४१४२४२०५मा सम्पर्क गर्नु होला)

No comments:
Post a Comment