चीन स्वाशाषित हङकङमा लोकतन्त्रको माग गर्दै पछिल्ला हत्तामा ब्यापक
प्रदर्शनमा भइरहेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व गठित
सरकारसँग हङकङमा पुर्ण लोकतन्त्रको प्रत्याभुती दिनु पर्ने भन्दै लाखौं
प्रदर्शनमा उत्रेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै गत २८
सेप्टेम्वरमा प्रहरीले ६० बढी प्रदर्शनकारीलाई पक्राउ गरेको थियो, त्यसपछि
प्रदर्शनकारी थप उत्तेजित हुन पुगेका छन् । सन २०१७ मा लोकतान्त्रिक चुनाव
गर्नु पर्ने माग गर्दै प्रदर्शनकारी सडकमा आए पनि चीन सरकारले भने त्यसलाई
अस्विकार गर्दै आएको छ ।
आइतवार पनि सरकारी भवन अगाडी निषेधित क्षेत्रमा
प्रदर्शनकारीले नाराबाजी गरे पछि प्रहरीले त्यहाँ अश्रुग्याँस प्रहार गरेको
छ, जसका कारण भीड तितरबितर हुन पुगेको छ । यद्धपी, प्रदर्शनकारी सडकमा नै
जम्मा भएर लोकतन्त्रको पक्षमा नाराबाजी गरिरहेका छन् । हजारौ नेपाली पनि रहेका हङकङ १९९७ मा बेलायतकाृ उपनिवेशवाट मुक्त भई चीनलाई हस्तान्तरण गरिएको थियो । हङकङ बिश्वकै सबैभन्दा चर्चित बन्दरगाह, ब्यापारिक नाका र केन्द्र पनि हो । एसियाको चर्चित ब्यापारिक केन्द्रमा भएको यो आन्दोलनलाई पश्चिमा मिडियाले निकै कभरेज गरेका छन् ।
तस्बिर साभारः बिबिसिका अनलाईनहरु
|
No comments:
Post a Comment