Ads 468x60px

प्रकाश तिमल्सिनाको ब्लग.......................................... अरु भन्दा केही भिन्न !

Tuesday, September 23, 2014

हिस्स बुढी हरियाँ दाँत, सञ्चार मन्त्री भएँ भन्दै छोरासँग बात

प्रधानमन्त्रीले निर्णय गरे पनि मन्त्री बनाउन नसकेका ढुंगाना
एक हप्ता अघि सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई हटाएर सो स्थानमा आनन्दप्रसाद ढुंगानालाई ल्याइएको भनेर निकै चर्चा भयो । त्यो समाचार केही मिडियामा पनि आए । मन्त्री खुस्कने भयो भनेर रिजालको निद हराम भयो, सो स्थानमा आउने लागेका नेता ढुंगानाको घरमा खुसीयाली नै छायो । तर, त्यो खुसीयाली एकदिन पनि टिकेन । सञ्चार मन्त्री मिनेन्द्र रिजालको काम कारबाही प्रति असन्तुष्ट प्रधानमन्त्री सुशिल कोइरालाले उनलाई हटाउने निर्णय गरे कै हुन र त्यो अन्तिम समयमा आएर रोकिएको भन्ने केही तथ्य र प्रमाण प्रकाश उज्यालोसम्म आइपुगेको छ । त्यसका लागि बालुवाटार र ढुंगना निवासमा के के भएको थियो भन्ने घटनाक्रम र सञ्चारमन्त्री रिजालले प्रधानमन्त्री समक्ष किन रोइ कराई गरेर पद जोगाए भन्ने कुराको केही सामान्य घटनाक्रमलाई ब्लगमा समेटने प्रयास गरेको छु ।
पार्टीको काम भन्दा अन्य ‘खेतीपाती’ मा लागेको आरोप प्रधानमन्त्रीको थियो, कहाँ कहाँ मन्त्री रिजालले ‘बेइमानी’ गरेका थिए, त्यसको सम्पुर्ण रिर्पोट बालुवाटारमा दिन दिनै आई पुग्ने गर्दथ्यो । अन्य मन्त्रीको भन्दा पनि रिजाल प्रति कांग्रेसीजन, अन्य बौद्धिकजगत र कांग्रेस निकट पत्रकारहरुको धेरै नै गुनासो थियो । नेपाल टेलिभिजनको अध्यक्षमा निर शाह (पहिला राजावादी, माओवादी भई पुनः कांग्रेस भएका ब्यक्ति) को नियुक्ती देखी नेपाल टेलिकममा भएको नियुक्ती, रेडियो नेपालमा भएको दोहोरो चरित्र तथा प्रेस काउन्सिलको नियुक्ती, प्रेस युनियनको चुनावमा संस्थापन पक्षको नेतृत्व पराजय, महिला मित्रहरुको 'हिमचिम' देखी 'भल्गर एसएमएस" सम्मको रिर्पोटलगायत दर्जनौ ‘बदमासी’को फेहरिस्त बालुवाटारमा पुगे पछि रिजालको जागिर ‘चट’को अवस्थामा पुगेको थियो । प्रधानमन्त्रीले रिजाललाई हटाएर आफना सबैभन्दा बिश्वासिला पात्र ढुंगनालाई ल्याउने औपचारिक निर्णय गरेका थिए । सो निर्णय गर्ने बितिक्कै त्यो कुरो कांग्रेसीजनमा परालको आगो झै सल्क्यो ।
गत असोज २ गते अर्थात गत बिहिवार नेपाली कांग्रेसका संगठन बिभाग प्रमुख आनन्द ढुंगानालाई प्रधानमन्त्री सुशिल कोइरालाले फोन गरेरै सुचना तथा सञ्चारमन्त्रीमा नियुक्ती गरेको जानकारी गराए । र भने, ‘तपाईलाई मिनेन्द्र रिजालको स्थानमा मन्त्री नियुक्ती गरेको छु, आज साँझसम्म सपथ गराउने छु, त्यसका लागि तयारी अवस्थामा रहनु होस् ।’ प्रधानमन्त्री स्वयंले नै यसो भने पछि ढुंगाना पनि खुसी भए र त्यसका लागि तयारी सुरु गर्न थाले । प्रधानमन्त्री राष्ट्र संघीय सभामा भाग लिन तथा स्वास्थ्य जाँच गर्न असोज ३ गते अमेरिका जानु अघि नै ढुंगाना लगायतका मन्त्रीलाई सपथ गराउने सोचमा पुगि सकेका थिए । त्यसका लागि सत्ता साझेदार एमालेले दुई मन्त्री फिर्ता बोलाए पछि प्रधानमन्त्री कोइरालालाई थप बल पनि पुगेको थियो । मन्त्री फेरबदल गर्ने निष्कर्ष निकालेर ढुंगानालाई खबर गरेका प्रधानमन्त्री कोइरालाले राष्ट्रपति कार्यालयमा सोको जानकारी गराउने सोच पनि बनाई सकेका थिए ।
प्रधानमन्त्री कोइरालाले आफुलाई सञ्चार मन्त्रीमा नियुक्ती गर्न लागेको थाहा पाए पछि त्यसको जानकारी उनले कृषी विकास बैक, धुलिखेलमा कार्यरत आफना छोरा समिर ढुंगना (चौथो तह, लेखापाल) लाई सुनाउँदै भने, ‘आज मेरो सपथ हुन्छ, बेलुका राष्ट्रपति भवन जान पर्ने हुन्छ, काठमाडौं आइजो ।’ ढुंगाना परिवारसहित उपस्थित भएर सपथ खाने योजना थियो, त्यसका लागि परिवार भित्र सम्पुर्ण तयारी भइ सकेको थियो । बाबु सञ्चार मन्त्री हुन लागेको कुरा छोरा समिरले आफना बैंकका सहकर्मीहरुलाई सुनाए र सानो ‘जलपान’ पनि गराए । र, बेलुकासम्म काठमाडौं आउने तयारीको सुरुवात पनि गरिसकेका थिए । त्यसका लागि कार्यालय प्रमुखसँग बिदा पनि मागि सकेका थिए । 
ढुंगनालाई मन्त्रीमा नियुक्ती हुन लागेको भन्दै सयौं फोनवाट बधाई र शुभकामना आइसकेको स्थीति पनि थियो । ढुंगानाको त्यो तयारी हुदाँ यता भने मन्त्री रिजाल निकै छटपटी सकेका थिए ।  यसैबिच वालुवाटार पुगेर र अन्य शक्ति स्रोतवाट दबाब दिएर सञ्चार मन्त्री रिजालले प्रधानमन्त्री कोइराला समक्ष 'रोइकराई' गरे पछि अन्तिम अवस्थामा उनको पद जोगिन पुग्यो । प्रधानमन्त्री कोइरालाले आफुसम्म आएका सबै रिर्पोट सुनाउँदै मन्त्री रिजाललाई प्रश्न राख्दै ¥याख ¥याख्ती नै पारे । त्यसको सम्पुर्ण जवाफ मन्त्री रिजालले दिए । तर एउटा प्रश्नको जवाफ भने उनले दिएनन । (अर्को पटक ब्लगमा लेख्ने छु कि मन्त्री रिजाललाई प्रधानमन्त्रीले के- के प्रश्न गरे, उनले के- के, उत्तर कसरी दिएँ ? भन्ने चाँही)
खुस्की सकेका पद जोगाउने मन्त्री रिजाल
प्रधानमन्त्रीसँग भेटेर निस्केका मन्त्री रिजालले आफना निकटवर्तीसँग सो कुरा सेयर पनि गरे । ‘तै जोगियो, मन्त्री पद’ लामो श्वाँस फेर्दै मन्त्री रिजालले भनेको त्यो कुरा प्रकाश उज्यालोसम्म आइ पुगेको छ । जुन कुरा प्रधामन्त्री कोइराला र मन्त्री रिजाल बिच भएको थियो । त्यहाँ कस कसलाई दोषी देखाउँदै आफु चोखिएका छन ? भन्ने कुरा पनि छन ।
को हुन ढुंगना, जसलाई प्रधानमन्त्रीले निकै महत्व दिए– मुलुकमा लोकतन्त्र स्थापनाका लागि ढुंगाना परविार नै होमिएको हो । सादगी, इमानदारी र लोकतन्त्र माथि कांग्रेस सहिदपुत्र ढुंगानाको आस्थाको सबैले सम्मान गर्छन् । सुरुमा कोइराला विरोधी ३६ से समूहको प्रवक्ता रहे पनि सबैभन्दा पहिले उक्तसमूह छाडेर कोइराला गुटमा आउने ३६ से समूहका पहिलो सदस्य हुन्, ढुंगाना ।
जनकपुरका ढुंगाना महेन्द्ररनारायण निधिको निधनपछि सुशीलस“ग नजिक हुन थालेका हुन् । केन्द्रीय सदस्य ढुंगानालाई पछिल्लो समय संगठन विभाग प्रमुख छन् ।

No comments:

Post a Comment